द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड पुस्तकलाई अध्ययन गर्ने
१ मई १० सुरु हुने हप्तादेखि मण्डली पुस्तक अध्ययनमा हामी द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड भन्ने पुस्तक अध्ययन गर्नेछौं। येशू ख्रीष्टको जीवनी र सेवकाईको पुनरावलोकन गर्न पाउनु कति आनन्दको कुरा हुनेछ! हामीले पहिले-पहिले अध्ययन गरेका पुस्तकहरूभन्दा भिन्दै तरिकाले यो पुस्तक तयार पारिएको हुँदा तल दिएका केही निर्देशनहरू हाम्रो लागि मदतकारी हुन सक्छ।
२ यो पुस्तकमा पृष्ठ सङ्खयाहरू छैनन् त्यसकारण हाम्रो राज्य सेवकाई-मा प्रकाशित हुने तालिकामा अध्यायहरूलाई उल्लेख गरिने छन् र प्राय एक हप्तामा तीन वा चार अध्यायहरू अध्ययन गरिने छन्। अध्याय ३५, १११ र ११६ लामो भएको हुँदा यिनीहरूलाई दुई अध्ययनहरूमा बाँडिने छ। एकजना दक्ष भाइले पूरै अध्याय (वा अध्याय ३५, १११ र ११६-को सम्बन्धमा सबै उपशीर्षक) पढिसकेपछि अध्ययन सञ्चालकले भर्खरै पढिएका आध्यय वा भागसँग मेलखाने प्रश्नहरू सोध्नेछन्। प्रश्नहरू अध्यायको अन्तमा छन्। अध्यायमा सधैं नै उत्तरहरू क्रामिक रूपमा हुँदैनन्। टिप्पणीहरू छोटो, सुस्पष्ट र पाठमा दिएका सामग्रीमा आधारित हुनुपर्छ।
३ त्यसपछि अध्यायको अन्तमा उद्धत सबै शास्त्रपदहरूलाई समयले भ्याएअनुसार पढ्नुपर्छ। अरू प्रकाशकहरूले पनि पढ्ने मौका पाउन् भन्नाको निम्ति लामो-लामो शास्त्रपदहरूलाई सानो भागहरूमा बाँड्न सकिन्छ र पढेका कुराहरूबाट टिप्पणीहरू दिन सकिन्छ। सञ्चालकले तयारी गरेका सुस्पष्ट प्रश्नहरूले अर्थपूर्ण टिप्पणीहरू दिन मदत गर्नेछ। यस्ता टिप्पणीहरूले हामीले पढेका शास्त्रपदहरू कसरी पुस्तकमा प्रकाश पारिएका कुराहरूसँग मेल खान्छन् भनेर देखाउँछ। सबै प्रश्नहरू र टिप्पणीहरूले त्यहाँ उपस्थित सबैजनालाई आफ्नो ध्यान येशू ख्रीष्ट, उहाँको जीवनी र उहाँको शिक्षाहरूमा केन्द्रित गर्ने मदत दिन सक्नुपर्छ।
४ ग्रेटेस्ट म्यान पुस्तकले येशू मसीहको जीवनीलाई कालक्रमानुसार छलफल गरेको छ। घटनाहरूलाई कल्पना गर्नाले र घटनास्थलहरूलाई आफ्नो मनमा राख्नाले ती कुराहरू सम्झन साँच्चै नै मदत मिल्नेछ। तसर्थ रङ्गीन चित्रहरूलाई विचार गर्न र बेला-बेलामा पुस्तकको सुरुआतमा, भूमिकाको अगाडिपट्टि दिएको नक्सालाई हेर्न नभुल्नुहोस्।
५ पुस्तकको भूमिकालाई पहिलो हप्तामा विचार गरिने छ। उपशीर्षक मुनिका सबै अनुच्छेदहरू पढिसकेपछि आफूले तयारी गरेका उपयुक्त प्रश्नहरू सञ्चालकले सोध्नेछ। यस प्रारम्भिक छलफलले पछि पढिने अध्ययनहरूका लागि सुरुआत तयार गर्नेछ। अध्ययनमा भएका सबै कुराहरूलाई ढाक्न सक्ने वा नसक्ने कुरा उपस्थिति हुने व्यक्तिहरूले गरेको तयारीमा धेरै भर पर्दछ। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीष्टसँग राम्रोसँग परिचित हुन समूहलाई मदत गर्न विशेषगरी सञ्चालकले हरेक हप्ता राम्रो तयारी गरेको हुनुपर्छ।