हाम्रो राज्य प्रचार-कार्य उन्नति गर्ने तरिकाहरू
१ हाम्रो प्रचार-कार्य पहिलाभन्दा झन् आवश्यक छ। मानिसहरूले सुसमाचारप्रति देखाएको प्रतिक्रियामा उनीहरूको जीवन या मरण भर पर्नेछ। (१ पत्रु. ४:५, ६, १७; प्रका. १४:६, ७) यसकारण हामीले सधैं आफ्नो राज्य प्रचार-कार्य उन्नति गर्ने तरिकाहरू खोज्नु पर्छ। उन्नति गर्ने केही तरिकाहरू के के हुन्?
२ राम्रो तयारी गर्नुहोस्: हाम्र राज्य वकाई को ताजा अङ्क प्रयोग गर्दै तपाईंको क्षेत्रका अधिकांश व्यक्तिहरूलाई मनपर्ने खालको प्रस्तुति छान्नुहोस्। तपाईंका टिप्पणीहरू स्थानीय परिस्थितिअनुकूल हुनु आवश्यक छ। अथवा व्यक्तिगत तवरमा प्रभावकारी भेट्टाउनु भएका बुँदाहरू र शास्त्रपदहरू प्रयोग गरेर आफ्नै प्रस्तुति तयार गर्न चाहनुहुन्छ होला। यसो गर्न चासो जगाउने परिचय भए मात्र तपाईंलाई पुग्छ। (रीजनिङ्ग पुस्तक, पृष्ठ ९-१५ हेर्नुहोस्।) शायद विचारोद्दीपक प्रश्न वा स्थानीय चासोमा आधारित केही नयाँ कुराहरूप्रति घरधनीको टिप्पणी सोध्ने योजना तपाईंले बनाउनु भएको छ होला। आफ्नो प्रस्तुति मनमा राखेपछि तपाईंलाई उन्नति गर्न सुझाव दिन सक्ने परिवारका सदस्य वा अर्को प्रकाशकसित त्यसको अभ्यास गर्नुहोस्।
३ मानिसहरूसित वार्ता गर्नुहोस्: हाम्रो उद्देश्य महत्त्वपूर्ण समाचार सुनाउनु हो। स्रोतालाई अर्थपूर्ण वार्तालापमा संलग्न गराएर यसो गर्न सकिन्छ। घरधनीले आपत्ति जनाएमा या सुझाव व्यक्त गरेमा भन्न खोजिएको कुरा ध्यान दिएर सुन्नुहोस्। उनको टिप्पणीले तपाईंलाई आफ्नो आशाको शास्त्रीय प्रत्युत्तर दिन मदत गर्नेछ। (१ पत्रु. ३:१५) यदि उनको दृष्टिकोण बाइबलसित मेल खाँदैन भने, तपाईंले चातुर्यतासाथ यसो भन्न सक्नुहुन्छ: “धेरैले तपाईंजस्तै महसुस गर्छन्। तर यस विषयलाई अर्कै तरिकाबाट पनि लिन सकिन्छ।” त्यसपछि उपयुक्त पद पढेर उहाँको टिप्पणी बुझ्नुहोस्।
४ लचकदार तालिका बनाउनुहोस्: मानिसहरूसित कुरा गर्न सक्नु भएन भने राम्ररी तयार गरेको व्यर्थै हुनेछ। हामीले भेट गर्न जाँदा घरमा थोरै मात्र घरधनीहरू भेटिनु आज सामान्य भइसक्यो। तपाईंको क्षेत्रमा पनि यस्तै हुन्छ भने, घरमा धेरैभन्दा धेरै मानिसहरू भेट्न सकिने समयमा घर-घरको काम गर्न आफ्नो तालिकामा छाँटकाँट गर्नुहोस्। शायद सप्ताहन्तको समय तपाईंलाई उत्तम लाग्ला; हप्ताको दौडान अरूलाई साँझपख सजिलै भेट्न सकिन्छ। सांसारिक बिदाहरूमा मानिसहरू घरमै बस्ने हुँदा केही क्षेत्रहरूमा प्रकाशकहरूले त्यसबखत साक्षी दिनु फाइदाजनक भेट्टाएका छन्। यस्ता समयमा मानिसहरू अक्सर फुर्सत पाएर आरामसित बसिरहेका र वार्तालाप गर्न बढी इच्छुक हुन्छन्। त्यस्तै अवसरलाई सुहाउँदो परिचय बनाएर शास्त्रपदसहितको टिप्पणी त्यसमा गाँस्नु बेस हुनेछ।
५ आफ्नो प्रस्तुतिको प्रभावकारिता विश्लेषण गर्नुहोस्: प्रत्येक दैलोबाट निस्केपछि आफैलाई सोध्नुहोस्: ‘के म घरधनीको हृदयसम्म पुग्न सकें? के मैले उनलाई आफ्नो विचार व्यक्त गराउन र तिनको कुरामा ध्यान दिन सकें? के मैले चातुर्यतासाथ जवाफ दिएँ? परिस्थितिअनुसार के मैले अत्युत्तम तरिका प्रयोग गरें?’ समय समयमा अनुभवी प्रकाशक वा अग्रगामीसित काम गरेर सेवकाईमा आफ्नो प्रभावकारितालाई उन्नति गर्न उहाँहरूको प्रस्तुति ध्यान दिएर सुन्नु फाइदाजनक हुन सक्छ।
६ आफ्नो काममा दक्ष हुनुभयो भने ‘आफूलाई र तपाईंलाई सुन्नेहरूलाई समेत उद्धार गर्ने’ राज्य सत्यता बाँड्न तपाईं सक्षम हुनुहुनेछ।—१ तिमो. ४:१६; हितो. २२:२९.