अक्टोबर महिनामा ग्राहक बनाउन सजग हुनुहोस्
१ प्रहरीधरहरा र अवेक! मा अनन्तकालीन सुसमाचारको सान्त्वनादायी तथा प्रोत्साहनदायी सन्देश पाइन्छ। ग्राहक बनाउन सजग हुने हो भने, हामीले समय निकालेर पत्रिकाहरू राम्ररी पढ्न र हाम्रा इलाकाका कस्ता व्यक्तिहरूलाई ती लेखहरू मन पर्नसक्छ भनेर सोच्नु आवश्यक छ।
२ प्रथमतः आवरण पृष्ठमा प्रकाश पारिएका लेखहरूसित परिचित हुनुहोस्। आवरण चित्रले नै ग्राहक बन्न वा पत्रिकाको एक प्रति स्वीकार्न घरधनीलाई अक्सर आकर्षित गर्नसक्छ। तपाईंको इलाकाका मानिसहरूले मन पराउने खालका लेखहरू छान्नुहोस्। के अधिकांश मानिसहरू एकै धर्म मान्छन्? तिनीहरूलाई चिन्तित पार्ने मुख्य कुराहरू के के हुन्? यस्ता प्रश्नहरू मनमा राखेर तपाईंले प्रभावकारी प्रस्तुति तयार गर्न सक्नुपर्छ। निम्न केही प्रस्तुतिहरूलाई ध्यान दिनुहोस्।
३ अक्टोबर १ को “वाचटावर” चलाएर चर्च धाउने व्यक्तिलाई ग्राहक बन्ने आग्रह गर्दै हुनुहुन्छ भने, “बाइबल— वास्तवमा यो कतिको मूल्यवान छ?” भन्ने लेख देखाउँदै यसो भन्नुभए हुन्छ:
▪“चर्चका अधिकांश मानिसहरूसित बाइबल हुन्छ। बाइबल हुने धेरैजसो व्यक्तिहरूले त्यसमा विशेष मूल्यका त्यस्ता केही कुराहरू छन् भनी महसुस गर्छन्।” त्यसपछि तपाईंले सोझै यस्तो प्रश्न गर्न सक्नुहुन्छ: “कुन कुराले गर्दा बाइबल अनुपम छ जस्तो तपाईंलाई लाग्छ?” अथवा “बाइबलबाट अझ बढी लाभ उठाउन मानिसहरूलाई कुन कुराले मदत देला जस्तो तपाईंलाई लाग्छ?” घरधनीको जवाफ सुनेपछि उपयुक्त टिप्पणी गरेर तपाईं वार्ता कायमै राख्न सक्नुहुन्छ, जस्तै: “बाइबल ईश्वरप्रेरित र हाम्रो भरपर्दो मार्ग निर्देशक हो भनी प्रमाणित गर्ने जोडदार प्रमाणहरू छन्। यसमा हामीलाई अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान पाइन्छ। [यूहन्ना १७:३ पढ्नुहोस्।] धेरैले यसलाई आदर गर्छन् तर यसको प्रयोग कसरी गर्ने, त्यो भने तिनीहरूलाई थाहा छैन। भविष्यबारे तपाईंका प्रश्नहरूको जवाफ पाउन तपाईं आफैले कसरी बाइबल चलाउन सक्नुहुन्छ भनी द वाचटावर को यस लेखले बताउँछ। यो द वाचटावर तपाईंले आफ्नै घरमा नियमित रूपमा प्राप्त गर्नुहोस् भनी म चाहन्छु।”
४ अक्टोबर १५ को “वाचटावर” चलाउँनु हुँदा शायद तल दिएजस्तै सरल प्रस्तुति तपाईंलाई मनपर्ला:
▪“प्रायजसो सबैले मृत्युको कारण कोही न कोही प्रियजन गुमाएका छन्। ‘मृत व्यक्तिको अवस्था कस्तो हुन्छ त?’ त्यही प्रश्न यस लेखले उठाउँछ। मृत्युपश्चात् मानिसलाई के हुन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यो र अन्य प्रश्नहरूको जवाफ चाहनुहुन्छ भने, म तपाईंलाई यस पत्रिकाको ग्राहक बन्ने सुझाव दिन चाहन्छु।”
५ झूटा धर्मको असफलताका थुप्रै प्रमाणहरूमध्ये एकलाई अक्टोबर २२ को “अवेक!” ले जाँच्छ। “जब धर्मले युद्धको पक्ष लिन्छ” भन्ने लेख चलाएर तपाईं यो प्रश्न गर्न सक्नुहुन्छ:
▪“के तपाईंलाई आजका धर्महरू र धार्मिक नेताहरूले युद्ध अन्त गर्नसक्ला जस्तो लाग्छ? हाम्रो वरपर व्याप्त हिंसाप्रति परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] सबैलाई र आफ्ना शत्रुलाई समेत प्रेम गर्नु भनी बाइबलमा येशूले सिकाउनु भएको थियो। एक दिन सबैले त्यो शिक्षा पालन गर्ला जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] अवेक! को यस अङ्कले उक्त प्रश्नको जवाफ दिन्छ र परमेश्वरको राज्यले कसरी समाधान प्रदान गर्नेछ भनी बताउँछ।”
६ बाइबलबाट छलफल गर्न नसके पनि प्रत्येक ढोकामा ग्राहक बन्न मानिसहरूलाई आग्रह गर्ने कोशिश गर्नुहोस्। ग्राहक बन्न अस्वीकार गरेमा पत्रिकाको एक प्रति दिन नबिर्सनुहोस्। यसो गर्नु भयो भने, पुनःभेट गर्दा शायद ग्राहक बन्ने आग्रह गर्न मौका पाउनुहुनेछ।