सोसाइटीको विश्वव्यापी कार्यको लागि दिइएका चन्दाहरूले वृद्धिमा सहयोग पुऱ्याउँछ
यशैया ५४:२, ३ मा भविष्यवाणी गरिएझैं यहोवाको शुद्ध उपासना सारा पृथ्वीभरि विस्तार भइरहेको छ। विगत दश वर्षमा अंगोला, इथियोपिया, एक्वेटोरियल गिनी, क्यामरून, टोगो, मडागास्कर, मलावी र मोजाम्बिकजस्ता मुलुकहरूमा परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापहरूमा प्रतिबन्धहरू फुकुवा भएका छन्। फसल पाकिसकेका यी तथा अन्य मुलुकहरूमा गिलियड मिसनरीहरू, मिनिस्टेरियल ट्रेनिङ स्कूलका स्नातकहरू, बेथेल परिवारका सदस्यहरू तथा अरूले कार्यभारहरू स्वीकारेका छन्।—मत्ती ९:३७, ३८.
स्पष्टतः, यहोवाको संगठनमा साँचो उपासकहरूको वृद्धिले सयौं नयाँ राज्यभवनहरूको निर्माण गर्नु आवश्यक पर्छ। यहाँ, भारतमा भइरहेझैं सम्मेलन भवनहरू तथा नयाँ शाखा कार्यालय बनाउन वा शाखा कार्यालयका भवनहरू विस्तार गर्न योजनाहरू बनाउनु खाँचो भएको छ। यी योजनाहरूमा पूँजी लगानी गर्नुका साथै परमेश्वरको राज्यसम्बन्धी कार्यलाई बढाउँदै लान सोसाइटीको विश्वव्यापी कार्यको लागि दिइएका चन्दाहरू निकै खर्च गर्नु परेको छ।
यी दुइ पृष्ठले निर्माणाधीन कार्यहरू तथा चाँडै सुरु हुने योजनाहरूको तस्बिर तथा चित्रहरू देखाउँछ। यसबाट तपाईंले सोसाइटीले अफ्रिकी मुलुकहरूमा के गरिरहेको छ, थाह पाउन सक्नुहुन्छ। यहाँ, भारतमा पनि हामीलाई परिचालक निकायले ५० एकड जमीन किनेर लगभग ४०० बेथेल सदस्यहरूका लागि आवासगृह तथा कार्यस्थलहरूलगायत भान्छाकोठा, भोजनकोठा, लुगा धुने ठाउँ र स्याहारसम्भार गर्ने ठाउँहरू निर्माण गर्न हामीलाई स्वीकृति दिएको छ।
यस वर्ष भारतमा अप्रिल २ तारिख स्मरर्णाथको उत्सव मनाउन ४१,१९३ जना उपस्थित भए। त्यस महिना रिपोर्ट गरेका प्रकाशकहरूको संख्याभन्दा साढे दुइ गुना बढी! ती उपस्थित भएकाहरूमध्ये धेरै यहोवाको साँचो उपासना गर्न हामीसित छिट्टै सामेल होस् भनी हामी प्रार्थना गर्छौं। त्यसको अर्थ, बढी मण्डलीहरू र राज्यभवनहरूको आवश्यकता पर्नेछ। हामीले साँचो उपासनाको लागि भौतिक रूपमा सहयोग गर्नसक्ने हाम्रो सुअवसरलाई यसले सुस्पष्ट पार्छ। मण्डलीहरूले यस्तो गर्नसक्ने एउटा तरिका राज्यभवन सहायता प्रबन्धमा रुपैयाँ-पैसाहरू पठाउनु हो।—लूका १६:९; १ तिमो. ६:१८.
[पृष्ठ ३-मा भएको पेटी]
नौ दिनमा निर्मित दक्षिण अफ्रिकास्थित क्वाजुलु-नाटालको राज्यभवन
[पृष्ठ ३-मा भएको पेटी]
नाइजेरियामा निर्मित कम खर्च पर्ने राज्यभवन
[पृष्ठ ३-मा भएको पेटी]
सन् १९९६ को अन्तसम्म तयार हुने १,५०० व्यक्तिहरू अटाउने मोजाम्बिकको सम्मेलन भवन
[पृष्ठ ३-मा भएको पेटी]
सन् १९९६ को शरद् ऋतुमा बस्न तयार हुने मोजाम्बिकको शाखा कार्यालयका भवनहरू
[पृष्ठ ३-मा भएको पेटी]
यस ग्रीष्म ऋतुमा पूरा हुने तालिका भएको सियरा लियोनको शाखा कार्यालय
[पृष्ठ ४-मा भएको पेटी]
भित्ताहरू नभएका पूरा भइसकेको सम्मेलन भवनलगायत सन् १९९७ को वसन्त ऋतुमा पूरा हुने मरिससको शाखा कार्यालयका भवनहरू
[पृष्ठ ४-मा भएको पेटी]
जिम्बाब्वेमा निर्माणाधीन शाखा कार्यालय
[पृष्ठ ४-मा भएको पेटी]
सेनेगलमा छत नभएको सम्मेलन भवन र निर्माणाधीन नयाँ शाखा कार्यालय
[पृष्ठ ४-मा भएको पेटी]
केन्याको राजधानी नैरोबीस्थित नयाँ शाखा कार्यालय
[पृष्ठ ४-मा भएको पेटी]
चाँडै पूरा हुने मडागास्कर शाखा कार्यालय
[पृष्ठ ४-मा भएको पेटी]
मलावीको शाखा कार्यालयको लागि प्रस्तावित भवनहरू