परमेश्वरको वचनको शिक्षक हुनुहोस् —ठूला पुस्तिकाहरू चलाएर
१ यहोवाको प्रत्येक समर्पित सेवकले परमेश्वरको वचन अरूलाई सिकाउने जिम्मेवारी पाएको छ। यो जिम्मेवारीको गम्भीरता तब स्पष्ट हुन्छ जब हामीले “सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . सिकाओ” भनेर आज्ञा दिनुहुने व्यक्तिलाई चिन्छौं। उहाँमा नै स्वर्ग र पृथ्वीको सर्वोच्च अख्तियार निहित छ। (मत्ती २८:१८-२०) अतः सुसमाचारको प्रचार कार्यमा भाग लिन हामी शिक्षकहरू हुनु खाँचो छ।—२ तिमो. २:२.
२ अगस्त महिनामा हामीले ठूला पुस्तिकाहरू प्रस्तुत गर्दा आफ्ना शिक्षण कलाहरू चलाउन सक्छौं। हामीले त्यसका केही चाखलाग्दा शास्त्रीय विचारहरू छानेर वार्तालाप सुरु गर्न मदत दिने खालका एक दुइटा टिप्पणीहरू तयार गर्नसक्छौं।
३ “के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?” पुस्तिका प्रस्तुत गर्नुहुँदा यसो भन्न सक्नुहुन्छ:
▪“हामीले तपाईंका थुप्रै छिमेकीहरूलाई भेट्यौं। उहाँहरू अपराध, आतंकवाद र हिंसामा अचानक अत्यधिक वृद्धि भएकोले गर्दा चिन्तित हुनुहुन्छ। तपाईंको विचारमा यस्तो किन भएको होला? [जवाफ दिने मौका दिनुहोस्।] यस्ता कुराहरू हुनेछन् भनेर बाइबलले अगमवाणी गर्नु निकै चाखलाग्दो कुरा हो। [२ तिमोथी ३:१-३ पढ्नुहोस्।] हेर्नुहोस्, यी घटनाहरू ‘आखिरी दिनमा’ हुनेछन्। यसको अर्थ, केही कुराहरूको अन्त हुन लागेको छ। तपाईंलाई त्यो के हो जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। पृष्ठ २२ पल्टाउनुहोस् र त्यहाँ देखाइएको चित्रलाई औंल्याउनुहोस्। साथै त्यस पृष्ठमा उद्धरित एक दुइटा शास्त्रपदहरू छलफल गर्नुहोस्। यी आशिष्हरू नजीकै छन् भनेर विश्वास गर्नुको कारण बताउन पुनः भेट्ने प्रबन्ध मिलाउनुहोस्।
४ “जीवनको उद्देश्य के हो— तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?” पुस्तिका प्रस्तुत गर्दा यसरी वार्तालाप थाल्न सक्नुहुन्छ:
▪“धेरै मानिसहरूले जीवनमा साँचो उद्देश्य नभेटाएको महसुस गर्छन्। केहीले आंशिक सुख अनुभव गरे तापनि अधिकांश मानिसहरूको जीवन निराशा र दुःखैदुःखले भरिएका छन्। के हामीले त्यस्तै जीवन बिताओस् भनी परमेश्वरले चाहनु भएको होला र? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले देखाएअनुसार हामी यसप्रकारको संसारमा बाँचेको परमेश्वर चाहनुहुन्छ।” पृष्ठ २१ को चित्र देखाउनुहोस् अनि पृष्ठ २५ र २६ को अनुच्छेद ४-६ देखाएर उहाँको प्रतिज्ञाबारे वर्णन गर्नुहोस्। पुनः भेटमा छलफल गर्न यो प्रश्न सोध्नुहोस्: “परमेश्वरले यी प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर हामी कसरी निर्धक्क हुनसक्छौं?”
५ “पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!” पुस्तिका प्रस्तुत गर्न त्यसको आवरण पृष्ठहरू देखाउँदै यो प्रश्न सोध्न सक्नुहुन्छ:
▪“के तपाईं यहाँ देखाइएजस्तै आनन्दित मानिसहरू बसोबास गर्ने संसारमा बाँच्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरू यसै पृथ्वीमा सुखसित सधैंभरि बाँचेको उहाँ चाहनुहुन्छ भनी बाइबलले बताउँछ।” चित्र संख्या ४९ पल्टाउनुहोस् र त्यहाँ उद्धरित कुनै एउटा शास्त्रपद पढ्नुहोस्। त्यसपछि चित्र संख्या ५० देखाउनुहोस् र प्रमोदवनमा बाँच्न चाहन्छौं भने के गर्नुपर्छ भनेर बुझाउनुहोस्। येशू ख्रीष्टमाथि विश्वास राख्नुको महत्त्वबारे पुनः भेटमा छलफल गर्ने प्रस्ताव राख्नुहोस्।
६ हामीले ‘आफ्नो शिक्षाको विषयमा होशियार रहेर प्रगति प्रकट’ गऱ्यौं भने यहोवा रमाउनुहुन्छ। (१ तिमो. ४:१५, १६) “शुभ समाचार” सुन्न तिर्सना गर्नेहरूलाई सहयोग गर्न हाम्रा ठूला पुस्तिकाहरू साँच्चै मदतकारी साबित हुनसक्छन्।—यशै. ५२:७.