ईश्वरीय भक्तिलाई लक्ष्य बनाउँदै आफूलाई प्रशिक्षण दिइरहनुहोस्
१ ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न’ ईश्वरतान्त्रिक सेवकाई पाठशालाले हामीलाई क्रमानुसार तालिम दिन्छ। (२ तिमोथी २:१५) के तपाईं यसमा सामेल भइसक्नु भएको छ? हुनु भएको छैन र भर्ना हुन तपाईं योग्य पनि हुनुहुन्छ भने, यसमा भर्ना भएर यस असल प्रबन्धको फाइदा किन उठाउनु हुन्न?
२ यस पाठशालाको एउटा महत्त्वपूर्ण विशेषता साप्ताहिक बाइबल अध्ययन कार्यक्रम हो। पढ्नु भनेर दिइएको बाइबलका अध्याय तपाईंको व्यक्तिगत अध्ययन तालिकामा सम्मिलित हुनुपर्दछ र यसो गर्दा समयमा तपाईंले पूरै बाइबल पढिसक्नु भएको हुनेछ।
३ सन् १९९३ को पाठशाला तालिका लागू हुने समय देखि, भाषण न० २ मा दिइएको बाइबल पढाइलाई बीचमा कतै पनि नरोकिकन पूरै पढिने छ। यसको अर्थ यो भाषण दिने विद्यार्थीले परिचय र समापनमा मात्र व्याख्यात्मक जानकारी समावेश गर्नेछ। बाइबल विशेषताहरूलाई प्रकाश पार्न खटाइएका भाइले भाषण न० २ का लागि दिइएका पद्यहरू सम्बन्धि आफ्नो टिप्पणीहरू सीमित राख्नु पर्दछ। यसो गरेमा भाषण नम्बर २-को वक्ताले बाइबल पढाइमा पूरा जानकारी दिन पाउनेछ।
४ पाठशाला निरीक्षकले २, ३ र ४ न० भाषण दिनेहरूका लागि भाषा-खुबी सल्लाह सूचिमा (Speech Counsel Slip) चिन्ह लगाउने छ। यस सूचिमा दिएका बुँदाहरूलाई तिनले क्रमानुसार पछ्याउनु पर्दैन। बरु जुन जुन कुरामा विद्यार्थीले उन्नति गर्नु पर्ने छ, सोही कुराहरूमा तिनले विद्यार्थीलाई निश्चित सल्लाह दिन सक्ने छन्। भाषण न० १ दिने वक्ताको सल्लाह सूचिमा चिन्ह लगाउनु पर्दैन तथापि, आवश्यक परेमा व्यक्तिगत तवरमा सल्लाह दिन सकिन्छ।
५ योग्य भएका सबैले ईश्वरतान्त्रिक सेवकाई पाठशाला लगायत यहोवाले गर्नुभएका आध्यात्मिक प्रबन्धहरूको पूरा फाइदा उठाउनुपर्छ। यस्ता प्रशिक्षणले सेवकाई अझ फलदायी हुनसक्छ।—१ तिमोथी ४:७.