प्रश्न पेटी
◼ वप्तिस्मा अप्राप्त प्रकाशक हुनुभन्दा अघि मसीही आमा-बाबुका साना बालबच्चाहरूले कुन हदसम्म क्षेत्र सेवकाईमा भाग लिनसक्छन्?
मसीही आमा-बाबु आफ्ना छोराछोरीहरू बढेर परिपक्व र यहोवा प्रति समर्पित सेवक भएको चाहन्छन्। (१ शमू० २:१८, २६; लू० २:४०) कलिलै उमेरमा पनि मसीही परिवारका छोराछोरीहरूले बाइबलमा आधारित आफ्नो विश्वासबारे स्पष्ट विचार प्रकट गर्नसक्ने हुनुपर्दछ। बाल्यकालदेखि नै आमाबाबु सँग सँगै क्षेत्र सेवकाईमा जाँदा छोराछोरीको आध्यात्मिक प्रगति बढ्दै जाँदछ। क्षेत्र सेवकाईको आनन्द उठाउने हो र बप्तिस्मा अप्राप्त प्रकाशक बन्ने इच्छा छ र राज्य प्रचार कार्यमा भाग लिइ रहने हो भने साना बालबच्चाहरू हृदयदेखि नै प्रेरित हुन जरुरी छ। यसका लागि आमा-बाबुले सावधानीपूर्वक प्रशिक्षण दिनु आवश्यक छ। (१ तिमो० ४:६; २ तिमो० २:१५) आमा-बाबु सहमत भएको खण्डमा यस काममा अरू योग्य प्रकाशकहरूले पनि समय समयमा मद्दत गर्न सक्छन्।—हाम्रो सेवकाई (Our Ministry नेपालीमा उपलब्ध छैन।) पृष्ठ ९९-१०० हेर्नुहोस्।
असल बानी-बेहोरा भएको केटाकेटीहरू आफ्ना आमा-बाबु सँग घर-घर प्रचार गर्ने काममा जान्छन्। सेवकाईमा कसरी व्यस्त हुने भन्ने कुरा सिक्छन्। तर स्वंय आफ्नो सीप र पर्याप्त क्षमताको विकास नगरेसम्म तिनीहरूलाई बप्तिस्मा अप्राप्त प्रकाशकको रूपमा ग्रहण गरिने छैन। सँग सँगै काम गर्दा बच्चाले कुन हदसम्म साक्षी दिने काममा भाग लिन सक्छ भन्ने कुराको निर्णय आमा-बाबुले गर्नसक्छन्। बप्तिस्मा अप्राप्त प्रकाशक नभैसकेका केटाकेटीहरू स्वंय आफै प्रचार गर्न जानु वा अरू केटाकेटीहरू सँग क्षेत्र सेवकाईमा जानु हुँदैन। आमा-बाबुले आफ्ना छोराछोरीलाई क्षेत्र सेवकाईका लागि तयारी गर्न सक्छन् र शास्त्र पद्य पढ्न लगाएर, पर्चा वा पत्रिका प्रस्तुत गर्न लगाएर वा घरधनीलाई कुनै एक प्रकाशनबाट चित्र देखाउन लगाएर तिनीहरूलाई भाग लिने मौका दिनसक्छन्। पछि जसै बच्चा हुर्कंदै जान्छ छलफलमा अझ बढी मात्रामा भाग लिन सक्नेछन्।
उपयुक्त प्रशिक्षण दिएमा जवान बालबच्चाहरूले सेवकाईको गम्भीरताको मूल्याङ्कन गर्न सिक्नेछन् र आमा-बाबुले दिएका निर्देशन स्वीकार्दै ठीक ढङ्गमा व्यवहार गर्ने छन्। बप्तिस्मा अप्राप्त प्रकाशक नभैसकेको आफ्ना छोराछोरीलाई क्षेत्र सेवकाई सभामा अरूहरूले हेरिदेओस् भन्ने आशा गर्दै आमा-बाबुले त्यसै छाड्नु हुँदैन। चेतनशील आमा-बाबु आफ्नो छोराछोरीको क्रियाकलापको रेखदेख गर्ने व्यक्तिगत जिम्मेवारीलाई महसुस गर्दछन्। यस बाहेक, क्षेत्र सेवकाईद्वारा यहोवाको सेवा गर्न साँचो चासो व्यक्त गर्ने केटाकेटीहरूलाई प्रशिक्षण दिन मण्डलीका अन्य जिम्मेवार प्रकाशकहरू पनि इच्छुक हुनेछन्।