प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अप्रिल p. ८
  • आफ्नो तालिका मिलाउन सक्नुहुन्छ कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो तालिका मिलाउन सक्नुहुन्छ कि?
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१२
  • के तपाईंले सन्ध्याकालीन साक्षी दिने प्रयास गर्नुभएको छ?
    हाम्रो राज्य सेवकाई—१९९६
  • योग्य जनलाई खोज्ने
    हाम्रो राज्य सेवकाई—२००३
  • प्रचारकार्यमा आफ्नो समयको पूर्ण सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 अप्रिल p. ८

आफ्नो तालिका मिलाउन सक्नुहुन्छ कि?

१ प्रचार गर्न हामीले किन आफ्नो तालिका मिलाउनुपर्छ?

१ हामी साँचो मसीहीहरूले “मानिसहरूका जलाहारी” हुने निम्तो स्वीकारेका छौं। (मत्ती ४:१९) जसरी जलाहारीले माछा भएको ठाउँमा जाल हान्छ र थप्रै माछा पक्रन्छ, त्यस्तै गरी हामीले पनि मानिस भेटिने समयमा प्रचार गऱ्‍यौं भने राम्रो फल फलाउन सक्नेछौं। थुप्रै मुलुकमा आउँदा महिनाहरूमा दिन लामो हुने भएकोले साँझ पनि प्रचार गर्न थप समय मिल्नेछ। साँझपख थुप्रै मानिस घरैमा भेटिन्छन्‌। त्यो समयमा तिनीहरू अक्सर फुर्सदमा हुन्छन्‌ र कुरा गर्ने मुडमा पनि हुन सक्छन्‌। तपाईं आफ्नो तालिका मिलाएर त्यस समयमा प्रचार गर्न सक्नुहुन्छ कि?—१ कोरि. ९:२३.

२. धेरैभन्दा धेरै मानिसलाई सुसमाचार सुनाउन सकिने तरिकाहरू के-के हुन्‌?

२ साँझपख प्रचार: साँझमा प्रचार गर्ने पहिल्यै योजना बनाउँदा धेरैभन्दा धेरै मानिसलाई सुसमाचार सुनाउन सक्छौं। (हितो. २१:५) स्कूले केटाकेटीले स्कूलबाट फर्केपछि प्रचार गर्न सक्छन्‌ भने अरूले अफिसपछि। कुनै-कुनै पुस्तक अध्ययन समूहले साँझ पुस्तक अध्ययन सुरु हुनअघि एक घण्टा प्रचार गर्ने प्रबन्ध मिलाउन सक्छन्‌।

३. आफ्नो इलाकामा साँझपख कुन-कुन तरिकाले प्रचार गर्न सक्नुहुन्छ?

३ साँझपख प्रचार गर्दा प्रायः अरू बेला घरमा नभेटिने मानिसहरूसित कुरा गर्ने मौका मिल्न सक्छ। थुप्रै इलाकामा साँझपख सडक साक्षी र अन्य सार्वजनिक ठाउँहरूमा पनि साक्षीकार्य गर्न सकिन्छ। थुप्रैले पुनःभेट गर्न र बाइबल अध्ययन थाल्न साँझको समय अति फलदायी पाएका छन्‌।

४. साँझपख प्रचार गर्दा विचार पुऱ्‍याउनु र अरूको ख्याल राख्नु किन महत्त्वपूर्ण छ?

४ विचार पुऱ्‍याउनुहोस्‌: साँझपख प्रचार गर्दा राम्ररी विचार पुऱ्‍याउनुपर्छ। साँझ ढलेपछि प्रचार नगर्नु नै उचित हुन्छ। रात झमक्कै परेपछि पनि प्रचार गरिरहनु मनासिब हुँदैन। त्यतिबेला घरधनी सुत्न लागेको पनि हुन सक्छ। (फिलि. २:४) ढोका ढकढकाएपछि घरधनीले देख्ने ठाउँमा उभिनुहोस्‌ र आफ्नो परिचय स्पष्टसँग बुझ्नेगरि दिनुहोस्‌। आफू किन आएको, तुरुन्तै बताइहाल्नुहोस्‌। कतै उनीहरू खाना पो खाइरहेका छन्‌ कि! यस्तो अप्ठ्‌यारो समयमा पुगियो भने, अर्को समयमा आउँछु भनेर गइहाल्नुहोस्‌। सदैव अरूको ख्याल राख्नुहोस्‌।—मत्ती ७:१२.

५. प्रचार गर्दा आइपर्ने सम्भाव्य खतराहरू कसरी हटाउन सक्छौं?

५ सम्भाव्य खतराहरूदेखि पनि सतर्क रहनुपर्छ। साँझ ढलेपछि वा झमक्कै अँध्यारो भएपछि पनि प्रचार गर्न चाहनुहुन्छ भने दुई जना भएर वा समूहमा प्रचार गर्नु उचित हुन्छ। सुनसान र अँध्यारो सडक-गल्लीतिर नजानुहोस्‌। आफूलाई सुरक्षित लागेको ठाउँमा मात्र प्रचार गर्नुहोस्‌। दिउँसो सुरक्षित तर त्यही ठाउँ साँझ ढलेपछि असुरक्षित हुन्छ भने त्यस्ता इलाकामा प्रचार नगर्नुहोस्‌।—हितो. २२:३.

६. साँझपख प्रचार गर्दा थप के-कस्ता लाभहरू पाइन सक्छन्‌?

६ साँझपख प्रचार गर्दा सहायक र नियमित अग्रगामीहरूसित सेवा गर्ने अवसर मिल्न सक्छ। (रोमी १:१२) यसरी साँझमा प्रचार गर्न के तपाईं आफ्नो तालिका मिलाउन सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने