प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 सेप्टेम्बर p. २
  • यहोवा हामीलाई प्रशिक्षण दिंदै हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामीलाई प्रशिक्षण दिंदै हुनुहुन्छ
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • एकदमै महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल
    हाम्रो राज्य सेवकाई—२००२
  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले कसरी हामीलाई लाभ पुऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००४
  • सन्‌ १९९९ ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको कार्यक्रमबाट फाइदा उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 सेप्टेम्बर p. २

यहोवा हामीलाई प्रशिक्षण दिंदै हुनुहुन्छ

१. यहोवाले मानिसलाई जिम्मेवारी सुम्पिंदा के पनि दिनुहुन्छ?

१ यहोवाले मानिसलाई जिम्मेवारी सुम्पिंदा त्यो पूरा गर्न आवश्‍यक मदत पनि दिनुहुन्छ। जस्तै:- यहोवाले नूहलाई कहिल्यै नगरेको काम गर्न अर्थात्‌ जहाज बनाउन आज्ञा दिंदा तिनलाई त्यो कसरी बनाउने भनेर पनि बताउनुभयो। (उत्प. ६:​१४-१६) यहोवाले नम्र गोठालो मोशालाई इस्राएलका बूढा-प्रधानहरू र फिरऊनसामु खडा हुने जिम्मेवारी दिंदा उहाँले तिनलाई यस्तो आश्‍वासन दिनुभयो: “म तेरो मुखमा भएर तैंले के-के बोल्नुपर्ने हो, सो सिकाउनेछु।” (प्रस्थ. ४:१२) त्यस्तैगरि सुसमाचार प्रचार गर्ने जिम्मेवारी पूरा गर्न पनि यहोवाले हामीलाई आवश्‍यक निर्देशन दिनुभएको छ। यसको लागि उहाँले हामीलाई ईश्‍वरतान्त्रिक सेवा स्कूल र सेवा सभामार्फत प्रशिक्षण दिंदै हुनुहुन्छ। यस प्रशिक्षणबाट हामी कसरी लाभ उठाउन सक्छौं?

२. ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट हामी कसरी लाभ उठाउन सक्छौं?

२ ईश्‍वरतान्त्रिक सेवा स्कूल: प्रत्येक सभामा उपस्थित हुनअघि तालिकामा भएको विषयवस्तु पढ्‌नुहोस्‌ र अध्ययन गर्नुहोस्‌। त्यस विषयवस्तुलाई विद्यार्थीले कसरी आफ्नो भाषणमा लागू गरेका छन्‌ भनेर बुझ्दा तपाईंको शिक्षणकला अझ तिखारिंदै जानेछ। (हितो. २७:१७) सभामा तपाईंको बोल्ने तथा सिकाउने क्षमता कसरी उन्‍नति गर्ने पुस्तिका ल्याउनुहोस्‌। विद्यार्थीको भाषण सकिएपछि स्कूल निरीक्षकले उक्‍त पुस्तिकाबाट केही बुँदा बताउँदा आफूले लागू गर्न चाहेको मुख्य बुँदाहरूमा चिन्ह लगाउनुहोस्‌। तथापि यस स्कूलबाट लाभ उठाउने सबैभन्दा राम्रो तरिका यसमा भाग लिनु नै हो। के तपाईंले यस स्कूलमा आफ्नो नाम लेखाउनुभयो? भाषण दिने जिम्मेवारी पाउँदा राम्ररी तयारी गर्नुहोस्‌ र आफूले पाएको सल्लाह लागू गर्नुहोस्‌। अनि प्रचारकार्यमा आफूले सिकेको कुरा प्रयोग गर्नुहोस्‌।

३. सेवा सभाबाट लाभ उठाउन के गर्न सक्छौं?

३ सेवा सभा: हामीले विषयवस्तुलाई पहिल्यै पढ्‌यौं र टिप्पणी दिन तयारी गऱ्‍यौं भने यस सभामा दिइने सुझावहरू राम्ररी सम्झन सक्नेछौं। यदि हामीले आफ्नो टिप्पणीलाई छोटो बनायौं भने अरू धेरैले टिप्पणी दिने मौका पाउन सक्छन्‌। प्रदर्शनहरू ध्यान दिएर हेर्नुहोस्‌ र आफ्नो क्षेत्र सेवालाई अझ प्रभावकारी बनाउन मदत मिल्ने कुनै पनि सुझावहरू प्रयोग गर्नुहोस्‌। तपाईंले आफ्नो सेवामा लाभ पुऱ्‍याउन सक्ने कुनै लेख हाम्रो राज्य सेवा-मा पाउनुभयो भने त्यसलाई पछिको लागि सुरक्षित राख्नुहोस्‌।

४. हामीले किन यहोवाले दिनुभएको प्रशिक्षणको सदुपयोग गर्नुपर्छ?

४ नूह र मोशालाई दिइएको जिम्मेवारीजस्तै सारा पृथ्वीभरि सुसमाचार प्रचार गर्न हामीलाई दिइएको जिम्मेवारी पनि चुनौतीपूर्ण छ। (मत्ती २४:१४) हाम्रा महान्‌ गुरु यहोवामा भर पऱ्‍यौं र उहाँले दिनुभएको प्रशिक्षणको सदुपयोग गऱ्‍यौं भने हामी राम्रो शिक्षक बन्‍न सक्नेछौं।​—⁠यशै. ३०:⁠२०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने