प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अप्रिल p. १
  • निर्बोधहरूलाई समझ दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निर्बोधहरूलाई समझ दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
  • के तपाईंले अध्ययन सुरु गर्न चाहनुहुन्छ पुस्तिका चलाइरहनुभएको छ?
    हाम्रो राज्य सेवकाई—२००२
  • अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • पुस्तिकाहरूद्वारा परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 अप्रिल p. १

निर्बोधहरूलाई समझ दिनुहोस्‌

१ हामी चेला बनाउने कामद्वारा अरूलाई परमेश्‍वरले तिनीहरूबाट के चाहनुहुन्छ, त्यो सिकाउँछौं। (मत्ती २८:१९, २०) विश्‍वभरि लगभग ५० लाखभन्दा बढी साक्षीहरूले यस काममा भरमग्दूर प्रयास गरिरहेका छन्‌। सेवकाईमा बिताएको घण्टा, प्रस्तुत गरेको साहित्य वा सुरु गरिएको बाइबल अध्ययनहरूको आधारमा सफलतालाई जोख्न मिल्दैन। अरूलाई बुझाउने र तिनीहरूलाई सिकेअनुरूप चल्न लगाउँदा हाम्रो लक्ष्य पूरा हुन्छ।

२ अरूलाई आध्यात्मिक मदत दिनुको अर्थ, “निर्बोध मानिसहरूलाई समझ” दिनु हो। (भज. ११९:१३०) मानिसहरूले ‘बुझेपछि’ मात्र तिनीहरूको हृदय प्रभावित र उत्प्रेरित हुन्छ। (मत्ती १५:१०) जति जति हाम्रो काम जोडतोडले बढ्‌दै जान्छ, त्यति नै सरल ढंगमा बोल्नु र अरूलाई सिकाउनुपर्छ भनेर बुझ्छौं। त्यसैकारण सोसाइटीले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका प्रकाशित गरेको हो। यसमा बाइबलका आधारभूत शिक्षा प्रस्तुत गर्नको लागि विस्तृत विषयहरू छन्‌। छोटो पाठहरू, सरल शब्द र बुझ्न सजिलो निर्देशन भएकोले यो पुस्तिका सबैलाई मन पर्छ।

३ अप्रिल र मे महिनामा पत्रिकाको ग्राहक बनाउनुका साथै यो पुस्तिका पनि प्रस्तुत गर्न सकिन्छ। पहिलो भेटमा साहित्य सहर्ष स्वीकारेका मानिसहरूलाई यो पुस्तिका दिनुहोस्‌। स्मरण रहोस्‌, यो विशेषगरि बच्चाहरूका साथै तपाईंलाई त्यति राम्ररी नआउने भाषा बोल्ने मानिसहरू र अलिअलि पढ्‌न सक्नेहरूलाई सिकाउन उपयोगी हुन्छ।

४ सरल प्रस्तुति चलाउनुहोस्‌: चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहुँदा पृष्ठ २ पल्टाउनुहोस्‌, त्यहाँ यस्तो लेखिएको छ “यो पुस्तिका बाइबल अध्ययनको लागि तयार पारिएको हो।” बाइबल अध्ययन किन गर्नुपर्छ भनेर बताउन पृष्ठ ३ को अनुच्छेद ३ पढ्‌नुहोस्‌। बाइबलका सामान्य सत्य कुराहरू प्रकट गर्ने केही पाठका शीर्षकहरूद्वारा तिनको चासो जगाउनुहोस्‌। सिक्दा यस पुस्तिकाले कसरी आनन्द दिन्छ, प्रदर्शन गर्नुहोस्‌ र तिनलाई व्यक्‍तिगत मदत दिने प्रस्ताव राख्नुहोस्‌।

५ प्रगतिशील अध्ययन सञ्चालन गर्नुहोस्‌: हाम्रो लक्ष्य अध्ययनहरू सञ्चालन गर्नु मात्र होइन। हामी साँचो उपासनाको दृढ समर्थक हुने चेलाहरू बनाउन चाहन्छौं। यस पुस्तिकालाई केही हप्ताभित्रै अध्ययन गर्न सकिन्छ त्यसपछि ज्ञान पुस्तकबाट अध्ययन थाले हुन्छ। (पृष्ठ ३१ को पादटिप्पणी हेर्नुहोस्‌।) अध्ययनको सुरुदेखि नै विद्यार्थीलाई यहोवाको संगठन चिन्‍ने मदत दिनुहोस्‌। (तर्क [अंग्रेजी] पुस्तकको पृष्ठ २८३-४ हेर्नुहोस्‌।) मण्डलीका सभाहरूको महत्त्वबारे बताउनुहोस्‌ र त्यहाँ उपस्थित हुँदा साँचो उपासना गर्ने तरिका बुझ्न सकिन्छ भनेर पनि बुझाउनुहोस्‌।—हिब्रू १०:२४, २५.

६ यसरी, अप्रिल र मे महिनाको दौडान गरिने विशेष सेवामा पूर्णतया भाग लिएर इमानदार व्यक्‍तिहरूलाई जीवनतर्फ डोऱ्‍याउने “समझ-शक्‍ति” प्राप्त गर्न मदत दिंदा हामी हर्षित हुन्छौं।—हितो. ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने