प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मे p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
    हाम्रो राज्य सेवकाई—२००२
  • उन्‍नति गर्दै जानुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • यहोवा हामीलाई प्रशिक्षण दिंदै हुनुहुन्छ
    हाम्रो राज्य सेवा—२०११
  • आफ्नो शिक्षाको विषयमा होशियार रह
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 मे p. ७

प्रश्‍न पेटी

▪ सभाहरूमा हामीले के के सामग्रीहरू लैजानुपर्छ?

हरेक हप्ता मण्डलीका सभाहरूमा हामीले लाभदायी निर्देशन र प्रोत्साहनहरू पाउँछौं। (यशै. ४८:१७; हिब्रू १०:२४, २५) तर हामीले त्यसबाट कति लाभ उठाउँछौं, त्यो हामी तयार भएर आउँछौं वा आउँदैनौं त्यसैमा धेरै निर्भर गर्छ।

परिवारको प्रत्येक सदस्यसँग आफ्नै व्यक्‍तिगत अध्ययन सामग्री र अन्य आवश्‍यक साधनहरू हुनु राम्रो हो। यसमा बाइबल, गीत पुस्तक, अध्ययन गरिने प्रकाशन(हरू), कापी र कलम समावेश छ।

ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा ईश्‍वरतान्त्रिक पाठशालाको तालिका र थिओक्राटिक मिनिस्ट्री स्कूल गाइडबूक (ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला निर्देशन पुस्तक) आवश्‍यक छ। यी साधनहरूले विद्यार्थी भाषणको विषयवस्तुमा ध्यान दिन र पाठशाला निरीक्षकले दिएको सल्लाहलाई पछ्याउन मदत दिन्छ। आफ्नो भाषण र क्षेत्र सेवकाई प्रस्तुतिमा उन्‍नति गर्न मञ्चबाट दिइएको सल्लाह तथा सुझावहरू व्यक्‍तिगत रूपमा लागू गर्नसक्छौं। जनवरीदेखि अंग्रेजी भाषाको तालिकाअनुसार दिइने प्रायजसो निर्देशन भाषणहरू जेहोभाज्‌ विट्‌नेसेज्‌— प्रोक्लेमर्स अफ गड्‌स किंगडम-मा (यहोवाको साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू) आधारित छन्‌। परिवारको प्रत्येक सदस्यले आफ्नो व्यक्‍तिगत प्रति बोकेर आउन व्यवहारिक नहोला; शायद बेला-बेलामा हेर्न हरेक परिवारले एक प्रति ल्याउनसक्छन्‌। निस्सन्देह, स्थानीय भाषाअनुसारको तालिका चलाउने मण्डलीहरूमा सबैको व्यक्‍तिगत बाइबल टपिक्स फर डिस्कशन (छलफलका लागि बाइबलका विषयहरू) र एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध पुस्तक हुनु राम्रो हो, जसलाई यी तालिकाहरूले ढाकेको हुन्छ।

सेवकाई सभाको लागि हामीसँग हाम्रो राज्य सेवकाई-को नवीनतम अंक र रीजनिंग (तर्क) पुस्तक हुनु आवश्‍यक छ। सभाको दौडान प्रयोग गरिने साहित्यहरू लैजानुहोस्‌, जस्तै प्रदर्शनमा प्रस्तुत गरिने पत्रिकाहरू। प्राचीनहरूसँग अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तक हुनुपर्छ।

आमा-बाबुहरूले आफ्ना बच्चाहरूलाई शान्त राख्न र तिनीहरूलाई मण्डलीको सभाहरूमा ध्यान केन्द्रित गराउन प्रयास गर्नुपर्छ। पढ्‌नसक्ने उमेरको नभए तापनि प्रहरीधरहरा-को व्यक्‍तिगत प्रति र अरू साहित्यहरू दिंदा उनीहरूलाई ध्यान दिन प्रोत्साहन मिल्छ। केटा-केटीहरूलाई ईश्‍वरतान्त्रिक साहित्यहरूप्रति आदर देखाउन र ती प्रयोग गर्न सिकाउँदा जीवनभर स्वस्थकर आध्यात्मिक बानीहरू बसालिन्छ।

सभाहरूमा पूर्णरूपले सुसज्जित भएर आउँदा त्यसबाट पाउने आनन्द र सन्तुष्टि निकै बढ्‌छ। (२ तिमो. ३:१७) हामी “सारा आत्मिक बुद्धि र समझमा उहाँको [परमेश्‍वरको] इच्छाको ज्ञानले पूर्ण” छौं भनी निश्‍चित हुने उत्तम तरिका यही हो।—कल. १:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने