प्रचारकार्यमा अझै उन्नति गर्ने—व्यापारिक इलाकामा साक्षी दिनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? थुप्रै मानिस लामो समयसम्म काममा व्यस्त हुने भएकोले उनीहरूलाई सुसमाचार सुनाउने सबैभन्दा राम्रो तरिका उनीहरूको काम गर्ने ठाउँमै गएर सुनाउनु हो। व्यापारिक इलाकामा प्रचार गर्दा रमाइलो हुनुका साथै यसले राम्रो नतिजा पनि ल्याउन सक्छ किनकि त्यहाँ कसै न कसैलाई पक्कै भेटिन्छ। कामदारहरूले सबैलाई आफ्नो सम्भाव्य ग्राहकको रूपमा हेर्ने भएकोले उनीहरू अरूसँग शिष्ट व्यवहार गर्छन्। यस्तो इलाकामा प्रभावकारी प्रचारक हुनको लागि प्रकाशकहरूले विवेक चलाउनुपर्छ र आफ्नो पहिरन तथा कोरीबाटीमा ध्यान दिनुपर्छ। (२ कोरि. ६:३) व्यापारिक इलाकामा कत्तिको प्रचार गरिएको छ र कसले प्रचार गरेको छ, सेवा निरीक्षकले त्यसको रेखदेख गर्नुपर्छ।
यो महिना यसो गरे कसो होला?
व्यापारिक इलाकामा कसरी साक्षी दिन सकिन्छ, अर्को पटकको साँझको पारिवारिक उपासनामा अभ्यास गर्नुहोस्।