प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 नोभेम्बर p. १
  • सभामा नियमित उपस्थिति —दृढ हुन अत्यावश्‍यक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सभामा नियमित उपस्थिति —दृढ हुन अत्यावश्‍यक
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले सिकाउँछ—बाइबल अध्ययन गराउने मुख्य पुस्तक
    हाम्रो राज्य सेवकाई—२००६
  • मानवजातिलाई परमेश्‍वरको ज्ञान चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९६
  • जीवनतर्फ डोऱ्‍याउने सही ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 नोभेम्बर p. १

सभामा नियमित उपस्थिति —दृढ हुन अत्यावश्‍यक

१ प्रेरित पावलले हामीलाई “विश्‍वासमा पक्का” हुन आग्रह गरे। (तित. १:९, १३) मण्डलीका सभाहरूबाट हामीले स्वच्छ विचारहरूमा ध्यान दिन र “शैतानका युक्‍तिहरूका विरूद्धमा खडा हुन सक्नालाई” कसरी सम्पूर्ण आध्यात्मिक हातहतियार धारण गर्ने त्यो निर्देशन पाउँछौं।—एफि. ६:११; फिलि. ४:८.

२ हामीलाई चाहिने कुराको प्रबन्ध सभाहरूले गर्छ: दृढ हुने हो भने मण्डलीका सभाहरूमा नियमित तवरले उपस्थित हुनु अत्यावश्‍यक छ। (१ कोरि. १६:१३) सभाहरूमा परमेश्‍वरलाई धन्यवाद दिन र उहाँको प्रशंसा गर्न प्रार्थना गरिन्छ। यसको अतिरिक्‍त मण्डली र त्यसका आवश्‍यकताहरूका लागि पनि अन्तरबिन्ती गरिन्छ। (फिलि. ४:६, ७) यहोवाको उपासना गर्न राज्य गीतहरू गाउँदा, त्यसले हामीलाई उत्साहित गराउनुको साथै हाम्रा भावनाहरू प्रकट गर्नसक्ने बनाउँछ। (एफि. ५:१९, २०) सभाहरू अघि र पछि राज्य भवनमा गरिने संगतिले हामीलाई प्रोत्साहन दिन्छ, प्रगति गराउँछ र स्फूर्ति प्रदान गर्छ।—१ थिस्स. ५:११.

३ गत अप्रिल महिना “झूटा धर्मको अन्त नजीकै छ” शीर्षक भएको विशेष भाषणले सत्यका प्रेमीहरूको हृदयमा महान्‌ बेबिलोनबाट तत्कालै निस्केर आउन अबिलम्बी हुनुपर्ने गहिरो छाप पारेको थियो। (प्रका. १८:४) धर्मीको मार्ग उज्यालो पार्ने ज्योतिका चमकहरू जून र जुलाई महिनाका तीनवटा प्रहरीधरहरा-का अध्ययन लेखहरूले प्रदान गरेको थियो। (हितो. ४:१८) ती लेखहरू पढ्‌न पाउँदा हामी कत्ति प्रोत्साहित भयौं! ती सभाहरूमा उपस्थित हुन आनाकानी गरेको भए के गुमाउने थियौं, विचार गर्नुहोस्‌ त।

४ सम्पूर्ण मण्डलीको लागि कहिल्यै नटुंगिने शैक्षिक प्रबन्ध ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला हो भनी अर्गनाइज टु अकम्प्लिश आवर मिनिस्ट्री-को (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पृष्ठ ७२ ले औंल्याएको छ। हालै, अंग्रेजीभाषी तालिकामा चलाइने प्रोक्लेमर्स्‌ (उद्‌घोषकहरू) पुस्तकले संगठनको आधुनिक इतिहास अझ राम्ररी बुझ्ने मदत दिन्छ। शिक्षा प्राप्त गर्ने यस्तो मौका हामी कुनै पनि हालतमा गुमाउन चाहँदैनौं।

५ हाम्रो सेवकाईमा अझ प्रभावकारी हुन हामीलाई सेवकाई सभाले तयार पार्छ। राज्य समाचार नं. ३४ को व्यापक वितरणमा भाग लिने निर्देशन दिइएको सभालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ। ठाउँ ठाउँबाट प्राप्त असाधारण नतिजाले यस कार्यमा यहोवाले प्रचुर मात्रामा आशिष्‌ दिनुभएको प्रमाण पाउँछौं। (२ कोरिन्थी ९:६, ७ तुलना गर्नुहोस्‌।) त्यतिबेला सभाहरूमा नियमित तवरले उपस्थित हुनेहरूलाई प्रोत्साहन दिइयो र तिनीहरूले यो अभियानलाई कायमै राख्न मदत गरे।

६ मण्डली पुस्तक अध्ययनमा हामीलाई प्रकाश चरमोत्कर्ष पुस्तकले परमेश्‍वरको वचन बुझ्ने मदत दिन्छ। फलतः हामी अझ अबिलम्बी हुन्छौं। संसारको रंगमञ्चमा शीघ्र परिवर्तन भइरहेका घटनाहरूले गर्दा प्रकाशका गहिरा भविष्यवाणीहरूको पूर्ति बुझ्नु आवश्‍यक छ।

७ सभाहरूमा नियमित तवरले उपस्थित हुन प्राथमिकता दिनुहोस्‌: धेरैजसो मुलुकमा सतावट भोगिरहेका हाम्रा भाइहरूले प्रत्येक हप्ता एकसाथ भेला हुनु कतिको खाँचो छ भन्‍ने आवश्‍यकतालाई बुझेका छन्‌। उदाहरणको लागि, बुरूण्डी, रूवाण्डा, लाइबेरिया र बोस्निया हर्जगोभिनाका मण्डलीहरूमा उपस्थित हुने नयाँ व्यक्‍तिहरूको संख्या प्रकाशकहरूको संख्याभन्दा दुइ वा तीन गुना बढी हुन्छ। यसप्रकार भाइहरूलाई एकै आत्मामा दृढ हुन यहोवाले मदत दिनुहुन्छ।—फिलि. १:२७; हिब्रू १०:२३-२५.

८ सभाहरूमा नियमित तवरले उपस्थित हुन हेलचक्य्राइँ गरिरहेकाहरूले त्यस्तो झुकावमा काँटछाँट गर्न आवश्‍यक कदम उठाइहाल्नुपर्छ। (उप. ४:९-१२) दृढ भएर बस्न हामीले परिपक्व व्यक्‍तिहरूसित आपसी प्रोत्साहन आदान प्रदान गर्नुपर्छ। यो हामी सभाहरूमा नियमित तवरले उपस्थित भयौं भने पाउनेछौं।—रोमी १:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने