पुस्तिकाहरू प्रस्तुत गरेको सबैकहाँ पुनःभेटहरू गर्नुहोस्
१ प्रेरित पावलले फिलिप्पीको सराहना गर्नुभयो किनभने ‘तिनको निम्ति तिनीहरूको विचार तिनीहरूमा पह्लाएर आयो।’ (फिलि. ४:१०) हाम्रो सेवकाईमा तिनीहरूको नमुनालाई उदाहरणको रूपमा पछ्यायौं भने हामीले साक्षी दिनेहरूको लागि ‘हाम्रो विचार पह्लाउनेछ’ र पुनःभेट गर्न उत्साहित हुनेछौं।
२ तपाईंले “हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?” पुस्तिका प्रस्तुत गर्नुभएको थियो भने शायद यो भन्न सक्नुहुन्छ:
▪“तपाईंसित त्यस दिन गरेको छलफलबारे मैले सोचिरहेको थिएँ। मलाई याद भएको दुइटा शास्त्रपदहरू तपाईंलाई बताउन चाहन्छु। हामीले परमेश्वरले यस पृथ्वीमा शासन गर्नुहुनेछ भन्ने विषयमा अस्ति छलफल गरेको तपाईंलाई यादै होला। बाइबलमा यहोवा परमेश्वरले यो हुने नै छ भनेर प्रतिज्ञा गर्नुभएको छ। [दानियल २:४४ पढ्नुहोस्।] तपाईंलाई त्यो के साँच्चै हुनेछ भनेर विश्वास लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने आफ्नो क्षमताबारे के भन्नुभएको छ, सुन्नुहोस्। [यशैया ५५:११ पढ्नुहोस्।] के त्यसले हामीलाई परमेश्वरको राज्यमाथि विश्वास राख्न प्रोत्साहित गर्नु पर्दैन र? तर परमेश्वरले उहाँको प्रतिज्ञा कहिले पूरा गर्नुहुनेछ?” यस प्रश्नको जवाफ अर्को भेटमा दिनेछु भनेर बुझाउनुहोस्।
३ “ह्वेन सम्वान यु लभ डाइज” (तपाईंको प्रिय जनको मृत्यु हुँदा) पुस्तिका लिएको व्यक्तिकहाँ पुनःभेट गर्दा यो प्रस्तुति चलाउन सक्नुहुन्छ:
▪“प्रिय जनको मृत्युबारे हाम्रो छलफललाई सम्झेर तपाईंकहाँ फर्केर आउन मैले विशेष प्रयास गरेको छुँ।” पृष्ठ ३० को चित्र देखाउँदै भन्नुहोस्: “मानिसहरू पुनरुत्थान भएको र आफ्ना प्रिय जनहरूसित मिलेको यो दृश्य के तपाईंले सम्झनुभएको छ? मैले तपाईंलाई यो स्वर्ग वा पृथ्वीमा कहाँ हुनेछ भनेर प्रश्न सोधेको थिएँ। शायद तपाईंले बाइबलको जवाफ यस पुस्तिकाको पृष्ठ २६ मा भेटाउनुभयो होला।” तीनदेखि पाँच अनुच्छेदका मुख्य बुँदाहरू छलफल गर्नुहोस् र यूहन्ना ५:२१, २८, २९ पढ्नुहोस्। समयले भ्याएमा त्यस पृष्ठका बाँकी शास्त्रपदहरू पढ्नुहोस्।
४ के तपाईंले “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”-बाट अध्ययन सुरु गर्नुभएको थियो? पुनःभेटमा तपाईंले यसो भन्न सक्नुहुन्छ:
▪पुनः पृष्ठ ३० देखाउनुहोस् र यस प्रश्नलाई औंल्याउनुहोस्: “बाइबलको विशिष्टता के हो?” पृष्ठ ३ र ४ पल्टाउनुहोस् र अनुच्छेद १-४ को साथसाथै पुस्तिकाको आवरण चित्र पुनरावृत्ति गर्नुहोस्। पृष्ठ ४ को पादटिप्पणीमा उद्धृत एक दुइटा शास्त्रपदहरू पढ्नुहोस्। यस्तो अद्भुत आशा दिने पुस्तक बाइबल मात्रै हो भनेर बुझाउनुहोस्। अर्को भेटको निम्ति प्रबन्ध मिलाउनुहोस्। तेस्रो भेटपछि यदि अध्ययन कायम हुनेजस्तो देखिन्छ भने नयाँ अध्ययनको रिपोर्ट दिन सक्नुहुन्छ!
५ “द डिभाइन नेम द्यात विल इण्ड्योर फरेभर” (सधैंभिर रहिरहने ईश्वरीय नाउँ) पुस्तिकाबाट यसरी छलफल कायम गर्न सक्नुहुन्छ:
▪“अगिल्लो पटक मैले तपाईंलाई परमेश्वरको नाउँ बाइबलबाट देखाएको थिएँ। यहोवाको नाउँ थाह पाउनु र प्रयोग गर्नु हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो।” पृष्ठ ३१ पल्टाउनुहोस् र अन्तिम चार अनुच्छेदहरूका मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस् अनि यूहन्ना १७:३ तथा मीका ४:५ पढ्नुहोस्। सही तरिकामा परमेश्वरको नाउँ कसरी पवित्र तुल्याइनेछ र पार्थिव प्रमोदवनका आशिष्हरूको कसरी उपभोग गर्नसक्छौं भनेर देखाउन बाइबल अध्ययन कार्यक्रमको प्रबन्धबारे बुझाउनुहोस्।
६ अतः तपाईंले भेट्नुभएकाहरूको खातिर तपाईंको विचारलाई नवीकरण गर्नुहोस्। फर्केर जान अनवरत प्रयास गर्नुहोस् र अरूसित बाँड्न केही लाभकारी बुँदाहरू तयार गर्नुहोस्। तपाईं पनि नयाँ चेला बनाएर ‘साँच्चै फल फलाउने’ व्यक्तिहरूमध्ये एक हुन सक्नुहुन्छ।—मत्ती १३:२३.