विवेकी भई चासोलाई कायम राख्नुहोस्
१ हाम्रो समाचारप्रति चासो देखाएकाहरूमध्ये कोही कोही डिसेम्बर महिनामा बिदा मनाउन व्यस्त हुनेछन्। कतिपय भने आफ्नो दिनचर्यामा सधैं व्यस्त देखिन्छन्। तसर्थ, चासो जगाउन पुनःभेट गर्दा विवेकी हुनु आवश्यक छ र साथै घरधनीले लामो वार्तालाप गर्ने इच्छा व्यक्त नगरेमा भन्नुपर्ने कुरा सोझैं भन्न तयार हुनुपर्छ।
२ के भन्ने हो पहिले नै सोच्नुहोस्: हामीले भन्न खोजेको कुरा मनमा सधैं प्रष्ट हुनुपर्छ। यसको अर्थ अघिल्लो भेटको टिपोट हेर्नु र छलफल गरिएका बुँदाहरूका साथै घरधनीले सोधेको कुनै पनि अनुत्तरित प्रश्न सम्झनुपर्छ।
३ येशूमा विश्वास प्रकट गर्छु भनी दाबी गर्ने व्यक्तिसित पुनःभेट गर्दा हामी यसो भन्नसक्छौं:
▪ “अधिकांश मानिसहरू यो महिनामा ख्रीष्टको जन्मबारे सोचिरहेका हुन्छन्। अघिल्लो भेटमा मैले येशू ख्रीष्ट एक विशिष्ट व्यक्ति हुनुहुन्छ भनेर बताएको थिएँ। येशू बेतलेहेममा जन्मिनुहुनेछ भनी बाइबलमा ७०० वर्षअघि गरेको भविष्यवाणी के तपाईंलाई थाह छ?” जवाफ दिने मौका दिनुहोस्। अनि मीका ५:२ पढेपछि तपाईं यसो भन्न सक्नुहुन्छ: “यो भविष्यवाणी अचम्मलाग्दो छ, हैन त? बाइबलको यो एउटा रोचक तथ्य हो। तर हाम्रो समयको लागि गरिएका भविष्यवाणीहरू पनि पूरा भइरहेका छन् भनेर के तपाईंलाई थाह छ?” उनीसित समय छ भने वार्तालापलाई हामी कायमै राख्नसक्छौं अथवा व्यस्त छन् भने, यस विषयमा थप छलफल गर्न फेरि आउनेछु भन्नसक्छौं।
४ बाइबलसम्बन्धी ज्ञान नभएको तर “के यो संसार रहिरहनेछ?” पर्चा लिएको व्यक्तिलाई हामी यसो भन्नसक्छौं:
▪ “यहाँ पृष्ठ ४ मा ‘चिन्ह’ उपशीर्षकअन्तर्गत के लेखिएको छ, यसो ध्यान दिनुहोस्। यी चाखलाग्दा कुराहरू येशूले वर्तमान संसारको अन्तिम दिनहरूबारे भन्नुभएका भविष्यवाणीहरूसित सम्बन्धित छन्। [घरधनीसित दुइ तीन भविष्यवाणीहरू छलफल गर्नुहोस्।] यी भविष्यवाणीहरू आज हाम्रै समयमा पूरा भइरहेका छन् जस्तो के तपाईंलाई लाग्दैन?” त्यसपछि तपाईंले घरधनीलाई सधैंभरि बाँच्न सक्नु हुन्छ अथवा महान पुरुष पुस्तक लिन आग्रह गर्न सक्नुहुन्छ। येशूले दिनुभएका चिन्हको विस्तृत विवरण सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको अध्याय १८ अथवा महान पुरुष पुस्तकको अध्याय १११ ले कसरी दिन्छ, देखाउनुहोस्।
५ गृह बाइबल अध्ययनको प्रस्ताव राख्ने: घरधनीसित महान पुरुष पुस्तक छोडेका छौं वा तिनले एक प्रति पहिले नै लिएका छन् भने अध्याय १११ चलाएर गृह बाइबल अध्ययन गर्ने तरिका देखाउनु बेस हुनेछ। हामीले मण्डली पुस्तक अध्ययन सञ्चालन गरिने तरिका अपनाउनसक्छौं। अध्ययनमा उन्नति भएदेखिन् कुनै एउटा ठूलो पुस्तिका वा सोझै सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउनसक्छौं।
६ चासो दिएकाहरू सबैसित पुनःभेट गर्न सधैं तयार होऔं। विवेकी हुँदै प्रत्येक वार्तालापको अन्तमा चाखलाग्दा प्रश्नहरू सोधेर पुनःभेटको लागि बाटो तयार पार्न सधैं प्रयत्न गर्नुपर्छ। यसो गऱ्यौं भने “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” हुन मदत मिल्नेछ।—२ तिमो. ३:१७.