प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 नोभेम्बर p. ८
  • मलाई बाइबल अध्ययन चाहियो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई बाइबल अध्ययन चाहियो!
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • अझ धेरै बाइबल अध्ययन चाहियो
    हाम्रो राज्य सेवकाई—१९९८
  • बाइबल अध्ययन थाल्न के तपाईं अघि सर्नु हुँदै छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन थाल्ने
    हाम्रो राज्य सेवकाई—१९९९
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 नोभेम्बर p. ८

मलाई बाइबल अध्ययन चाहियो!

१ हामीमध्ये थुप्रैले बाइबल अध्ययन स्थापना गर्ने चाहना व्यक्‍त गरेका छौं र त्यसो गर्नुको राम्रै कारण पनि छ किनभने बाइबल अध्ययनद्वारा नै हामी नयाँ चेला बनाउने लक्ष्य पूरा गर्छौं। (मत्ती २८:१९, २०) तैपनि, हामीमध्ये कतिपयले महिनौं वा सायद वर्षौंदेखि अरूलाई सत्य सिकाउँदा पाइने विशेष आनन्द अनुभव गर्न पाइरहेका छैनौं होला। यसबारे हामी नोभेम्बर महिनामा के गर्नसक्छौं? यस महिना ज्ञान पुस्तक प्रस्तुत गरिने हुँदा नयाँ बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गर्नसक्छौं।

२ एक वा बढी सप्ताहन्त छुट्याउनुहोस्‌: नयाँ बाइबल अध्ययन सुरु गर्ने धेय राखेर यस महिना केही समय छुट्याउन सबैलाई हामी प्रोत्साहित गर्छौं। यस उद्देश्‍यको निम्ति मण्डली पुस्तक अध्ययन सञ्चालकहरूले केही सप्ताहन्तहरू छान्‍नुपर्छ अनि आफ्नो समूहलाई पुनःभेटमा जोड दिंदै यथाशक्य प्रयास गर्न प्रबन्ध मिलाउनुपर्छ।

३ यस्ता सभाहरूमा आ-आफ्नो पुनःभेटको रेकर्ड ल्याउनुहोस्‌। त्यसपछि चासो देखाउने, प्रकाशन लिने वा सभामा आउने सबैकहाँ जानुहोस्‌। प्रत्येक भेट अध्ययन सुरु गर्ने हेतुले गर्नुहोस्‌।

४ बाइबल अध्ययन गरेको प्रदर्शन गर्नुहोस्‌: सेवकाईको निम्ति यस्ता विशेष सभाहरूमा पुनःभेटमा कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ भनी राम्ररी तयार पारेको प्रदर्शन देखाउनुपर्छ। तपाईं यसो भन्‍न सक्नुहुन्छ: “थुप्रै मानिसहरूसित बाइबल त छ तर हामी सबैले जीवनमा सामना गर्ने महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ यसमा छ भनेर चाहिं तिनीहरूलाई थाहै छैन। [ज्ञान पुस्तकको विषय सूची देखाउनुहोस्‌ अनि अध्याय ३, ५, ६, ८ र ९ को शीर्षक पढेर सुनाउनुहोस्‌।] बाइबल अध्ययन गर्न मदत गर्ने यो पुस्तक हप्तामा एक घण्टा जति पढ्‌नुभयो भने तपाईंले केही महिनामै बाइबलका आधारभूत शिक्षा बुझ्न सक्नुहुनेछ। यी विषयहरूमध्ये तपाईंले एउटा छान्‍नुभयो भने अध्ययन कसरी सञ्चालन गरिन्छ, म तपाईंलाई खुसीसाथ देखाउनेछु।” व्यस्त तालिकाको कारण उक्‍त व्यक्‍ति अध्ययन गर्न हिचकिचाउँछन्‌ भने हामीसित कम समयमा पनि अध्ययन गर्न सकिन्छ भनी बताउनुहोस्‌। चाहनुहुन्छ पुस्तिका देखाउनुहोस्‌ र हप्तामा एक चोटि १५-३० मिनेटसम्ममा एउटा छोटो पाठ अध्ययन गर्ने प्रस्ताव राख्नुहोस्‌।

५ हामी सबैले एकजुट भई प्रयास गऱ्‍यौं र हाम्रो प्रयासमा यहोवाको आशिष्‌ माग्यौं भने पक्कै पनि नयाँ अध्ययन भेट्टाउनेछौं! (१ यूह. ५:१४, १५) तपाईं बाइबल अध्ययन चाहनुहुन्छ भने सुरु गर्ने मौका यही हुनसक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने