विशेष अभियान अक्टोबर १६ देखि नोभेम्बर १२ सम्म!
१ “धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?” विषयको राज्य सन्देश न. ३७ अक्टोबर महिनादेखि वितरण गरिनेछ। अक्टोबर १ देखि १५ सम्म त प्रहरीधरहरा र ब्यूँझनुहोस्! नै प्रस्तुत गर्नेछौं। अक्टोबर १६ सोमबारदेखि नोभेम्बर १२ आइतबारसम्म राज्य सन्देश न. ३७ जोडतोडले वितरण गर्नेछौं। यस अभियानको दौडान पर्ने सप्ताहन्तहरूमा चाहिं यस राज्य सन्देश-लाई नयाँ पत्रिकाहरूसँगै प्रस्तुत गर्नेछौं।
२ क-कसले भाग लिन सक्छन्? सक्रिय भई सुसमाचार सुनाइरहेका सबै प्रकाशकहरूले यस अभियानमा पूरापूर भाग लिन सक्दो गर्नेछन्। केहीले सहायक अग्रगामी पनि गर्न सक्नेछन् होला। के तपाईंका आध्यात्मिक उन्नति गरिरहेका छोराछोरी वा बाइबल विद्यार्थी छन्? तिनीहरू बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य भएका छन् कि, सो पक्का गर्न तिनीहरूलाई प्राचीनसित भेट गराइदिनुहोस्। निष्क्रिय प्रकाशकहरूलाई यस अभियानमा भाग लिनको लागि प्रोत्साहन दिन प्राचीनहरू अग्रसर हुनुपर्छ। तिनीहरूलाई अनुभवी प्रकाशकहरूसित पठाउने प्रबन्ध मिलाउन सकिन्छ।
३ हरेक प्रकाशक र अग्रगामीले कम्तीमा ५० प्रति प्राप्त गर्न सक्ने गरी सबै मण्डलीहरूलाई आ-आफ्नो भाषाको राज्य सन्देश न. ३७ पठाइँदैछ। प्रकाशक भइनसकेका चासो देखाउने व्यक्तिहरूले चाहिं परिवारका सदस्यहरू र साथीहरूलाई दिन ५ प्रति लिन सक्छन्। प्रकाशक र अग्रगामीहरू दुवैले कति प्रति वितरण गरे, त्यसको रेकर्ड राख्नुपर्छ अनि अक्टोबर र नोभेम्बरको क्षेत्र सेवा रिपोर्ट बुझाउँदा रिपोर्ट स्लिपको पछाडिपट्टि वितरण गरेको संख्या लेख्नुपर्छ। त्यसपछि, मण्डलीले वितरण गरेको कुल संख्या सचिवले गन्नेछन् अनि अक्टोबरको अन्तमा र नोभेम्बरको अन्तमा शाखा कार्यालयलाई त्यसको रिपोर्ट पठाउनेछन्। अभियानपछि बाँकी रहेका राज्य सन्देश-का प्रतिहरू सेवकाईका विभिन्न पक्षमा वितरण गर्न सकिन्छ।
४ के भन्ने: प्रस्तुति छोटो बनाउनुहोस्। यसो गर्दा धेरैभन्दा धेरैलाई राज्य सन्देश वितरण गर्न सकिनेछ। तपाईं यसो भन्न सक्नुहुन्छ: “यो महत्त्वपूर्ण सन्देश विश्वभरि अहिले वितरण गरिरहेका छौं। यो सन्देश सबै मानिसको लागि लाभदायी छ। तपाईंलाई पनि एक प्रति निश्शुल्क दिन चाहन्छु। कृपया राखेर पढ्नुहोस्।” यो सन्देश सशक्त छ। तसर्थ, वादविवादमा नफस्न विवेक चलाएर कौशलतापूर्वक यो सन्देश प्रस्तुत गर्नुहोस्। प्रचारमा लाने झोला नबोक्नु नै बेस होला। चासो देखाउनेहरू सबैको रेकर्ड राख्नुहोस्।
५ आफ्नो क्षेत्र कसरी ढाक्ने: यो राज्य सन्देश-लाई सडक साक्षीकार्यमा भन्दा घर-घरमा र व्यापारिक इलाकामा प्रचार गरेर वितरण गर्न बढी जोड दिनुहोस्। समस्या खडा हुन सक्ने इलाकामा नजानुहोस्। कोही पनि नभेटिएका घरहरूको रेकर्ड राख्नुहोस् र हप्ताको अरू कुनै समय वा दिनमा फेरि भेट्न जाने प्रयास गर्नुहोस्। यस अभियानको अन्तिम हप्ता नोभेम्बर ६, सोमबारदेखि चाहिं कोही पनि नभेटिएका घरहरूमा पनि एक-एक प्रति राज्य सन्देश छोडिराख्न सकिन्छ। तर, अभियानको अवधिभित्र मण्डलीले ढाक्नुपर्ने इलाका धेरै छ भने राज्य सन्देश-लाई कोही पनि नभेटिएका त्यस्ता घरहरूमा अभियानको सुरुदेखि नै छाडिराख्ने कि नराख्ने भनेर प्राचीनहरूले निर्णय गर्न सक्छन्।
६ ‘महान् बेबिलोनको’ विनाश हुनै लागेको छ। त्यसको पूर्ण विनाश हुनअघि मानिसहरू त्यसबाट निस्केर आउनुपर्छ। (प्रका. १४:८; १८:८) विश्वभरि सम्पन्न हुने यस अभियानमा पूरापूर भाग लिन अहिल्यै योजना बनाउनुहोस् र धर्मको नाउँमा भइरहेका जम्मै खराब कुराहरूको अन्त हुनै लागेको छ भनेर सबै मानिसलाई बताउनुहोस्।