प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 जुलाई p. ४
  • व्यापारिक इलाकामा कसरी प्रचार गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यापारिक इलाकामा कसरी प्रचार गर्ने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—व्यापारिक इलाकामा साक्षी दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • व्यापारिक इलाकामा निर्धक्क भएर साक्षी दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 जुलाई p. ४

व्यापारिक इलाकामा कसरी प्रचार गर्ने

१. व्यापारिक इलाकामा साक्षी दिनुका केही लाभहरू के-के हुन्‌?

१ साधारणतया आगन्तुकहरूलाई स्वागत गर्ने र मानिसहरूलाई भेट्‌न सकिने इलाकामा के तपाईं प्रचार गर्न चाहनुहुन्छ? तपाईं आफ्नो मण्डलीको इलाकामै यसो गर्न सक्नुहुन्छ। कसरी? त्यहाँ भएका पसलहरूमा साक्षी दिएर। पसल-पसलमा साक्षी दिंदा प्रकाशकहरूले अक्सर राम्रो नतिजा प्राप्त गरेका छन्‌।

२. व्यापारिक इलाकामा साक्षी दिने काम कसरी सङ्‌गठित गर्न सकिन्छ?

२ केही मण्डलीहरूलाई खटाइएको इलाकामा व्यापारिक क्षेत्रहरू पनि पर्छन्‌। त्यस इलाकाको हेरविचार गर्ने भाइले यी अति व्यस्त व्यापारिक केन्द्र तथा व्यापार क्षेत्रहरूका लागि विशेष नक्साहरू तयार पार्न सक्छन्‌। आवासीय इलाकामा कुनै व्यापारिक थलोहरू परेका छन्‌ भने ती ठाउँहरूलाई आफ्नो आवासीय इलाकाको भाग ठान्दै साक्षीकार्य नगर्न इलाका नक्साहरूमा सुस्पष्ट सङ्‌केत चिह्न इङ्‌गित गर्नुपर्छ। अन्य इलाकाहरूमा चाहिं व्यापारिक ठाउँ तथा आवास भवनहरूमा एकै चोटि सँगसँगै साक्षीकार्य गर्न सकिन्छ। व्यापारिक इलाकामा कहिल्यै साक्षी दिनुभएको छैन भने, सुरुमा केही साना पसलहरूमा प्रचार गर्ने कोसिस गर्नुहोस्‌।

३. पसल-पसलमा साक्षी दिने सन्दर्भमा प्रभावकारी हुन हामीलाई कुन कुराले मदत गर्नेछ?

३ सरल तरिका अपनाउनुहोस्‌: राज्यभवनमा जानको लागि तपाईं जस्तो प्रकारको लुगा लगाउनुहुन्छ, पसल-पसलमा साक्षी दिनुहुँदा पनि उस्तै प्रकारको लुगा लगाउनु महत्त्वपूर्ण छ। पसल व्यस्त नहुने समय रोज्नु पनि बेस हुनेछ। सम्भव भए ग्राहकहरू नभएको मौका पारेर पसलमा पस्नुहोस्‌। प्रबन्धक वा रेखदेख गर्ने अरू कुनै व्यक्‍तिसित कुरा गर्न सकिन्छ कि भनेर सोध्नुहोस्‌। छोटकरीमै कुरा टुङ्‌ग्याउनुहोस्‌। तपाईं के भन्‍न सक्नुहुन्छ?

४-६. पसले वा प्रबन्धकलाई साक्षी दिंदा हामी के भन्‍न सक्छौं?

४ पसले वा प्रबन्धकसित कुरा गर्दा तपाईं यस्तै केही भन्‍न सक्नुहुन्छ: “व्यापारीहरू निकै व्यस्त हुने भएकाले हामी उहाँहरूलाई घरमा त्यति भेट्‌न सक्दैनौं। त्यसैले हामी तपाईंलाई यहाँ भेट्‌न आएका हौं। हाम्रा पत्रिकाहरूले ताजा घटनाहरूबारे विश्‍वव्यापी दृष्टिकोण पस्किने गर्छ।” त्यसपछि पत्रिकाबाट एउटा छोटो बुँदा बताउनुहोस्‌।

५ अथवा तपाईं यो सरल तरिका अपनाउन सक्नुहुन्छ: “आफ्नो केही दोष नभए तापनि मानिसहरूले किन अक्सर कठिनाइहरू भोगेका होलान्‌ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? तिनीहरू असाध्यै गरिब परिवारमा जन्मिन सक्छन्‌ र कोही-कोही त अझ जन्मजात कुरूप वा लुलो-लङ्‌गडो हुन्छन्‌। मानिसले भोग्ने दुःखकष्ट उसले पूर्वजन्ममा गरेको केही खराब कामको नतिजा हो भनेर थुप्रै मानिसहरू सोच्ने गर्छन्‌। के यो कुरा साँचो हुन सक्छ? के यस प्रकार मानिसहरूले दुःख पाऊन्‌ भन्‍ने सृष्टिकर्ताको उद्देश्‍य थियो? यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउन यस पर्चाले तपाईंलाई मदत गर्नेछ।” त्यसो भनिसकेपछि विल सफरिङ एभर एण्ड? भन्‍ने नयाँ पर्चा प्रस्तुत गर्नुहोस्‌। यदि उक्‍त व्यक्‍तिले बाइबललाई आदर गर्छ जस्तो देखिएमा यस पर्चाको पृष्ठ ५-६ मा दिइएका उपयुक्‍त शास्त्रपदहरू देखाउनुहोस्‌।

६ पसल मालिक व्यस्त देखिन्छन्‌ भने पर्चा प्रस्तुत गरेर यसो भन्‍न सक्नुहुन्छ: “तपाईंको फुर्सतको बेला म फेरि आउनेछु। तपाईंलाई यसबारे कस्तो लाग्छ, म जान्‍न चाहन्छु।”

७. व्यापारिक इलाकामा कसैले चासो देखायो भने हामी कसरी त्यस चासोलाई विकास गर्न सक्छौं?

७ चासो विकास गर्ने: व्यापारिक इलाकामा तपाईं बाइबल अध्ययनसमेत सञ्चालन गर्न सक्नुहुन्छ होला। विशेष अग्रगामी भाइले एक जना व्यापारीलाई नियमित रूपमा पत्रिकाहरू दिने गर्थे। आफूले पढिरहेको कुराप्रति उक्‍त व्यापारीले मूल्याङ्‌कन व्यक्‍त गर्दा अग्रगामी भाइले चाहनुहुन्छ पुस्तिका चलाएर बाइबल अध्ययनको प्रबन्धबारे प्रदर्शन गरेर देखाए। त्यस व्यापारीको काम गर्ने ठाउँमै अध्ययन सुरु भयो। परिस्थितिलाई विचार गर्दै अग्रगामी भाइले हरेक चोटि १० वा १५ मिनेट जति मात्रै अध्ययन गरे। त्यस्तै गरी हामी पनि व्यापारिक इलाकामा साक्षी दिएर योग्य जनहरूलाई निरन्तर खोजिरहन सकौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने