प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर p. ७
  • आफ्नो शिक्षाको विषयमा होशियार रह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो शिक्षाको विषयमा होशियार रह
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
    हाम्रो राज्य सेवकाई—२००२
  • सन्‌ १९९९ ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको कार्यक्रमबाट फाइदा उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • सन्‌ १९९६ को ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाबाट लाभ उठाउनुहोस्‌—भाग २
    हाम्रो राज्य सेवकाई—१९९६
  • ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाबाट पूर्ण लाभ उठाउने
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर p. ७

आफ्नो शिक्षाको विषयमा होशियार रह

१ जनवरी १९९५ देखि नयाँ ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला कार्यक्रम सुरु हुनेछ। अङ्‌ग्रेजी पाठशाला तालिकाअनुसार चल्ने मण्डलीहरूमा अधिकांश निर्देशन भाषणहरू यहोवाको आधुनिक समयको सङ्‌गठनको रोमाञ्चकारी इतिहासको छलफलमा आधारित हुनेछ। ती मण्डलीहरूमा त्यस वर्षभरि जेहोभाज्‌ विट्‌नेसेज्‌—प्रोक्लेमर्स अफ गड्‌स किङ्‌गडम नामक पुस्तकको १७८ पृष्ठहरू छलफल गरिनेछ। प्रोक्लेमर्स पुस्तकबाट निर्देशन भाषण दिएपछि पुनरावृत्तिका लागि कुनै प्रश्‍नहरू नसोधिने भएकोले हाम्रो शिक्षामा ध्यान दिन र अधिकतम लाभ उठाउन हामी के गर्नसक्छौं?—१ तिमो. ४:१६.

२ अधिकांश व्यक्‍तिहरूले प्रोक्लेमर्स पुस्तक पढिसकेको भए तापनि पाठशाला तालिकाअनुसार त्यसको विषयवस्तुलाई छलफल गर्दा हामी सबैले आफ्नो ईश्‍वरतान्त्रिक सम्पदाको अझ बढी मूल्याङ्‌कन गर्न सक्नेछौं। (भजन. ७१:१७, १८) प्रोक्लेमर्स पुस्तकबाट अध्ययनका लागि तोकिएको विषयवस्तुको पुनरावृत्ति गर्न हर हप्ता केही समय छुट्ट्याए कसो होला?

३ सजीव अनि चाखलाग्दो निर्देशन भाषणहरू: प्रोक्लेमर्स पुस्तकबाट दिइने निर्देशन भाषणलाई सजीव अनि चाखलाग्दो ढङ्‌गमा प्रस्तुत गर्नुपर्छ। पुस्तकमा दिइएको जानकारीको व्यवहारिक महत्त्वमाथि पनि त्यसले प्रकाश पार्नुपर्छ र यहोवाको सङ्‌गठन अनि परमेश्‍वरका सेवकको हैसियतमा हामीले पाएका सुअवसरहरूप्रति आदर बढाउन त्यस्तो जानकारी प्रयोग गर्नुपर्छ। पाठशालामा उपस्थित हुने प्रत्येक परिवारले आफ्नै प्रोक्लेमर्स पुस्तक ल्याएमा परिवारका हर सदस्यले अझ राम्ररी निर्देशन भाषण बुझ्न सक्नेछन्‌ र पुस्तकका चित्र तथा फोटोहरूबाट अझ लाभ उठाउन सक्नेछन्‌। स्थानीय भाषाको पाठशाला तालिकाअनुसार चल्ने मण्डलीहरूले १९९४ माझैं एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध नामक पुस्तक चलाउनेछन्‌।

४ विचारोद्दीपक बाइबल पढाइ: ठीक ठाउँमा जोड दिएर भावनासाथ राम्ररी पढ्‌नु प्रभावकारी शिक्षाको महत्त्वपूर्ण भाग हो। साथै, भाषण न. २ का लागि पढ्‌न तोकिएको विषयवस्तु विस्तृत हुँदैन र वक्‍ताले भाषणको प्रारम्भ तथा समापनमा केही टिप्पणीहरू दिन सकोस्‌ भनेर प्रायः यथेष्ट समय दिइएको हुन्छ। परिचय तोकिएको विषयवस्तुमाथि चासो जगाउने र स्रोताहरूलाई त्यसको व्यवहारिक महत्त्व बुझ्न मदत दिने किसिमको हुनुपर्छ। तोकिएको समयको पूर्ण सदुपयोग गर्दै वक्‍ताले भाषणको समापनमा व्याख्यात्मक टिप्पणीहरू र विषयवस्तुको प्रयोग समावेश गर्न सक्छन्‌।

५ “सन्‌ १९९५ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” मा पाठशाला कार्यक्रम र आफूलाई दिइएको भाषणहरू कसरी सञ्चालन गर्ने भन्‍ने सम्बन्धमा थप जानकारी पाइन्छ। बोल्न र शिक्षण कलामा उन्‍नति गर्न यस विषयवस्तुमा दिइएको जानकारीको पुनरावृत्ति गरेर, हामीलाई दिइएको भाषणहरूको राम्रो तयारी गरेर अनि दिइएको सल्लाह प्रयोगमा ल्याएर हामी आफ्नो शिक्षामा ध्यान दिन्छौं। अहिलेसम्म पाठशालामा भर्ती नभएकाहरूलाई भर्ती हुन न्यानो निमन्त्रणा दिन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने