सन् १९९६ को ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट लाभ उठाउनुहोस्—भाग २
१ सन् १९४३ मा ईश्वरतान्त्रिक सेवकाई पाठशाला प्रारम्भ भएको लगत्तै सोसाइटीको एउटा शाखा कार्यालयले यस्तो विवरण दियो: “आफू जनवक्ता होला भनेर कल्पनासमेत नगरेका निकै भाइहरूलाई मञ्चबाट अति नै प्रभावशाली रूपमा भाषण दिन र क्षेत्र सेवकाईमा अझ प्रभावकारी हुन यो अत्युत्तम प्रबन्धले थोरै समयमै मदत पुऱ्याएको छ।” यस पाठशालाले अहिलेसम्म श्रेष्ठ तालिमको प्रबन्ध गरिरहेको छ। र त्यसप्रकारको तालिम हामी सबैलाई चाहिन्छ।
२ बाइबल पढाइ: मञ्चबाट बोल्ने भाग पाएकाहरूले मात्र यस पाठशालाबाट लाभ उठाउने होइन। वास्तवमा हामी सबैको एउटा कार्यभार छ। त्यो हो, साप्ताहिक बाइबल पढाइ। प्रत्येक हप्ता बाइबलका कुन अध्यायहरू पढ्ने हो, त्यो जानकारी पाठशालाको तालिकाले दिन्छ। दिनहुँ बाइबल पढ्नुपर्ने आवश्यकतालाई जोड दिने धर्मशास्त्रीय सम्झौटाहरू धेरै छन्। (यहो. १:८; भज. १:२; प्रे. १७:११) आध्यात्मिक सुस्वास्थ्यको लागि बाइबल पढाइ अत्यावश्यक छ। यसले मन अनि हृदयलाई पोषित गर्छ। प्रति दिन कम्तीमा पाँच मिनेटको दरले बाइबल पढाइ गऱ्यौं भने पाठशालाको बाइबल पढाइसम्बन्धी तालिकालाई पछ्याउन सक्नेछौं। यसरी वर्षको अन्तसम्ममा हामीले परमेश्वरको वचनका १५० भन्दा बढी अध्यायहरू पढिसकेका हुनेछौं। सजिलै भेटाउन सकिने ठाउँमा बाइबल राखेका छौं भने प्रत्येक दिन त्यसबाट केही पढ्न सक्नुपर्ने हो।
३ निर्देशन भाषण: भाइहरूलाई निष्ठावान् र जोशिलो सेवक हुन निर्देशन भाषण दिने वक्ताले शिक्षणपद्धतिहरूको प्रयोग राम्रोसित गर्नु, प्रष्ट बुझाउनु अनि यहोवा र उहाँको वचन तथा संगठनप्रति मूल्यांकन बढाउनु आवश्यक छ। प्राचीन तथा सहायक सेवकहरूले राम्ररी तयार गरेर, भाषणको शीर्षकमा केन्द्रित गरेर, विश्वस्त भई बोलेर तथा विषयवस्तुलाई जीवन्त बनाएर यसो गर्नसक्छन्। (हिब्रू ४:१२) वक्ताले निर्दिष्ट समयभित्रै आफ्नो भाषण टुङ्ग्याउनु महत्त्वपूर्ण छ। “अल स्किप्चर” (सम्पूर्ण धर्मशास्त्र) (नेपालीमा उपलब्ध छैन) पुस्तक बाइबल पदहरूले भरिभराउ छ र यसले हामीलाई आध्यात्मिक तवरमा फाइदा पुऱ्याउने अनगिन्ती रोचक धर्मशास्त्रीय विषयवस्तुहरू प्रस्तुत गर्छ। प्रोक्लेमर्स् (उद्घोषकहरू) (नेपालीमा उपलब्ध छैन) पुस्तकमा यहोवाको दृश्य संगठनको आधुनिक इतिहास समावेश छ। यस पुस्तकले विश्वास, जोश, भक्ति र प्रेम प्रदर्शन गर्ने वास्तविक मानिसहरूको जीवनमा भएका घटनाहरू बताउँछ। हाम्रो ईश्वरतान्त्रिक सम्पदा र आधुनिक समयमा यहोवाले आफ्ना जनहरूलाई आशिष् दिनुभएको तरिकाबारे थाह पाउनुपर्ने कुरा धेरै छन्। उपासनमा एकताबद्ध पुस्तकले यहोवाको व्यक्तित्वबारे गहिरो अन्तरदृष्टि प्राप्त गर्न र बाइबलका सल्लाहहरूको व्यक्तिगत प्रयोग गर्न मदत गर्छ।
४ बाइबलका विशेषताहरू: यो भाषण दिने भाइहरूले मण्डलीले व्यवहारिक ढंगमा प्रयोग गरेर फाइदा उठाउनसक्ने खास पदहरू छान्नुपर्छ। यसो गर्न तोकिएका अध्यायहरू पढ्नु, मनन गर्नु र ती पदहरूको अर्थ प्रष्ट्याउने बुँदाहरू खोज्न छानिएका पदहरूको अनुसन्धान गर्नु आवश्यक छ। वाच टावर पब्लिकेशन्स् इन्डेक्स (वाच टावर प्रकाशनका अनुक्रमणिका) (नेपालीमा उपलब्ध छैन) पछाडि “शास्त्रपदहरूको अनुक्रमणिका” छ। यसले बाइबलका खास पदहरूबारे जानकारी प्राप्त गर्न मदत पुऱ्याउँछ। यो भाग प्रस्तुत गर्ने भाइहरूले अप्रासंगिक विषयवस्तु नथप्न विवेकी हुनुपर्छ। छ मिनेटभित्र सिध्याउनै नसकिनेगरि धेरै कुरा ढाक्न खोज्नु हुँदैन।
५ हामी सबैले ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट फाइदा उठाउनसक्छौं। यसले हाम्रो बोल्ने तथा सिकाउने क्षमता बढाउन मदत दिनसक्छ। यस प्रबन्धबाट पूर्णतया लाभ उठायौं भने, ‘सबै मानिसहरूसमक्ष आफ्नो उन्नति जाहेर’ गर्न मदत पाउनेछौं।—१ तिमो. ४:१५.