प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जनवरी p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—कुराकानी गर्न नचाहने मानिसहरू भेट्‌दा विचार पुऱ्‍याउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • घरधनीलाई सोच्न लगाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०११
  • सरल तथा प्रभावकारी पुनःभेटहरू
    हाम्रो राज्य सेवकाई—१९९४
  • जीवन बचाउने सेवकाईमा सफलतापूर्वक भाग लिने
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 जनवरी p. ७

प्रश्‍न पेटी

▪ कुनै घरधनीले अब उप्रान्त उनको घरमा यहोवाका साक्षीहरू आएको चाँहदैनन्‌ भनेर किटेर भन्छन्‌ भने के गर्न सकिन्छ?

धर्मसित सम्बन्धित कुनै पनि कामका लागि आउने मानिसहरू अथवा खासगरी यहोवाका साक्षीहरूलाई प्रवेश निषेध छ भनी कुनै ढोकामा सूचित गरिएको छ भने हामीले घरधनीको इच्छालाई कदर गर्दै त्यहाँ ढोका नढक्‌ढक्याउनु नै बेस हुन सक्छ।

तर बेचबिखन गर्नेहरू अथवा चन्दा उठाउनेहरू निषेधित छन्‌ भनेर ढोकामा सङ्‌केत गरिएको छ भने त्यो हामीमा लागू हुँदैन किनकि हामी धार्मिक परोपकारको काम गर्नेहरू हौं। हामीले यस्तो ठाउँमा ढोका ढक्‌ढक्याउनु मिल्छ। तथापि घरधनीले आपत्ति व्यक्‍त गर्छन्‌ भने हाम्रो विचारमा त्यो निषेधाज्ञा हामीमा लागू हुँदैन भनेर बुद्धिमता साथ व्याख्या गर्न सकिन्छ। तर होइन, यहोवाका साक्षीहरू पनि निषेधित छन्‌ भनेर घरधनीले स्पष्टसित भनेमा हामीले उनको इच्छाको कदर गर्नेछौं।

कुनै घरधनी चाहिं हामी उनको घरमा जाँदा एकदमै रिसाउन सक्छन्‌ र फेरि कहिले नआउनु भनेर किटेर भन्लान्‌। यस्तो अनुरोधलाई हामीले पालन गरी दिनु पर्छ। प्रचार-क्षेत्रको नक्सा राख्ने खामभित्र यस अनुरोधबारे तारिख सहितको एउटा टिपोट छाडिदिनु पर्छ। जसले गर्दा भविष्यमा त्यस क्षेत्रमा काम गर्न जाने प्रकाशकहरू त्यस घरमा जाने छैनन्‌।

तथापि यहाँ याद राख्नु पर्ने कुरा के हो भने यस्ता घरहरूलाई सधैंका लागि छाड्‌नु हुँदैन। त्यस घरका मानिसहरू अरू ठाउँमा बसाइँ सर्न सक्छन्‌। अथवा राम्रो प्रतिक्रिया देखाउने त्यसै परिवारको कुनै अर्को सदस्यसित हाम्रो भेट हुन सक्छ। सम्भवतः जुन घरधनीसित हामीले कुरा गरेका थियौं तिनकै हृदय परिवर्तित हुन सक्छ र हामी त्यहाँ गएकोमा उनले आपत्ति नपनि गर्न सक्छन्‌। यसकारण, त्यस घरका मानिसहरूको वर्तमान प्रतिक्रिया थाह लाउने उद्देश्‍यले केही समयपछि सावधानीपूर्वक हामीले सोधपूछ गर्न सक्छौं।

सालको एक पटक प्रचार-क्षेत्र सम्बद्ध फाइलको समीक्षा गर्दा हामीलाई निषेध गर्ने घरहरूको एउटा सूचि बनाउनु पर्छ। अनि सेवकाई निरीक्षकको रेखदेखमा केही निपुण र अनुभवी प्रकाशकहरूलाई यी घरहरूमा पठाउन सकिन्छ। पहिले कै मानिसहरू त्यहाँ अझ बसिरहेका छन्‌ कि भनेर थाह लाउन हामी आएका हौं भनेर बताउन सकिन्छ। रीजनिङ्‌ग पुस्तकका पानाहरू १५-२४-मा “वार्तालापमा अड्‌को लाउनेहरूलाई कसरी जवाफ दिन सक्नु हुन्छ?” भन्‍ने शीर्षकमनि उल्लिखित विषयवस्तुसित प्रकाशक राम्ररी परिचित हुनु पर्छ। अलिकता चासो देखाएमा, त्यहाँ फेरि यसरी नै भविष्यमा भेट गर्न जान सकिन्छ। तर घरधनीले अझै कडा विरोध गर्छन्‌ भने त्यहाँ अझ सालभरिका लागि जानु हुँदैन। तर यस सम्बन्धमा कुनै विशेष परिस्थितिवश बेग्लै उपाय अपनाउनु उचित देखिन्छ भने यसका लागि स्थानीय प्राचीनहरूको समूहले फैसला गर्न सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने