नयाँ व्यक्तिहरूलाई प्रगति गर्न मदत दिनुहोस्
१ अप्रिल १७, १९९२-का दिन संसारभरि लगभग १ करोड १५ लाख मानिसहरू येशूको मृत्युको स्मरणार्थ मनाउन भेला भएका थिए। यो सङ्खया, यहोवाका साक्षीहरूका मण्डलीहरूसँग सङ्गत गर्ने कुल प्रकाशकहरूको सङ्खयाभन्दा साढे दुई गुना बढी थियो। “परमप्रभुको [यहोवा न्यु व०] पहाड”-मा यतिका धेरै मानिसहरू ओइरिएको देख्न पाउँदा कति संतोष लाग्छ! (मीका ४:२) हाल त्यस्ता ७० लाखजति मानिसहरू छन् जसले साँचो उपासनामा केही हदसम्म चासो देखाइरहेका छन् र जो अहिलेसम्म यहोवाको आम प्रशंसक भइसकेका छैनन्। निश्चय नै “फसल त साँच्चै नै प्रशस्त छ” भन्ने येशूको वचन कहिल्यै यतिको अर्थपूर्ण भएको थिएन!—मत्ती ९:३७, ३८.
२ क्षेत्र सेवकाईमा भाग लिन योग्य भएका सबैलाई मदत गर्न हामी अप्रिल महिनाको दौडान विशेष प्रयास गर्नेछौं। आफ्नो समूहको दक्ष प्रकाशकहरू र अग्रगामीहरूको सहयोगका साथ मण्डली पुस्तक अध्ययन सञ्चालकले यसमा मुख्य भूमिका निभाउने छ। हाम्रा तीनवटा लक्ष्यहरू हुन्: (१) यस वर्ष विशेष जन भाषण र स्मरणार्थमा उपस्थित हुने नयाँ व्यक्तिहरूसँग गृह बाइबल अध्ययनको प्रबन्ध गर्ने; (२) बप्तिस्मा अप्राप्त प्रकाशकहरू हुनाका लागि योग्य हुन अध्ययन गरी रहेका व्यक्तिहरूलाई प्रोत्साहित गर्ने र (३) क्षेत्र सेवकाईमा हाम्रो व्यक्तिगत सहभागीतालाई वृद्धि गर्ने।
३ हाम्रा कुनै पनि सभाहरूमा उपस्थित हुने नयाँ व्यक्तिहरूलाई स्वागत गर्न र तिनीहरूसँग परिचित हुन सबैले विशेष प्रयत्न गर्नुपर्छ। चासो देखाउने यी धेरैजसो व्यक्तिहरूलाई एउटा नियमित गृह बाइबल अध्ययनका लागि प्रोत्साहित गर्न हामी के गर्न सक्छौं?
४ सेवा वर्ष १९९२-मा प्रत्येक महिना औसतन् ९,५९४ बाइबल अध्ययनहरू भारतमा सञ्चालन भएका थिए। विद्यार्थीहरूसँग परिचित हुन प्रकाशकहरूले आफ्नो पुस्तक अध्ययन सञ्चालकलाई बाइबल अध्ययनमा आउन आग्रह गर्न सक्छन्। (km 4/81 p. 4) यीमध्ये केही बाइबल विद्यार्थीहरू अहिले सभाहरूमा उपस्थित भइरहेका र घर-घरको सेवकाईमा भाग लिन योग्यका होलान्। के नयाँ व्यक्तिहरूले केही हदसम्म नियमित रूपमा अनौपचारिक साक्षी दिने गरिरहेका छन्? के तिनीहरूले बप्तिस्मा अप्राप्त प्रकाशक हुनका लागि चाहिने योग्यताहरूलाई पुरा गर्छन्? यी आवश्यक योग्यताहरू आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ९७-९ मा उल्लेख गरिएका छन्। यदि तिनीहरूले पूरा गर्छन् भने, बप्तिस्मा अप्राप्त प्रकाशकहरू भइसकेपछि कसरी तिनीहरूले घर-घरको सेवकाई सुरु गर्न सक्छन् भनेर तिनीहरूलाई व्याख्या गर्नुहोस्।
५ हाम्रो मसीही सङ्गतीमा एक अर्कालाई प्रोत्साहन दिने कुरालाई हामीले हेलचक्य्राँइ गर्नु हुदैंन। (हिब्रू १०:२४, २५) आफ्नो सेवकाईमा कोही व्यक्ति सुस्त भएको छ भने मदत र प्रोत्साहन दिन पुस्तक अध्ययन सञ्चालकले निश्चित प्रबन्धहरू गर्नुपर्छ। कहिलेकाहीं, हामीसँग क्षेत्र सेवकाईमा भाग लिने न्यानो निमन्त्रण दिंदा मात्र पनि यथेष्ट हुन सक्छ।
६ सबैले आपसी सहयोग गरेमा अप्रिल महिनालाई क्षेत्र सेवा क्रियाकलापको उल्लेखनीय महिना बनाउन सकिन्छ। आफ्नो समूहको प्रत्येक सदस्यलाई क्षेत्र सेवकाईमा पूर्ण भाग लिन पुस्तक अध्ययन सञ्चालकले मदत दिनेहुँदा तिनको उत्साहपूर्ण नेतृत्वले समुहमाथि असर गर्न सक्छ। क्षेत्र सेवाका लागि अतिरिक्त सभाहरूको प्रबन्ध पनि गर्न सकिन्छ। पाको व्यक्तिहरूलाई विशेष ध्यान र जवान मानिसहरूलाई व्यावहारिक ढङ्गमा मदत दिन सकिन्छ। आफ्नो पूरै परिवारले अप्रिल महिनाको दौडान सेवकाईमा भाग लिनेछन् भनेर आमा-बाबुहरूले विचार पुऱ्याउनपर्छ। कटनीको यस समयमा हामी सबैले आफ्नो अथक प्रयास यहोवालाई चढायौं भने उहाँको प्रशस्त आशिष हामीले पाउनेछौं।