घरमा नभएकाहरूको अभिलेख किन राख्ने?
१ एक साक्षी दम्पती दिउँसो क्षेत्र सेवकाईमा निस्के। सोही दिन केही समय पछि तिनीहरू त्यस इलाकामा घरमा नभएकाहरूकहाँ फर्के। एक जना मानिसले भित्र बोलाए र ध्यान दिएर सुने। उनले सधैंभरि बाँच्ने पुस्तक लिए र साक्षीहरू पुनः फर्किनेछन् कि भनेर सोधे। उनले पहिला कहिल्यै यहोवाका साक्षीहरूसँग कुरा गरेका थिएनन् र उनलाई धेरै प्रश्नको जवाफ चाहिएको थियो; बाइबल अध्ययन सुरु भयो। यो दम्पती त्यस्तो भेडा खाले व्यक्ति भेटाएकोमा एकदमै आनन्दित भए। के तपाईं पनि त्यस्तो अनुभव बटुल्न चाहनुहुन्छ? घरमा नभएकाहरूको अभिलेख राम्रोसित राख्दा र तिनीहरूकहाँ चाँडै फर्केर जाँदा तपाईंले यस्तो अनुभव बटुल्न सम्भव हुनसक्छ।
२ हामीलाई बारम्बार घरमा नभएकाहरूको अभिलेख ठीकसँग राख्न र चाँडै फर्केर जान आग्रह गरिएको छ। माथिको अनुभवले देखाएजस्तै सोही दिनमा अर्को भेटले एकदम राम्रो नतिजा ल्याउनसक्छ। हामीहरू आफूलाई तोकिएको इलाका ढाक्न कटिबद्ध भए तापनि घरमा नभएकाहरूको अभिलेख राख्नु त्यति लगनशील नभएका हुनसक्छौं। कोही भन्छन्: ‘हामी आफ्नो इलाकामा दुइ तीन हप्तामा फेरि-फेरि काम गर्छौं; यस्तो घरमा नभएकाहरूको अभिलेख राख्न आवश्यक छैन किनभने हामी फेरि फर्किहाल्छौं।’ तर त्यसले अभिलेख राख्ने अझ धेरै कारण प्रदान गर्छ। बारम्बार काम गरिने इलाकामा घरमा नभएकाहरूको अभिलेख राख्नाले मानिसहरूलाई अझ राम्ररी योग्य मानिसहरूलाई खोज्न मदत मिल्छ। तर कसरी?
३ धेरैजसो क्षेत्रहरूमा ५० प्रतिशत वा त्यसभन्दा बढी मानिसहरू दिउँसो घरमा हुँदैनन्। अतः घरमा नभएकाहरूमाथि ध्यान केन्द्रित गर्दा वास्तवमा अझ बढी इलाका उपलब्ध गराइरहेका हुन्छौं। इलाकामा विरलै काम गरिन्छ भने पनि हामीले इलाकामा काम गर्न सिद्धियो भनेर चिन्ह लगाउनु अगाडि घरमा नभएकाहरूलाई भेट्न प्रयास गरेर राम्रो नतिजा ल्याउनसक्छौं।
४ घरमा नभएकाहरूलाई भेट्न प्रायः अर्को दिनमा प्रबन्ध मिलाउन सकिन्छ, सकेसम्म त्यही हप्तामा। तर धेरै प्रकाशकहरू सोही दिन पहिला आएकोभन्दा समय फरक गरेर फर्किन रूचाउँछन्। घरमा नभएकाहरूकहाँ फर्किन तपाईंले शनिबार वा आइतबारका दिन केही समय छुटाउन सक्नुहुन्छ। त्यस्तैगरि, धेरै मण्डलीहरूले घरमा नभएकाहरूलाई भेटाउन साँझको समय फलदायी पाएका छन्। तिनीहरूले आधीभन्दा बढी व्यक्तिहरूलाई घरमा भेटाउनसक्छन्।
५ तपाईंले आफ्नो व्यक्तिगत अभिलेखमा पुनःभेटहरूको सूची बनाउनुपर्छ। यदि तपाईं घरमा नभएकाहरूकहाँ फर्कन असमर्थ हुनुहुन्छ भने त्यस समूह हेर्ने भाइलाई घरमा नभएकाहरूको अभिलेख दिनुपर्छ ताकि त्यस इलाकामा जाने अर्को समूहले ती व्यक्तिहरूलाई भेटाउन सकोस्।
६ हाम्रो सेवकाईको यस पक्षलाई राम्ररी ध्यान दिएमा हामी अझ फलदायी र आनन्दित हुनसक्छौं। हामीले पूर्ण रूपमा भेडा खालका मानिसहरू खोजेर हेरचाह गरेको थाह पाउँदा सन्तुष्टि पाउनसक्छौं।—इजकि. ३४:११-१४.