सफल पुनः भेटहरू गर्न प्रभावकारी शिक्षण चाहिन्छ
१ पुनः भेटहरू हाम्रो सेवकाईको महत्त्वपूर्ण तथा आनन्दमय भाग हुन्। हामी जिज्ञासुहरूकहाँ फर्केर जान किन लगनशील हुनुपर्छ? यस चेला बनाउने कार्यद्वारा यहोवाको नाउँबारे जानकारी दिइन्छ र उहाँको नाउँको आदर हुन्छ। साथै ईश्वरभीरु मानिसहरूले जीवनको मार्ग भेटाउन मदत पाउँछन्। (२ कोरि. २:१७–३:३) त्यसमा यहोवाको नाउँको पवित्रीकरण र अरूको जीवन मुछिएको छ भनेर हामीले बुझेका छौं। अतः मानिसहरूकहाँ फर्केर जानुअघि राम्ररी तयारी गर्न प्रेरित गर्नुपर्ने हो।
२ राम्रो शिक्षकले विद्यार्थीको जगलाई अझ बलियो पार्न मदत दिनेछ। स्कूलका एक शिक्षकले दिनानुदिन विद्यार्थीको ज्ञानलाई बढाउँछ। त्यसरी नै हामीले प्रायजसो प्रारम्भिक भेटमा छलफल गरेको विषयमा नै थप टिप्पणीहरू गर्नुपर्छ। यसो गर्दा निरन्तरता र प्रगतिशील सोचाइको विकास हुन्छ।
३ “के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?” ठूलो पुस्तिका प्रस्तुत गर्नुभएको ठाउँमा पुनः जाँदै हुनुहुन्छ भने यसो भन्नु प्रभावकारी हुनसक्छ:
▪“यसअघिको भेटमा हामीले बाइबलमा उल्लिखित ‘आखिरी दिन’ र त्यसको अर्थबारे छलफल गरेका थियौं। हामी आखिरी दिनमा बाँचिरहेको कुरा कसरी थाह भयो भनी तपाईं सोच्नु होला। (२ तिमो. ३:१) येशूका चेलाहरू त्यस प्रश्नको जवाफ पाउन उत्सुक थिए। [मत्ती २४:३ पढ्नुहोस्।] येशूले त्यसको जवाफमा हामीले अहिले देखिरहेका परिस्थितिहरू वर्णन गर्नुभयो। यसमा हामीले पहिले कहिल्यै नदेखेको विपद् तथा हिंसा समावेश छन्।” पृष्ठ १९ को अनुच्छेद ३ र ४ मा वर्णित त्यस चिन्हको एउटा पक्षलाई देखाउनुहोस्। तिनको प्रतिक्रिया अनुकूल छ भने पृष्ठ २० को अनुच्छेद ५ देखि ८ मा त्यस चिन्हका अन्य पक्षहरू देखाउनुहोस्। पुस्तिकाको आवरण पृष्ठका प्रश्नहरूको जवाफ दिन फेरि कुरा गर्ने प्रस्ताव राख्नुहोस्।
४ “जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?” ठूलो पुस्तिका दिनुभएको ठाउँमा यसो भन्न सक्नुहुन्छ:
▪“हामी बाँच्नुको उद्देश्यबारे वार्तालाप कायम गर्न म उत्सुक थिएँ। मलाई लाग्छ, परमेश्वरले हामी मानवजाति अहिलेको जस्तो गोलमालमा होइन तर आनन्द र शान्तमय परिस्थितिमा बाँचेको चाहनुहुन्छ भनेर हामी दुवै सहमत छौं। के तपाईंलाई उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। यशैया ५५:११ पढ्नुहोस् र त्यसपछि पृष्ठ ३० को अनुच्छेद २५ देखि २७ का बुँदाहरू छलफल गर्नुहोस्। व्यक्तिगत बाइबल अध्ययन नै जीवनमा अर्थपूर्ण उद्देश्य प्राप्त गर्ने सर्वोत्तम तरिका हो भनेर सुझाव दिनुहोस्।
५ “पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!” ठूलो पुस्तिकाप्रति चासो देखाएको ठाउँमा पुनः जानुहुँदा त्यसलाई फेरि देखाएर यसो भन्न सक्नुहुन्छ:
▪“हामीले यस पुस्तिकाको आवरण पृष्ठमा चित्रण गरिएको सुन्दर संसारबारे कुरा गरेका थियौं। यहाँ बस्न चाहने मानिसहरूले येशू ख्रीष्टमाथि विश्वास राख्नु किन त्यतिको महत्त्वपूर्ण छ भनेर म तपाईंलाई बताउन चाहन्छु।” चित्र संख्या ४१ देखाउनुहोस् र यशैया ९:६ पढ्नुहोस्। पृष्ठ ६२ देखाउँदै यूहन्ना ३:१६ पढ्नुहोस् र आज्ञाकारी हुनुको महत्त्वमाथि जोड दिनुहोस्। यहोवाका साक्षीहरूले बाइबल अध्ययनका साथै त्यसका सल्लाहअनुरूप जीवन बिताउने तरिका सिक्न मदत दिएर विश्वास राख्न सिकाइरहेका छन् भनेर बुझाउनुहोस्।
६ प्रत्येक पुनः भेटपछि आफू अझ बढी प्रभावकारी हुने उद्देश्यले त्यसलाई विश्लेषण गर्नुहोस्। आफैलाई प्रश्न गर्नुहोस्: के मसित उनलाई बताउने निश्चित कुरा थियो? के मैले बाइबलतर्फ ध्यानाकर्षण गरें? के मैले प्रारम्भिक भेटमा बसालेको जगलाई बढाएँ? के मेरो प्रस्तुति बाइबल अध्ययन गर्न डोऱ्याउने खालको थियो? यी प्रश्नहरूका सकारात्मक जवाफले तपाईं परमेश्वरको वचनको असल शिक्षक हुन यत्न गर्दै हुनुहुन्छ भन्ने आश्वासन दिन्छ।