प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 सेप्टेम्बर p. ४
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१३
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 सेप्टेम्बर p. ४

कुराकानी थाल्ने उदाहरण

अक्टोबर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामी आज सबैलाई भेटेर असल सरकारबारे एकैछिन कुरा गर्दै छौं। तपाईंलाई कस्तो लाग्छ, अपराध र अन्यायजस्ता ठूलठूला समस्याहरू अन्त गर्न सक्ने कुनै सरकार छ होला त?” जवाफ दिने मौका दिनुहोस्‌। येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थनामा उहाँले त्यस्तै एउटा सरकार अर्थात्‌ परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभएको थियो भनेर घरधनीलाई बताउनुहोस्‌। प्रहरीधरहरा, अक्टोबर १ अङ्‌कको अन्तिम पृष्ठ देखाउनुहोस्‌ अनि पहिलो प्रश्‍नअन्तर्गत भएको विषयवस्तु र उद्धरण गरिएका शास्त्रपदमध्ये एउटा छलफल गर्नुहोस्‌। पत्रिका दिनुहोस्‌ र अर्को प्रश्‍नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा अक्टोबर १

“येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सिकाउनुभएको चिरपरिचित प्रार्थनाका यी शब्दहरूबारे हामी सबैसित एकैछिन कुरा गर्दै छौं। [मत्ती ६:९, १० पढ्‌नुहोस्‌।] परमेश्‍वरको राज्य के हो र येशूले मानिसहरूलाई सिकाउनुहुँदा यस राज्यलाई किन जोड दिनुभयो भनेर के तपाईंलाई थाह छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले परमेश्‍वरको राज्यबारे के बताउँछ अनि यस राज्यले पृथ्वीमा कस्ता परिवर्तनहरू ल्याउनेछ भनेर यस पत्रिकामा बताइएको छ।”

ब्यूँझनुहोस्‌! अक्टोबर-डिसेम्बर

“ढिलो होस्‌ वा चाँडो, सबै जनाको जीवनमा समस्याहरू आउँछन्‌। जस्तै, हामी प्राकृतिक प्रकोप वा प्राणघातक रोगको सिकार हुन सक्छौं अथवा हामीले माया गरेको व्यक्‍तिको मृत्यु हुन सक्छ। यस्ता समस्याहरू आउँदा समेत सकारात्मक हुनु महत्त्वपूर्ण छ जस्तो के तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] समस्याहरूको सामना गर्न थुप्रैले कहाँबाट मदत पाएका छन्‌, म तपाईंलाई देखाऊँ कि? [घरधनीले चासो देखाएमा रोमी १५:४ पढ्‌नुहोस्‌।] एक्कासि समस्या आउँदा बाइबलबाट हामी कस्तो मदत पाउन सक्छौं भनेर यस पत्रिकामा बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने