प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 डिसेम्बर p. ८
  • सही ज्ञान बाँड्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही ज्ञान बाँड्‌नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • “अनन्त जीवन यही [हो]”
    हाम्रो राज्य सेवकाई—१९९६
  • अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान फैलाउने
    हाम्रो राज्य सेवकाई—१९९६
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 डिसेम्बर p. ८

सही ज्ञान बाँड्‌नुहोस्‌

१ डिसेम्बर महिनाको दौडान क्षेत्र सेवकाईमा हामी आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नेछौं। सामयिक बाइबल छलफल सुरु गर्न तपाईंले के भन्‍नुहुनेछ र यो अत्युत्तम प्रकाशन कसरी प्रस्तुत गर्नुहुनेछ?

२ हाम्रा पर्चाहरू प्रयोग गर्ने: केही प्रकाशकहरू साहित्य प्रस्तुत गर्नुअगावै पर्चा प्रयोग गरेर मानिसको चासो जगाउन सफल भएका छन्‌। यसो गर्न हामीले कस्तो मदत पाउनसक्छौं? के यो संसार रहिरहनेछ? पर्चा प्रस्तुत गरेर।

बाइबलमा विश्‍वास गर्ने व्यक्‍तिलाई यसो भन्‍न सक्नुहुन्छ:

▪ “आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष येशू ख्रीष्ट हुनुहुन्थ्यो भनी सहमत हुनुहुन्छ कि हुनुहुन्‍न भनेर हामी मानिसहरूलाई सोध्दैछौं। [जवाफ दिन समय दिनुहोस्‌।] वास्तवमा धेरै व्यक्‍तिहरूले मानिसहरूको जीवनमा असर गरेका छन्‌। कसै कसैले मानवजातिको उन्‍नति गर्न योगदान पुऱ्‍याएका छन्‌ तर येशू ख्रीष्टलाई कुन कुराले अरूभन्दा भिन्दै तुल्यायो यसो विचार गर्नुहोस्‌। [यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌।] मानवजातिलाई अनन्त जीवन दिनसक्ने शक्‍ति अरू कसैसित छैन। [पर्चाको पृष्ठ ३ पल्टाउनुहोस्‌।] येशू यस पृथ्वीमा हुनुहुँदा उहाँले संसारको अन्त हुनुअघि हुने घटनाहरू व्याख्या गर्नुभयो। साथै उहाँले आफ्ना चेलाहरूलाई आनन्दित हुने प्रोत्साहन पनि दिनुभयो किनभने यी घटनाहरूको अर्थ छुट्‌कारा नजीकै हुनेथियो।” ख्रीष्टको उपस्थितिका केही चिन्हहरू छोटकरीमा छलफल गरिसक्नु भएपछि उहाँको राज्यले ल्याउने केही आशिष्‌हरू देखाउन पछिल्लो पृष्ठमा ध्यानाकर्षण गर्नुहोस्‌।

३ एक जवान प्रकाशक वा नयाँ अथवा अनुभवविहीन व्यक्‍तिले पर्चाका चित्रहरू देखाएर कुराकानी थाल्नसक्छन्‌।

बाइबलमा विश्‍वास नगर्ने व्यक्‍तिसित कुरा गर्दा प्रकाशकले “के यो संसार रहिरहनेछ?” पर्चाको पृष्ठ ३ र ४ पल्टाएर यसो भन्‍नसक्छन्‌:

▪ “यी दुइटा चित्रहरू हेर्नुहोस्‌ त। यहाँ एउटा हवाइजहाजले युद्धमा बमहरू खसालिरहेको छ र यता चाहिं एउटा बच्चा भोकाइरहेको छ। [पृष्ठ ५ पल्टाउनुहोस्‌।] भैंचालो गएको र अस्पतालको शैय्यामा लडिरहेको यो रोगीको चित्रहरू हेर्नुहोस्‌। [एकछिन रोकिनुहोस्‌।] यी डरलाग्दा घटनाहरू चाँडै अन्त हुनेछन्‌ भनेर बाइबलले देखाउँछ।”

४ त्यसपछि तपाईंले प्रकाश २१:३, ४ बाइबलैबाट अथवा पर्चाको पृष्ठ ६ मा गरिएको उद्धरण पढ्‌न सक्नुहुन्छ। त्यस व्यक्‍तिले देखाएको चासोको आधारमा थप जानकारीहरू प्रष्ट्याउन सक्नुहुन्छ। त्यसपछि महान पुरुष वा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमध्ये उपयुक्‍त पुस्तक प्रस्तुत गर्नुहोस्‌। अनि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकका पृष्ठहरू १५०-१५३ र १५६-१६२ मा भएका चित्रहरू देखाएर वर्तमान परिस्थिति विपरीत परमेश्‍वरको राज्यमा हुने परिस्थिति तुलना गरेर देखाउन सक्नुहुन्छ।

५ पुनःभेटको लागि आधार तयार पार्नुहोस्‌: हामीले पर्चा, महान पुरुष पुस्तक वा अन्य प्रकाशनहरू छोडेका थियौं अथवा रमाइलो वार्तालाप मात्र गरेका थियौं भने पनि यसो भन्‍नसक्छौं: “अर्को चोटि आउँदा म तपाईंलाई परमेश्‍वरको राज्यले चाँडै ल्याउन लागेका परिवर्तनबारे रोचक तथ्यहरू बताउनेछु।” यो पुनःभेट र त्यसप्रति देखाइएको चासोबारे राम्ररी टिपोट लेख्नुहोस्‌।

६ राज्यले मात्रै मानवजातिलाई साँचो आशा प्रदान गर्छ। त्यसकारण हामीले भेटेजति सबैसित “परमेश्‍वरको रहस्य, अर्थात्‌ ख्रीष्टलाई चिनून्‌ [ख्रीष्टबारे सही ज्ञान, न्युव]” बाँड्‌ने हाम्रो उत्कट इच्छा प्रकट गरौं।—कल. २:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने