शान्ति र सुरक्षा ल्याउने परमेश्वरको उपायको प्रचार गर्नुहोस्
१ शान्ति र सुरक्षाका लागि मानिसहरूले धेरै योजनाहरू बनाएका छन्, तर यिनीहरूमध्ये कुनैले पनि संसारभरिका मानिसहरूको वास्तविक आवश्यकताहरूलाई पूरा गर्दैन। धार्मिक, जातीय र राष्ट्रियताको कारण उठेका घृणाहरूका साथै राजनैतिक महत्त्वाकाङ्क्षा र लोभ नै एउटा सुरक्षित र शान्तिमय संसारका लागि ठूलो बाधाहरू देखिएका छन्। तर वास्तविक अड्चनहरू दियाबल अर्थात शैतान र यहोवा परमेश्वरका अधीनमा बस्न नचाहने मानिसको प्रवृत्ति हो भन्ने कुरा साँचो मसीहीहरूलाई थाहा छ।—भजन. १२७:१; यर्मि. ८:९; १ यू. ५:१९.
२ परमेश्वरको उपाय नै शान्ति र सुरक्षा ल्याउने एक मात्र उपाय हो र यहोवासँग मात्र मानव जातिका सबै समस्याहरूको पक्का समाधान छ भन्ने कुरा जनवरी महिनाको दौडानमा हामी आफ्ना छिमेकीहरूलाई देखाउने कोसिस गर्ने छौं।
३ पर्चाहरू चलाउनुहोस्: हाम्रा लागि सोसाइटीले तयार पारिदिएका राम्रा राम्रा पर्चाहरू चलाएर ढाडस दिने खालका यस समाचारलाई हामी बाँड्न सक्छौं। विभिन्न खालका पर्चाहरूलाई वार्तालाप सुरु गर्न र बाइबल अध्ययनको थालनी गर्न कसरी चलाउन सकिन्छ भन्ने कुरा बितेका समयहरूमा हामीले प्रदर्शनीहरूद्वारा देखिसक्यौं। जगतको अन्तबारे बाइबलका विभिन्न भविष्यवाणीहरूको आश्चर्यलाग्दो पूर्तिले धेरैजनाको ध्यान खिच्न सक्दछ। ती मध्येका केही भविष्यवाणीहरू तपाईं किन बाइबलमा विश्वास गर्न सक्नुहुन्छ? (पर्चा न. १३) भन्ने पर्चाको पृष्ठ ५ र ६ मा उद्धरण गरिएको छ।
४ पर्चा न. १४-ले यहोवाका साक्षीहरू के विश्वास गर्छन्? भन्ने प्रश्नको सङ्क्षिप्त उत्तर दिन्छ। मसीहीजगतका गिर्जाहरूको भन्दा हाम्रो विश्वास किन भिन्दै छ भन्ने कुरा यसले बताउँछ र मानिसहरूलाई परमेश्वरको राज्यमा विश्वास गराउन हामीले गरेका अटुट प्रयासका कारणहरू दिन्छ। साथ-साथै चाँडै नै यो राज्यले पूरा गर्ने कुराहरूका साथै आउने विनाशबाट छुटकारा पाउने हाम्रो अद्भुत आशालाई पनि सङ्केत गर्दछ।
५ आज संसारमा लाखौं मानिसहरू निराश छन् र तिनीहरू कुशल-मङ्गलता, साँचो शान्ति, सुरक्षा र शान्त र स्थिर अवस्थाको चाहना गर्दछन्। शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५) नामक पर्चा धेरैका निम्ति एउटा प्रोत्साहनदायक श्रोत हुनसक्छ।
६ के आशा छ मरिगएका प्रिय जनहरूका निम्ति? नामक १६ न. पर्चाले आफ्नो नजिकका व्यक्तिलाई मृत्युमा गुमाउनु परेकाहरूलाई सान्त्वना दिन्छ र परमेश्वरको नयाँ संसारमा तिनीहरूका प्रिय व्यक्तिहरूलाई फेरि देख्न पाउने आशा प्रदान गर्दछ।
७ बाइबल अध्ययन सुरु गर्नुहोस्: कुनै एउटा पर्चा, पुस्तिका, पत्रिका वा पुस्तक चलाएर बाइबल अध्ययन सुरु गर्न सकिन्छ। घरधनीसँग हाम्रो कुनै एउटा प्रकाशन रहेछ भन्ने कुरा थाहा पाउनुभयो भने त्यसलाई कसरी बाइबल अध्ययन गर्न चलाउन सकिन्छ भन्ने कुरा परिपाठ साथ प्रदर्शित गर्नुहोस्। हाम्रा पर्चाहरू र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? भन्ने पुस्तिका घरधनीको चासो जगाउन र बाइबल अध्ययनको सुरुआत गर्दा चलाउन सकिने उत्तम साधनहरू हुन्। यस बाहेक यो महिना हामी १९२ पन्ने पुरानो पुस्तक पनि प्रस्तुत गर्नेछौं। कृपया ‘घोषणा’ स्तम्भमा तपाईंका भाषाका निम्ति प्रस्तावित गरिएका पुस्तकहरूको नामलाई ध्यान दिनुहोस् र सेवकाईमा प्रयोग गर्नका लागि यी पुस्तकहरू चाहिने जति लिनुहोस्।
८ सृष्टिकर्त्ता यहोवा परमेश्वरबाट मात्र साँचो सुरक्षा आउनसक्छ। हामी सकेसम्म बढी मानिसहरूको मन र हृदय परमेश्वरको वचनका सत्य कुराहरू प्रति खोलिदिन र ती कुराहरूले दिने आशालाई अपन्याउने मदत दिन चाहन्छौं। शान्ति र सुरक्षा ल्याउने परमेश्वरको उपायको प्रचार गर्न हामी सबै नै सिकाउनका लागि उपलब्ध साधनहरूको सदुपयोग गरौं।—यशै. २:३, ४.