प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 नोभेम्बर p. ८
  • बाइबलको मूल्यांकन गर्न अरूलाई मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलको मूल्यांकन गर्न अरूलाई मदत गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • चासो भेटाउनु भएको ठाउँमा फेरि जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • ‘आफ्नो युवावस्थामा सृष्टिकर्ताको सम्झना गर्न’ जवानहरूलाई मदत दिने
    हाम्रो राज्य सेवकाई—१९९५
  • तिनीहरूलाई बुझ्न मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 नोभेम्बर p. ८

बाइबलको मूल्यांकन गर्न अरूलाई मदत गर्नुहोस्‌

१ येशूले आफ्ना चेलाहरूको आवश्‍यकता पूरा गर्नुभयो। लूका २४:४५ ले यस्तो रिपोर्ट दिन्छ: “धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।” आफ्नो पिताको अनुमोदन पाउन तिनीहरूले परमेश्‍वरको वचन बाइबल पढ्‌नु र बुझ्नु आवश्‍यक थियो भनेर येशूलाई थाह थियो। (भज. १:१, २) हाम्रो प्रचार कार्यको उद्देश्‍य पनि यही हो। ‘येशूले दिनुभएका सबै आज्ञा पालन गर्न सक्नेहरूलाई सिकाउन’ हामीले बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेका छौं। (मत्ती २८:२०) यसलाई मनमा राख्दै पुनःभेट गर्दा कस्ता सुझावहरू मदतकारी हुन्छन्‌, तल उल्लेख गरिएको छ।

२ प्रथम भेटमा द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌? (बाइबल—परमेश्‍वरको वचन वा मानिसको?) छलफल गर्नुभएको थियो भने यसप्रकार छलफल जारी राख्न सक्नुहुन्छ:

▪“म तपाईंलाई बाइबलमा पाइने सल्लाहको व्यवहारिक मूल्य प्रष्ट बुझाउने थप कुराहरू देखाउन चाहन्छु। धेरैजसो मानिसहरू अरूसित मिलेर बस्न सक्‍तैनन्‌, त्यो त तपाईंलाई थाहै होला। अब, वरपरका मानिसहरूसित राम्रो सम्बन्ध कायम गर्न हामी के गर्नसक्छौं? [जवाफ पाएपछि पृष्ठ १६७-८, अनुच्छेद १५ पल्टाउनुहोस्‌ र मत्ती ७:१२ पढ्‌नुहोस्‌। अनि अनुच्छेद १६ मा व्यक्‍त गरिएको विचार थप्नुहोस्‌।] यो बाइबलको सल्लाहमा पाइने बुद्धिको अर्को नमुना हो। विवाहित दम्पतीलाई आफ्नो वैवाहिक सम्बन्धबाट भरपूर आनन्द उठाउन बाइबलले दिने सुझाव आगामी हप्ता तपाईंलाई देखाउनेछु।” फेरि आउँदा पृष्ठ १७०-२ बाट आनन्दित परिवारको लागि बाइबलले दिने सल्लाह छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

३ बाइबलप्रति चासो देखाउने व्यक्‍तिसित कुरा गर्नुभएको थियो भने अध्ययन सुरु गर्न यो प्रस्तुति प्रभावकारी हुनसक्छ:

▪“तपाईंले मानिसहरूलाई सोध्नुभयो भने सबैले शान्तिमय सुरक्षित संसारमा जीवन बिताउने इच्छा प्रकट गर्नेछन्‌। यदि सबैले यस्तै इच्छा गर्छन्‌ भने संसारमा यति बिध्न गोलमाल र हिंसा किन भइरहेछ? [जवाफ दिने मौका दिनुहोस्‌।] यस प्रश्‍नको उत्तर बाइबलमा कहाँ पाइन्छ न्यु वर्ल्ड ट्रान्सलेशन-ले (नयाँ विश्‍व अनुवाद) देखाउँछ।” पृष्ठ १६५९ पल्टाउनुहोस्‌ र “बाइबल टपिक्स्‌ फर डिस्कशन” (छलफलका लागि बाइबलका विषयहरू) नं ४३ए बाट “संसारमा भइरहेका कष्टको लागि को जिम्मेवार छ” भन्‍ने विषय देखाउनुहोस्‌। २ कोरिन्थी ४:४ पढ्‌नुहोस्‌। परमेश्‍वरले दियाबललाई नाश गरेर संसारमा चिरकालीन शान्ति र सुरक्षा कसरी ल्याउनुहुनेछ व्याख्या गर्नुहोस्‌। प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌। त्यसपछि “कष्टरहित संसारको आशा किन गर्न सक्नुहुन्छ, अर्को भेटमा बताउनेछु” भन्‍न सक्नुहुन्छ।

४ घरधनीले १९२ पृष्ठ भएका कुनै एउटा पुरानो पुस्तक लिएको भए फेरि जाँदा यस्तै केही भन्‍न सक्नुहुन्छ:

▪“हाम्रो पछिल्लो भेटमा हामीले बाइबल अध्ययन गर्नु लाभदायक छ भन्‍नेबारे केही कारणहरू छलफल गरेका थियौं। अझ धेरै अध्ययन गर्ने निष्कपट प्रयास गऱ्‍यौं भने परमेश्‍वरले हाम्रोनिम्ति साँचेर राख्नुभएको कुराको मूल्यांकन गर्न मदत मिल्छ। [यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌।] परमेश्‍वरले हामीसित गर्नुभएको प्रतिज्ञा र उहाँलाई कसरी खुशी तुल्याउने भन्‍नेबारे हजारौंलाई अझ धेरै कुराहरू सिक्न मदत दिने एउटा अध्ययन कार्यक्रम हामीले तयार पारेका छौं।” घरधनीले स्वीकारेको प्रकाशनको विषय-सूची पुनरावृत्ति गर्नुहोस्‌ र हामी बाइबल अध्ययन कसरी सञ्चालन गर्छौं, प्रदर्शन गर्नुहोस्‌।

५ परमेश्‍वरको वचनको सर्वश्रेष्ठ मूल्य मूल्यांकन गर्न निष्कपट मानिसहरूलाई मदत दिनसक्नुभयो भने तपाईंले तिनीहरूलाई यथासम्भव सर्वोत्तम तरिकामा मदत गर्नुभएको ठहर्नेछ। तिनीहरूले परमेश्‍वरको वचन अध्ययन गरेर पाउनसक्ने बुद्धि तिनीहरूलाई प्रचुर मात्रामा आनन्द प्रदान गर्ने “जीवनको सहारा” हुनसक्छ।—हितो. ३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने