तपाईंको प्रचार इलाकाका सबैलाई प्रचार गर्नुहोस्
१ आवासीय क्षेत्रहरूमा हामी कहिलेकाहीं किराना पसल, चमेनागृह वा खुद्रा पसलजस्ता स-साना व्यापार थलोहरू देख्छौं। तपाईंको प्रचार इलाकाका घरहरूमा प्रचार गरेझैं यी थलोहरूमा प्रचार गर्ने हो भने तिनीहरूलाई पनि तपाईंले भेट्नुपर्छ।
२ तपाईंले सरल, छोटो प्रस्तुति प्रयोग गर्न सक्नुहुन्छ। शायद यस्तो भन्न सक्नुहुन्छ: “म तपाईंलाई केही कुरा देखाउन चाहन्छु।” पसल मालिक त्यतिबेला व्यस्त देखिन्छन् भने पर्चा प्रस्तुत गरेर यसो भन्न सक्नुहुन्छ: “तपाईंको फुर्सतको बेला म फेरि आउनेछु। तपाईंलाई यसबारे कस्तो लाग्छ, म जान्न चाहन्छु।”
३ यो कार्यबारे तपाईं दुबिधामा पर्नुपर्ने कुनै खाँचो छैन। एक प्रकाशकले यस्तो विवरण दिन्छन्: “मैले नकारात्मक प्रतिक्रिया पाउने आशा गरेको थिएँ। तथापि, राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया पाउँदा म तीन छक परें। तिनीहरू साँच्चै भद्र तथा मित्रैलो हुनुका साथै प्रायजसो सधैं पत्रिकाहरू स्वीकार्थे।”
४ घडेरी कम्पनीमा काम गर्ने एक स्त्रीले यहोवाका साक्षीहरूलाई तिनको कार्यालयमा बोलाइन्। तिनले पत्रिकाहरू स्वीकारिन् र बाइबल अध्ययन गर्न इच्छा व्यक्त गरिन्। तिनलाई ज्ञान पुस्तक देखाइयो र तिनको कार्यालयमा त्यहाँ त्यतिखेरै अध्ययन सुरु गरियो!
५ तपाईंको प्रचार इलाकाका सबैलाई प्रचार गर्ने कार्यभारमा टोलछिमेकमा व्यापार चलाउने व्यक्तिविशेषहरूलाई भेट्नु पनि समावेश छ। (प्रे. १०:४२) निजी घरहरूमा जाने योजना बनाएझैं यी ढोकाहरूमा पनि जाने योजना बनाउनुहोस्। यसो गर्दा तपाईंले आफ्नो प्रचार इलाकाका सबैलाई प्रचार मात्र गर्नुहुने छैन तर केही रमाइला अनुभवहरूको इनाम पाउन सक्नुहुनेछ!