यहोवाको ज्येष्ठ पुत्रलाई हार्दिक स्वागत गर्नुहोस्!
१ सा० यु० ३३-को निसान ३, आइतबारको दिन, एउटा ठूलो भीडले यहोवाको ज्येष्ठ पुत्रको भव्य स्वागत गऱ्यो। तिनीहरूले हातमा खजूरका हाँगाहरू लिएर प्रभु येशू ख्रीष्टलाई “परमप्रभुको [यहोवा, न्यु व०] नाउँमा आउने राजा” स्वीकार्दै स्वागत गरे। (लूका १९:३८; हिब्रू १:६) सोमवार र मङ्गलवार अर्थात् निसान १० र ११ तारिख येशू उहाँको आम सेवकाईमा अति नै ग्रस्त हुनु हुन्थ्यो। यी आखिरी दिनहरू उहाँको पार्थिव जीवनको सबै भन्दा व्यस्त दिनहरू थिए।
२ तर आज भने त्यो भन्दा एउटा अझ ठूलो भीडले हातमा लाक्षणिक खजूरका हाँगाहरू लिएर चर्को स्वरमा यसो भन्छन्: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।” (प्रकाश ७:९, १०) मार्च महिनाको २६ तारिखका दिन हामी ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउन भेला हुनेछौं। तर उक्त दिन आउनुभन्दा अघि के हामीले सेवकाईमा अझ जोडसित प्रयास गर्दै त्यो विश्वव्यापी प्रशंसागानको आवाजलाई झन घन्काउन सक्छौं कि?
३ क्षेत्र सेवकाई बढाउनु होस्: थुप्रै प्रकाशकहरू मार्च महिनामा सहायक अग्रगामी हुन भर्ना भइसकेका छन्। के तपाईं पनि तिनीहरूलाई साथ दिन चाहनु हुन्छ? चाहनु हुन्छ भने तुरुन्तै आफ्नो दरखास्त बुझाइ हाल्नु होस्। यस कामबारे तपाईंका केही प्रश्नहरू छन् भने तिनको जवाफ कुनै एक जना प्राचीनले खुशी साथ दिने छन्।
४ तपाईं सहायक अग्रगामी बन्न होस् वा नहोस् मार्च महिनाभरि सेवकाईमा तपाईं पूरापूरी भाग चाहिं अवश्य लिन चाहनु हुनेछ। यस महिनाको दौडान मण्डलीले सम्भवतः हर दिन सामूहिक प्रचारको प्रबन्ध मिलाउन सक्छ। यसका लागि यथेष्ट मात्रामा प्रचार क्षेत्र पहिले नै छुट्ट्याएर राख्नु पर्छ।
५ सबै मण्डलीहरूले मार्च २६, शनिवारको दिन, क्षेत्र सेवकाईका लागि भेला हुने एउटा खास प्रबन्ध मिलाउनु पर्छ। स्मरणार्थका लागि तयारी गर्नु पर्ने थुप्रै कुराहरू भए तापनि शनिवार बिहान चाहिं सकेसम्म सबैलाई नै क्षेत्र सेवकाईमा भाग लिन अनुरोध गरिन्छ। घरघर जानु बाहेक, तपाईंले स्मरणार्थमा निम्त्याउनु भएकाहरूका लागि यातायातको पनि निश्चित प्रबन्ध मिलाउनु होस्। सभा हुने ठाउँ र समय समेत तिनीहरूलाई स्पष्टसित बताइ सकेको हुनु पर्छ।
६ अरूहरूलाई निम्तो र प्रोत्साहन दिनुहोस्: येशूले आफ्ना अनुयायीहरूलाई यो आज्ञा दिनु भयो: “यो मेरो सम्झनाको निम्ति गर।” (१ कोरिन्थी ११:२४) यस आज्ञालाई येशूको पाइलामा हिंड्ने उहाँका अभिषिक्त अनुयायीहरूले पालन गर्दा यहोवाको प्रत्येक सेवकलाई पनि स्मरणार्थ समारोहमा दर्शकको रूपमा भेला हुन निम्त्याइन्छ। तर साथमा तपाईंले आफूसित बाइबल अध्ययन गर्नेहरूलाई, नातेदारहरूलाई, बाइबलसम्बद्ध छलफल गर्नु भएका व्यक्तिहरूलाई, विश्वास नगर्ने पति वा पत्नीलाई र काम गर्ने ठाउँमा चिनजान भएका मानिसहरूलाई पनि निम्त्याउन सक्नु हुनेछ। कोही पनि न छुटुन् भनेर उपरोक्त व्यक्तिहरूको एउटा सूची बनाउनु होस्।
७ चासो देखाउनेहरूलाई स्मरणार्थको अवसरमै पनि प्रोत्साहन दिने थुप्रै मौका पाउनु हुनेछ। प्रथम पटक आइ रहेका नयाँ व्यक्तिहरूसित कुराकानी गर्नका लागि सभास्थलमा चाँडै आइ पुग्ने प्रबन्ध मिलाउनु होस्। तपाईंसित बाइबल अध्ययन गर्ने थुप्रै विद्यार्थीहरू आएका छन् भने चाहिं तिनीहरूमध्येका कुनै कुनै सित सम्भवतः एक जना अर्कै प्रकाशक सभाभरि बसी दिए बेस हुनेछ। मण्डलीको नियमित आम सभामा पनि उपस्थित हुन नयाँ व्यक्तिहरूलाई निम्त्याउनु होस्। आम भाषण दिन छानिएका प्राचीनले एउटा उत्साहवर्धक भाषण दिने तयारी गरेर आएको हुनु पर्छ।
८ मार्च महिनाभरि यहोवाको प्रशंसाका लागि हामी जोसिलो भएर ईश्वरतान्त्रिक गतिविधिमा भाग लिने गरौं। तत्पश्चात् स्मरणार्थ समारोहको अन्तमा हामी “हेल जेहोवास फर्स्टबर्न!” अर्थात् गीत सङ्खया १०५ स्वरमा स्वर मिलाएर गाउँदा हामीले ठूलो सन्तोष महसुस गर्नेछौं!