प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 सेप्टेम्बर p. ८
  • अग्रगामीहरू अरूलाई मदत गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अग्रगामीहरू अरूलाई मदत गर्छन्‌
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामीहरुलाई समर्थन कसरी देखाउँन सकिन्छ
    हाम्रो राज्य सेवकाई—१९९२
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको आदर गर्न के तपाईं अझ बढी केही गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 सेप्टेम्बर p. ८

अग्रगामीहरू अरूलाई मदत गर्छन्‌

१ येशूले यसो भन्‍नुभयो: “फसल ता प्रशस्त छ, तर खेतालाहरू थोरै छन्‌, यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌।” प्रथम शताब्दीमा खेतालाहरू थोरै थिए भने तिनीहरूले ढाक्नुपर्ने क्षेत्र चाहिं विशाल थियो। अतः येशूले तिनीहरूलाई एक्लै एक्लै पठाउनुभएर यथासम्भव सबै क्षेत्रमा सुसमाचार सुनाउने निर्देशन दिन सक्नुहुन्थ्यो। तर उहाँले यसो गर्नुको साटो तिनीहरूलाई “दुइ दुइ गरी” पठाउनुभयो। (लूका १०:१, २) किन दुई दुई गरी पठाउनुभएको?

२ ती चेलाहरू नयाँ अनि अनुभवहीन थिए। सँगसँगै काम गरेर तिनीहरूले एकअर्काबाट सिक्नुका साथै प्रोत्साहन दिनसक्थे। यो त सुलेमानले भनेको जस्तै हो, “एकभन्दा दुइ असल हो।” (उप. ४:९, १०) सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्मा खनाइएपछि पनि पावल, बर्णाबास तथा अरूले आफ्ना सँगी विश्‍वासीहरूलाई क्षेत्र सेवकाईमा साथ दिए। (प्रेरि. १५:३५) त्यस्ता योग्य पुरुषहरूद्वारा प्रशिक्षण पाउनु कसै कसैका लागि कस्तो सुअवसर थियो!

३ प्रशिक्षण दिने राम्रो कार्यक्रम: प्रथम शताब्दीको मण्डलीझैं वर्तमान मसीही मण्डली प्रचार गर्ने संगठन हो। यसले हामीलाई प्रशिक्षण पनि दिन्छ। व्यक्‍तिविशेषको हैसियतमा सकेसम्म प्रभावशाली ढंगमा सुसमाचार प्रस्तुत गर्ने हाम्रो हार्दिक चाहना हुनुपर्छ। धेरै प्रकाशकहरू अझ प्रभावशाली हुन सकून्‌ भन्‍ना खातिर सहयोगको प्रबन्ध गरिएको छ।

४ हालै सम्पन्‍न राज्य सेवकाई पाठशालामा सोसाइटीले अग्रगामीहरूले अरूलाई क्षेत्र सेवकाईमा मदत दिने कार्यक्रमबारे घोषणा गऱ्‍यो। के यसको आवश्‍यकता छ? छ। गत तीन वर्षमा दस लाखभन्दा बढी प्रकाशकहरूले बप्तिस्मा लिएका छन्‌ र तिनीहरूमध्ये धेरैजसोलाई प्रचारकार्यमा प्रभावशाली बन्‍न प्रशिक्षणको आवश्‍यकता छ। कसले यो आवश्‍यकता पूरा गर्नसक्छन्‌?

५ पूर्ण-समय अग्रगामीहरूले मदत गर्नसक्छन्‌। यहोवाको संगठनले तिनीहरूलाई थुप्रै सल्लाह र प्रशिक्षण दिन्छ। दुई हप्ते अग्रगामी सेवा पाठशालामा अग्रगामीहरूले तिनीहरूका आवश्‍यकताअनुरूप प्रशिक्षण पाउँछन्‌। तिनीहरूले क्षेत्रीय अनि जिल्ला निरीक्षकसँगको सभाबाट साथै प्राचीनहरूको निर्देशनबाट पनि फाइदा उठाउँछन्‌। सबै अग्रगामीहरू पावल र बर्णाबासजस्ता अनुभवी छैनन्‌। तैपनि तिनीहरूले उपयोगी प्रशिक्षण पाएको छ र तिनीहरू ती प्रशिक्षण अरूसँग बाँड्‌न खुसी छन्‌।

६ कस-कसले फाइदा उठाउने छन्‌? के यस कार्यक्रममा नयाँ प्रकाशक अथवा भर्खरै बप्तिस्मा लिएकाहरूले मात्र भाग लिन पाउने हुन्‌? अहँ, होइन! वर्षौंअघि सत्य थाह पाउने केटाकेटी र पाकाहरू छन्‌। तर तिनीहरू सेवकाईको कुनै खास पक्षमा मदत चाहन्छन्‌ होला। कोही कोहीले थुप्रै साहित्य वितरण गर्छन्‌ तर पुनःभेट वा बाइबल अध्ययन थाल्न सक्दैनन्‌। अरूले सजिलैसित बाइबल अध्ययन सुरु गर्लान्‌ तर विद्यार्थीहरूले उन्‍नति नगरेको महसुस गर्छन्‌। तिनीहरूले कुन कारणले गर्दा उन्‍नति गर्न सकिरहेका छैनन्‌? यस्ता परिस्थितिहरूमा अनुभवी अग्रगामीहरूसित मदत माग्न सकिन्छ। केही अग्रगामीहरू चासो जगाउन, बाइबल अध्ययन थाल्न र नयाँ विद्यार्थीहरूलाई संगठनतर्फ डोऱ्‍याउनमा प्रभावशाली छन्‌। यस नयाँ कार्यक्रममा तिनीहरूको अनुभव मदतकारी साबित हुनेछ।

७ के तपाईं मण्डलीको नियमित क्षेत्र सेवकाईमा आफूले चाहेजति भाग लिन सक्नुहुन्‍न? अन्य प्रकाशकहरूले समय नपाएको बेला अग्रगामीले तपाईंसँग काम गर्नसक्छन्‌।

८ राम्रो सहयोग चाहिन्छ: व्यक्‍तिगत मदत चाहने प्रकाशकहरूका लागि प्राचीनहरूले वर्षमा दुईपल्ट अग्रगामीहरू अरूलाई मदत गर्छन्‌ कार्यक्रमको प्रबन्ध मिलाउनेछन्‌। यदि तपाईं यस्तो मदत प्राप्त गर्न चाहनुहुन्छ भने तपाईंलाई मदत गर्न खटाइएको अग्रगामी प्रकाशकसँग भेट्‌नुहोस्‌, क्षेत्र सेवाको निम्ति व्यवहारिक तालिका बनाउनुहोस्‌ अनि त्यहीअनुरूप चल्नुहोस्‌। तिनीसँग भेट्‌ने समय मिलाएपछि एकचोटि पनि नछुटाउने कोसिस गर्नुहोस्‌। तिनीसँग काम गर्नुहुँदा सुसमाचार कसरी प्रभावशाली तरिकामा प्रस्तुत गर्न सकिन्छ, नियाल्नुहोस्‌। कुनै कुनै प्रस्तुति किन प्रभावशाली छन्‌, विश्‍लेषण गर्नुहोस्‌। अग्रगामी प्रकाशकले तपाईंको प्रस्तुति सुधार्न सुझाउहरू दिनसक्छन्‌, त्यसलाई राम्ररी विचार गर्नुहोस्‌। जसै आफूले सिकेका कुराहरू प्रयोगमा ल्याउनुहुन्छ, तपाईंले सेवकाईमा गर्नुभएको उन्‍नति तपाईं साथै अन्य व्यक्‍तिहरूले देख्नेछन्‌। (१ तिमो. ४:१५ हेर्नुहोस्‌।) अनौपचारिक साक्षीकार्यलगायत सबै प्रकारको सेवकाईमा भाग लिएर जतिसक्दो तिनीसँगसँगै काम गर्नुहोस्‌। तर तपाईंलाई कुन क्षेत्रमा व्यक्‍तिगत मदत चाहिएको हो, त्यसैमा बढी ध्यान केन्द्रित गर्नुहोस्‌।

९ तपाईंले गर्नुहुने उन्‍नतिप्रति सेवा निरीक्षकले चासो राख्छन्‌। कार्यक्रमबाट तपाईंले के कस्तो फाइदा उठाइरहनुभएको छ, थाह पाउन तिनले बेला बेलामा मण्डली पुस्तक अध्ययन सञ्चालकलाई सोधपुछ गर्नेछन्‌। त्यसैगरि, क्षेत्रीय निरीक्षकले पनि आफ्नो भ्रमणको दौडान तपाईंलाई मदत गर्नेछन्‌।

१० यहोवा आफ्ना जनहरू प्रशिक्षित र “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” भएको चाहनुहुन्छ। (२ तिमो. ३:१७) परमेश्‍वरको वचन प्रचार गर्न आफ्नो दक्षता बढाउन चाहनेहरूका लागि अग्रगामीहरू अरूलाई मदत गर्छन्‌ अत्युत्तम प्रबन्ध हो भनेर सम्झनुहोस्‌। यदि तपाईंले यस कार्यक्रममा सहभागी हुने सुअवसर पाउनुभएको छ भने कृतज्ञता, नम्रता र आनन्दसहित त्यो काम गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने