प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 मे p. ८
  • सत्यबारे बोलिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्यबारे बोलिरहनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • केहीलाई बचाउन पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • “विश्‍वास सुनाइबाट . . . आउँछ”
    हाम्रो राज्य सेवकाई—१९९६
  • साँचो परमेश्‍वरको ज्ञानले जीवनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—१९९६
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 मे p. ८

सत्यबारे बोलिरहनुहोस्‌

१ प्रेरितहरूले यस्तो घोषणा गरे: “हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍तैसक्‍तैनौं।” (प्रे. ४:२०) हामीले पनि अहिले सत्यबारे बोलिरहनुपर्छ। प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को वितरण, सुन्‍न चाहने व्यक्‍तिहरू भेटाउने माध्यम भए तापनि जिज्ञासु व्यक्‍तिहरूलाई सत्यबारे अझ बढी सिकाउन तिनीहरूकहाँ फर्केर जानैपर्छ। हालैका अंकहरू स्वीकारेका केही व्यक्‍तिहरूसित त्यसो गर्ने केही तरिकाहरू यसप्रकार छन्‌:

२ “जब युद्धहरू हुनेछैनन्‌” शीर्षक भएको अप्रिल “ब्यूँझनुहोस्‌!”-को (अंग्रेजी) विशेष अंक दिनुभएको ठाउँमा बाइबल अध्ययन गर्ने प्रस्ताव यसरी राख्न सक्नुहुन्छ:

▪“अघिल्लो पटक, हामीले राष्ट्रहरूबीच युद्ध र त्यसमा धर्मको सहभागिताबारे कुरा गरेका थियौं। बाइबलले हामी बाँचिरहेको समयलाई आखिरी दिन भन्छ र त्यस्ता घटनाहरूले यसलाई स्पष्टसित प्रमाणित गर्छ भनेर के तपाईंले बुझ्नुभएको थियो? [ज्ञान पुस्तक देखाउनुहोस्‌। अध्याय ११ को पहिलो अनुच्छेद पढ्‌नुहोस्‌ र पृष्ठ १०२ को पेटी प्रकाश पार्नुहोस्‌।] यस पुस्तकले यो विषयको साथै यहाँ विषयसूचीमा देखाइएअनुसार अन्य १८ वटा विषयहरूलाई बुझाउँछ। [पृष्ठ ३ देखाउनुहोस्‌।] मिल्छ भने, बाइबलका यी महत्त्वपूर्ण विषयहरू बुझ्न यो पुस्तकले कसरी मदत गर्नेछ, त्यो देखाउन चाहन्छु।” अनुमति दिएमा पृष्ठ ६ बाट अध्ययन थाल्नुहोस्‌।

३ अहिले सुरक्षित जीवनको आनन्द उठाउन कसरी सम्भव छ भनी देखाउन तपाईंले फेरि आउने प्रतिज्ञा गर्नुभएको भए यसो भन्‍न सक्नुहुन्छ:

▪“पहिलो चोटि भेट्‌दा हामीले मानिसको भविष्यबारे आशावादी हुन कारण दिने बाइबलको एउटा परिच्छेद पढेका थियौं। आज भने, अहिल्यै हामीलाई सुरक्षित महसुस गराउनुहुने व्यक्‍ति को हुनुहुन्छ भनेर देखाउन चाहन्छु।” भजन ४:८ पढ्‌नुहोस्‌। ज्ञान पुस्तकमा पृष्ठ १६८ पल्टाएर अनुच्छेद १९ पढ्‌नुहोस्‌। त्यसपछि सोध्नुहोस्‌: “आफ्नो जीवनमा यस्तो सुरक्षा कसरी प्राप्त गर्न सक्नुहुन्छ भनी बुझ्न के तपाईं निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ?” सकारात्मक जवाफ दिएमा अध्याय १ पल्टाउनुहोस्‌।

४ मे २२ ब्यूँझनुहोस्‌! (अंग्रेजी) दिनुभएका व्यक्‍तिहरूलाई आफ्नो पत्रिका रूटमा थप्न तपाईंले यसरी कुरा थाल्न सक्नुहुन्छ:

▪“कार्यस्थलमा अश्‍लील व्यवहारबाट हैरान पारिएकाहरूसम्बन्धी लेख भएको ब्यूँझनुहोस्‌! मैले तपाईंलाई दिएको थिएँ र त्यो पढ्‌न तपाईं असाध्यै उत्सुक देखिनुहुन्थ्यो। के तपाईंलाई त्यो विषयवस्तु चाखलाग्दो लाग्यो? [जवाफ दिने मौका दिनुहोस्‌।] ब्यूँझनुहोस!-ले त्यस्ता महत्त्वपूर्ण विषयहरूमा निष्पक्ष तथा विस्तृत विवरण दिने हुनाले यो पत्रिकाका नियमित पाठकहरूले प्रायजसो मूल्यांकन व्यक्‍त गर्छन्‌। मेरो विचारमा यस नवीनतम अंक पनि तपाईंलाई त्यस्तै लाग्नेछ। [मुख्य लेखबारे छोटकरीमा बताउनुहोस्‌।] के तपाईं यो पढ्‌न चाहनुहुन्छ?”

५ पुनःभेट गर्नुहुँदा यसो भनेर अध्ययन गर्ने प्रस्ताव सोझै राख्न सक्नुहुन्छ:

▪“बाइबलले सिकाउने कुराहरूबारे मानिसहरूलाई जानकारी दिन हामी संसारभरि यी पत्रिकाहरू वितरण गर्छौं। मानिसहरू आफूले सिक्ने कुराको मोल गर्छन्‌ भने हामी निश्‍शुल्क गृह बाइबल अध्ययन गर्ने प्रस्ताव राख्छौं। [प्रहरीधरहरा-को अन्तिम पृष्ठमा ‘तपाईंकहाँ पनि कोही आएको के तपाईं मन पराउनुहुन्छ?’ भन्‍ने पेटी देखाउनुहोस्‌।] हामी मार्गनिर्देशकको रूपमा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने यो पुस्तक चलाउँछौं। अध्ययन कसरी सञ्चालन गरिन्छ, म छोटकरीमा देखाउन चाहन्छु।”

६ हामीले सत्यबारे बोलिरह्‍यौं भने हाम्रो कुरा सुन्‍ने र सकारात्मक प्रतिक्रिया व्यक्‍त गर्ने मानिसहरू भेटाउनेछौं भनेर निश्‍चित हुनसक्छौं।—मर्कू. ४:२०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने