आध्यात्मिक लक्ष्यहरुलाई पिछा गर्ने प्रोत्साहन दिनु होस्।
१ अहिले जस्तो पहिले कहिल्यै पनि यत्तिका जवान मानिसहरुले राज्यको सुसमाचार प्रचार गर्ने कार्यमा भाग लिएका थिएनन्! दसौं हजारले उपदेशक १२:१-मा दिइएका यो सल्लाहलाई अङ्गाली रहेका छन्: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्।” यी जवानहरुलाई सेवकाइमा नियमित रुपले सहभागी हुनः के कुरोले प्रेरणा दिन्छ, र साथै ती मध्ये यत्तिका किन अग्रगामी सेवामा व्यस्त हुन्छन्?
२ निःसंदेह कतिपयले त एकजना असामान्य जवान मानिस तिमोथीको आचरणलाई अनुसरण गरिरहेका छन्। तिनका मुमा तथा हजुरमुमाबाट तिनले बाल्यकाल देखिनै आध्यात्मिक शिक्षाको लाभ प्राप्त गरे र आध्यात्मिक लक्ष्यहरुलाई पिछा गर्ने प्रोत्साहन पाए। (२ तिमो० ३:१४, १५) यसर्थ, जब सेवामा भाग लिनको लागि बढ्दो विशेषाधिकार प्राप्त हुने अवसर खडा भयो, तिनी सुयोग्य एवं तयार थिए।—प्रे० १६:१-३.
३ आध्यात्मिक लक्ष्यहरुलाई पिछा गर्नको लागि अझ अरु जवान मानिसहरुलाई प्रोत्साहन कसरी दिन सकिन्छ? कुन प्रकारको जग बसाल्नु पर्छ? बा-आमाहरुले आफ्ना छोरा-छोरीमा सत्य प्रति मूल्याङ्कनको निर्माण तथा तिनीहरुलाई आआफ्ना निमित्त दीर्घकालीन लक्ष्यहरु बसाल्ने मद्दत कसरी दिन सक्छन्?
४ एउटा आध्यात्मिक जग बसाल्नु होस्: बा-आमाले यो निश्चित गर्नु पर्छ कि तिनीहरुले आफ्नो छोरा-छोरीलाई जे जत्ति सिकाउदै छन् ती सबै यहोवाबाट नै आएका हुन् जसले तिनीहरुका छोरा-छोरीलाई “मुक्तिको निम्ति बुद्धिमान” बनाउँन सक्ने छ। (२ तिमो० ३:१५) तिनीहरुको हृदयमा परमेश्वरको वचन, बाइबलप्रति गहिरो प्रेमलाई खेती गर्नको लागि बाआमाले लगनशीलताका साथ प्रयास गर्नु होस्। यसो गर्नका लागि तिनीहरुलाई सभाहरुमा नियमित रुपले उपस्थित हुन लगायत, तिनीहरुको आवश्यकता अनुसारको नियमित, अर्थमय बाइबल अध्ययनको खाँचो पर्दछ। आध्यात्मिक लक्ष्यहरुको पिछा गर्न उत्प्रेरणा दिने बलियो विश्वास युवाहरुमा हुनका लागि, तिनीहरुको मा छुट्टै व्यक्तिगत अध्ययन गर्ने कार्यक्रम हुनु पर्छ र यहोवा सँगको आफ्नो सम्बन्धमा तिनीहरुले उन्नति ल्याउँनु पर्छ।—१ थिस्स० ५:२१; हि० ११:१.
५ यदि बा-आमा तथा मण्डलीमा भएका अरु अन्य परिपक्वहरुले असल उदाहरण राखेर “यहोवाको आनन्द”-को [न्यू व०] प्रकाश फैलाए भने मसीही युवाहरु झन बढ्ता तयारी मन लिएर आध्यात्मिक चासोहरुलाई पिछा गर्नेछन्। (नहे० ८:१०) आनन्द प्रकट गरेर, हामी सबैले जवान मानिसहरुलाई यो कुरोको मूल्याङ्कन गर्न मद्दत दिन सक्नेछौं कि साँच्चो मसीहीत्वका मागहरु कडा छैनन्।—१ यू० ५:३.
६ कैयन् जवानहरु त तिनीहरु सँग क्षेत्र सेवामा काम गरेका वा तिनीहरु सँग प्रोत्साहनका एक दुइवटा शब्दहरु बाँडन पुगेका अग्रगामीहरु, मिसनरीहरु, तथा ट्राभलीङ्ग ओभरसियरहरु द्वारा अत्यन्तै प्रभावित भएका हुन्छन्। यस दिशातर्फ बा-आमाले पूरो-समयका उदाहरणीय कार्यकर्त्ताहरुलाई मसीही सरसंगतीको लागि किवा आफ्नो घरमा भोजनको लागि निम्तियाएर सहयोग पुऱ्याउँन सक्छन्। सासानाहरु माथि संतुलित ध्यान पुऱ्याउँने सम्बन्धमा येशू मसिहले सबैभन्दा असल उदाहरण उपलब्ध गराउँनु भयो।—म १०:१३-१६.
७ लक्ष्यहरु राख्दा: बा-आमाबाट उचित डोऱ्याई पाएर, छोरा-छोरीहरुले जीवनमा प्रायः बाल्यकालैमा आफ्नोलागि आध्यात्मिक लक्ष्यहरु स्थापना गर्छन्। र एकपटक जवानहरुले या त अग्रगामी सेवा, आवश्यकता बढी भएको ठाउँमा सेवा, बेथेल वा मिसनरी सेवा आदि यस्तै जुनै पनि लायकको आध्यात्मिक लक्ष्यलाई प्राप्त गर्ने फैसला गरि सिद्धाए पछि, तिनीहरुलाई अघि बढाउँनका लागि बा-आमा तथा अन्य परिपक्व जनहरुले व्यवहारिक सुझावहरु दिंदै, तिनीहरुलाई आफ्नो लक्ष्यतर्फ कार्य गरि रहने न्यानो प्रोत्साहन दिन सक्छन्।
८ प्रत्येक मण्डली एउटा परिवार सरह हो। अतः हामी प्रत्येकले जवानहरुलाई सत्यमा चलिरहन तथा आध्यात्मिक उन्नति गरि रहने विषयमा मद्दत दिनका लागि चासो देखाउँनु पर्छ। यो कामलाई हामीले तिनीहरु प्रति आफ्नो प्रेमको पुष्टि दिएर तथा आध्यात्मिक लक्ष्यहरुलाई पिछा गर्ने प्रोत्साहन दिंदै गर्न सक्ने छौं।