हाम्रो मण्डली पुस्तक अध्ययन सञ्चालकलाई सहयोग गर्नु
१ सुसमाचारको सेवकको रूपमा हाम्रो योग्यताहरूको विकास गर्न मण्डली पुस्तक अध्ययनले मुख्य भूमिका खेल्दछ। बाइबल र त्यसको साथमा सोसाइटीको कुनै एउटा प्रकाशन अध्ययन गर्दा न्यानो र परिवार जस्तो वातावरण होस् भनेर समूहलाई जानीबुझीकन सानो बनाइएको हुन्छ। क्षेत्र सेवकाईमा अझ प्रभावकारी होस् भनेर हामीलाई मदत गर्न यी स-सानो एकाइहरूले उपयुक्त वातावरण तयार पार्दछ। पुस्तक अध्ययन प्रबन्धद्वारा व्यक्ति-व्यक्तिलाई सजिलैसँग व्यक्तिगत प्रोत्साहन र विचार पुऱ्याउन सकिन्छ। कसरी हामी अध्ययन सञ्चालकलाई पूर्ण सहयोग दिनसक्छौं र यस असल प्रबन्धको फाइदा उठाउन सक्छौं?
२ क्षेत्र सेवकाईमा जोसिलो भाग: पुस्तक अध्ययन सञ्चालकको अति महत्त्वपूर्ण जिम्मेवारीहरू मध्ये एक, समूहको प्रत्येक सदस्यलाई सेवकाईमा जोसिलो ढङ्गमा भाग लिन मदत गर्नु हो। यस सम्बन्धमा आवर मिनिष्ट्री (Our Ministry) पुस्तकले पृष्ठ ४४-मा हामीलाई यसो भनेर याद दिलाउँछ “प्रचार कार्यमा तिनले देखाएको नियमितता, जोस र उत्साहले प्रकाशकहरूलाई प्रभाव पार्दछ।” समय-समयमा अध्ययन सञ्चालकले आफ्नो परिवारका सदस्यसँग सेवकाईमा भाग लिने छन् तर आफ्नो परिस्थितिले भ्याएमा सेवकाईको विभिन्न क्रियाकलापहरूमा अन्य व्यक्तिहरूलाई पनि साथ दिन तिनी खुशी हुनेछन्। क्षेत्र सेवकाईका निम्ति गरिने सभाहरूलाई के तपाईं नियमित रूपमा सहयोग गर्न सक्नुहुन्छ? तपाईंले त्यसो गर्नुभएमा तपाईंको पुस्तक अध्ययन सञ्चालक र अन्य प्रकाशकहरूले धेरै नै मूल्याङ्कन गर्ने छन्।
३ प्रचार कार्यमा सबैले जोसिलो ढङ्गमा भाग लिन सकून् भन्ने हेतुले सुविधाजनक स्थानमा क्षेत्र सेवकाईका लागि सभाहरूको प्रबन्ध गरिएको हुन्छ। स्थानीय आवश्यकतालाई विचार गर्नुका साथ-साथै प्रत्येक समूहले सेवकाईलाई चाँडो सुरुआत गर्न चाहने छन्। धेरै जसो प्रकाशकहरू र प्रचारकहरूले सप्ताहन्तको दिन मध्याह्नपछि सम्म सेवकाईलाई जारी राख्दा राम्रो सफलता प्राप्त गरेका छन्।
४ सेवकाईको कुनै भागमा के तपाईंलाई सहयोग चाहिन्छ? शायद तपाईंसँग काम गर्नका लागि पुस्तक अध्ययन सञ्चालकले समूहका कुनै एकजना योग्य प्रकाशकको प्रबन्ध गर्नसक्छ। आफ्नो क्षेत्र सेवकाई रिपोर्टलाई महिनाको अन्तमा तुरुन्त खसाल्न नभुल्नुहोस्। महत्त्वपूर्ण अर्को यस क्षेत्रमा तपाईंले देखाउनु भएको सहयोगका लागि पनि पुस्तक अध्ययन सञ्चालक र सेक्रेटरीले मूल्याङ्कन व्यक्त गर्ने छन्।—लूका १६:१०.
५ समूहलाई सेवा निरीक्षकले भेट गर्दा: क्षेत्र सेवकाईमा अझ बढी र अर्थपूर्ण तवरमा भाग लिन प्रोत्साहित गर्न हरेक महिना सेवा निरीक्षकले प्रायः एउटा पुस्तक अध्ययन समूहलाई भेट गर्ने गर्दछ। पुस्तक अध्ययनको अन्तमा तिनले दिने १५ मिनेटको भाषणलाई गहिरो ध्यान दिनुहोस्। क्षेत्र सेवकाईको विभिन्न भागहरूमा उन्नति गर्न तिनको भाषणले समूहलाई निश्चित सल्लाह दिने छ। साथ-साथै सप्ताहन्तमा पनि समूहका फरक-फरक सदस्यहरूसँग काम गर्न सेवा निरीक्षक इच्छुक हुन्छन्। यस विशेष प्रबन्धको फाइदा उठाउन नभुल्नुहोस्। यसप्रकार क्षेत्र सेवकाईमा तिनको अनुभव र योग्यताको फाइदा तपाईंले उठाउन सक्नु हुनेछ।
६ जसै हामी “सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम” गर्छौं, कम अनुभव भएका व्यक्तिहरूलाई मदत गर्न हामीले देखाएको सहयोग र तत्परताको हाम्रो व्यक्तिगत उदाहरणले मण्डली पुस्तक अध्ययनमा न्यानो र मित्रैलो वातावरण सिर्जना गर्न मदत दिने छ।—गला० ६:१०.