प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अगस्त p. २
  • स्कूलबाट सकेसम्म फाइदा उठाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्कूलबाट सकेसम्म फाइदा उठाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • स्कूल छाडुँ कि?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उद्देश्‍य सहितको शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • सांसारिक शिक्षा र तपाईंको आध्यात्मिक लक्ष्य
    हाम्रो राज्य सेवकाई—१९९९
  • केटाकेटीहरू हो—स्कूलमा सिक्नुभएका कुराहरूको फाइदा उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 अगस्त p. २

स्कूलबाट सकेसम्म फाइदा उठाउनुहोस्‌

१ यो बेला, थुप्रै केटाकेटीहरू नयाँ कक्षा चढ्‌ने समय हो। स्कूलको नयाँ कक्षामा पढ्‌न जाँदा केही चुनौती र चिन्ता गर्नुपर्ने कुराहरू गाँसिएका भए तापनि स्कूलबाट जतिसक्दो बढी सिक्न चाहने केटाकेटीहरूका निम्ति फाइदा उठाउनसक्ने धेरै कुराहरू पनि छन्‌।

२ राम्रो आधारभूत शिक्षाले व्यक्‍तिविशेषको आध्यात्मिक उन्‍नतिमा योगदान पुऱ्‍याउनसक्छ। कुनै व्यक्‍तिले केटाकेटी अवस्थामा के के गर्छ, त्यसले ऊ वयस्क हुँदा कस्तो हुनेछ भनेर धेरै हदसम्म निर्धारण गर्नसक्छ। “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ” भन्‍ने सिद्धान्त विद्यार्थी जीवनमा समेत लागू हुन्छ। (गला. ६:७) स्कूलका पाठहरू लगनशीलतासाथ अध्ययन गर्ने केटाकेटीहरूले उपयोगी दक्षताहरू हासिल गर्छन्‌ जसले तिनीहरूलाई यहोवाको सामु अझ उपयोगी बनाउँछन्‌।

३ स्कूलमा सुहाउँदो पाठ्यक्रमहरू छनौट गर्न दूरदर्शिता चाहिन्छ। आध्यात्मिक लक्ष्य हासिल गर्न पनि काम आउने सबैभन्दा व्यवहारिक प्रशिक्षणहरू छनौट गर्न आमाबाबुले आफ्ना छोराछोरीहरूलाई मदत गर्नुपर्छ। आफ्ना दक्षताहरू बढाउँदा एउटा अर्को फाइदा पनि हुन्छ। त्यो हो भविष्यमा आफू अग्रगामी हुँदा अरूबाट आर्थिक सहयोग लिनुपर्ने हुँदैन। जहाँसुकै सेवा गरे तापनि तिनीहरूले हासिल गरेका आधारभूत शिक्षा यहोवाको प्रशंसा गर्न मदतकारी हुनुपर्छ।

४ केटाकेटी हो, आफ्नो विद्यार्थी जीवनको पूरापूर फाइदा उठाउनुहोस्‌। सांसारिक मानसम्मान प्राप्त गर्ने उद्देश्‍य राख्नुको सट्टा जीवनमा पवित्र सेवालाई महत्त्व दिने उद्देश्‍यसहित शिक्षा लिनुहोस्‌। आफ्नो जीवन यहोवाको इच्छाअनुरूप बिताउने प्रयत्न गर्नुहोस्‌। त्यसो गर्नुभयो भने, यहोवाको प्रशंसा गर्ने काममा तपाईं सफल हुनुहुनेछ।—भज. १:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने