प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अप्रिल पृ. ३-४
  • अग्रगामी गर्नु—हाम्रो समयको सदुपयोग!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अग्रगामी गर्नु—हाम्रो समयको सदुपयोग!
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९३
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 अप्रिल पृ. ३-४

अग्रगामी गर्नु—हाम्रो समयको सदुपयोग!

१ ‘मेरो थाप्लोमा कत्ति धेरै काम छन्‌! के यस्तो बेला अग्रगामी गर्नु बुद्धिमानी होला र?’ अग्रगामी-प्राचीनले क्षेत्रीय सम्मेलनमा “अग्रगामीको सेवकाईमा जोडतोडले अघि बढ्‌ने” शीर्षक भएको भाषण दिंदा एउटी बहिनीले त्यस्तो विचार गरिन्‌। सोही भाषण सुनिरहेका एक जवान भाइले यस्तो सोचे, ‘तिनले अग्रगामी गर्ने समय कहाँबाट पाउँछ? म प्राचीन पनि होइन तर मेरो जीवन अहिले नै कस्तो व्यस्त छ!’

२ त्यस प्राचीनले अग्रगामी गर्दा पाइने आशिष्‌हरू छलफल गर्दै जाँदा आफ्नो क्षेत्रका केही अग्रगामीहरूसित अन्तरवार्ता लिए। तिनीहरूले अग्रगामी गर्न आफ्नो जीवनमा कस्ता काँटछाँटहरू गरे अनि यहोवाले आफ्नो प्रयासलाई कसरी प्रशस्तसँग आशिष्‌ दिनुभएको छ भनेर बताए। ती अग्रगामीहरूमध्ये एक जना अपांग थियो, एउटीको बेग्लै धर्म मान्‍ने पति थियो भने एक जनाले चाहिं आफ्नो जागिर छोडेर पनि भौतिक आवश्‍यकताहरू पूरा गरिरहेका थिए। यी अग्रगामीहरू यहोवाको मदतद्वारा कसरी सफल भइरहेका छन्‌ भनेर सुनेपछि श्रोतागणमाझ बसिरहेका ती भाइ तथा बहिनीले आफ्नो सोचविचार तथा परिस्थितिहरूलाई पुनः केलाउन थाले। हामी तपाईंलाई पनि त्यसै गर्न आग्रह गर्छौं किनकि पुऱ्‍याउनुपर्ने घण्टामा काँटछाँट गरिएको हुनाले थुप्रै राज्य प्रकाशकहरूले अग्रगामी गर्नसक्ने भएका छन्‌।

३ यहोवा सृष्टिकर्ता तथा ब्रह्‍माण्डको सार्वभौम हुनुहुन्छ अनि हामी आफ्नो जीवनको निम्ति उहाँप्रति ऋणी छौं भनी हामीलाई थाह छ। (दानि. ४:१७; प्रेरि. १७:२८) यहोवाले एउटा मात्र संगठन चलाइरहनुभएको छ भनेर पनि हामीले बुझेका छौं। अन्त आउनुअघि परमेश्‍वरको राज्यबारे साक्षी दिने कार्यमा “विश्‍वासी र बुद्धिमान दास[लाई]” सघाउँदै यो संगठनसँगै वफादारीपूर्वक सेवा गर्ने हामीले विशेषाधिकार पाएका छौं। (मत्ती २४:४५; २५:४०; १ पत्रु. २:९) हामी “आखिरी दिन[को]” पनि आखिरी समयमा बाँचिरहेको हुनाले प्रचार गर्ने समय धेरै छैन भनेर हामीले बुझेका छौं। (२ तिमो. ३:१) यतिञ्जेल हामीले आफ्नो परिवारका भौतिक आवश्‍यकताहरू पनि पूरा गर्नुपर्छ। (१ तिमो ५:८) पहिलाजस्तो आफ्नो आयस्रोत पर्याप्त नहुन पनि सक्छ। सायद हाम्रो स्वास्थ्य पहिलाजस्तो छैन होला। अनि साँच्चै भन्‍ने हो भने हामी आफ्नैलागि पनि समय र पैसा खर्च गर्न चाहन्छौं। (उप. ३:१२, १३) त्यसैले, अग्रगामी गर्ने निमन्त्रणा स्वीकार्नु बुद्धिमानी होला कि नहोला भन्‍ने प्रश्‍न हाम्रो मनमा खेल्नसक्छ।

४ आफ्ना परिस्थितिहरू होसियारीसाथ केलाएर अग्रगामी गर्नसक्छौं या सक्दैनौं भनी निर्णय गर्नु हाम्रो व्यक्‍तिगत जिम्मेवारी हो। (रोमी १४:१२; गला. ६:५) अग्रगामी गर्ने आह्वानलाई थुप्रैले स्वीकारेका छन्‌ भनेर थाह पाउनु प्रोत्साहानदायी कुरा हो। यस आखिरी दिनको दबाउ तथा समस्याहरूको बावजूद वार्षिक पुस्तक १९९९-मा (अङ्‌ग्रेजी) प्रकाशित सेवा रिपोर्टअनुसार विश्‍वभरि यहोवाका झन्डै ७,००,००० जनहरू अग्रगामी गरिरहेका छन्‌। कठिन आर्थिक अवस्था, यातायात तथा स्वास्थ्य समस्याहरू वा अन्य प्रकारका कठिनाइ तथा समस्याहरू सामना गर्दै अग्रगामी गरे तापनि ती भाइबहिनीहरू असल काम गर्नदेखि थाकेका छैनन्‌ र यो सराहनीय कुरा हो। (गला. ६:९) उहाँलाई जाँचेर हेर भन्‍ने यहोवाको आग्रहलाई तिनीहरूले स्वीकारेका छन्‌। (मला. ३:१०) अग्रगामी गर्नु आफ्नो सीमित समय र स्रोतको सदुपयोग हो अनि अग्रगामी सेवा सुरु गर्न र त्यसलाई निरन्तरता दिइरहन गरिएका आवश्‍यक छाँटकाँटहरूमा यहोवाले साँच्चै आशिष्‌ दिनुभएको छ भनी तिनीहरूले महसुस गर्छन्‌।

५ अग्रगामीहरूले आशिष्‌ पाइरहेका छन्‌: सानी छोरी भएकी क्यामरूनकी एउटी बहिनी भन्छिन्‌: “छोरी जन्मेदेखि मैले सधैं उसलाई सेवकाईमा लाने गरेकी छु। ऊ हिंड्‌न थाल्नुअघि पनि मैले उसलाई पछाडि ढाडमा खास्टोले राम्ररी बाँधेर लग्थें। एक बिहान सेवकाईको दौडान म बाटो छेउको एउटा सानो पसलमा रोकिएँ। मेरो झोलाबाट केही पत्रिकाहरू झिकेर ऊ गई। टुकुटुकु हिंडेर नजिकैको अर्को पसलमा गई। धेरै कुरा भन्‍न नजाने तापनि उसले एउटी स्त्रीको ध्यान खिची र एउटा पत्रिका प्रस्तुत गरी। त्यस्तो सानी बच्चीले पनि सेवकाईमा भाग लिएको देखेर ती स्त्री तीन छक परिन्‌। ती स्त्रीले खुसीसाथ पत्रिका स्वीकार्नुका साथै गृह बाइबल अध्ययन गर्न पनि राजी भइन्‌!”

६ जाम्बियामा एक प्राचीन एवम्‌ परिवारका शिरले आफ्नो पूर्ण-समय जागिर र व्यस्त तालिकाको बावजूद अझ बढी सहायक अग्रगामीहरू चाहियो भन्‍ने आह्वान स्वीकारेर सहायक अग्रगामी गर्ने निर्णय गरे। तिनी मण्डली र आफ्नो परिवारको निम्ति असल नमुना बसाल्न चाहन्थे। कहिलेकाहीं तिनी सडक छेउ गाडी रोक्थे अनि पारिवारिक आनन्दको रहस्य-को श्रव्यक्यासेट बजाएर बटुवाहरूलाई सुन्‍न आमन्त्रित गर्थे। यसरी तिनले १६ वटा पारिवारिक आनन्द र १३ वटा ज्ञान पुस्तक प्रस्तुत गर्नुका साथै दुइटा बाइबल अध्ययन पनि स्थापित गरे।

७ छिमेकी राष्ट्र जिम्बाबेमा पनि असल अग्रगामी मनोभाव देखियो। अप्रिल १९९८ मा ११७ प्रकाशकहरू भएको एउटा मण्डलीमा ७० जनाले सहायक अग्रगामी र ९ जनाले नियमित अग्रगामी गरे। चौरानब्बे जना प्रकाशकहरू भएको अर्को मण्डलीमा ५८ जनाले सहायक अग्रगामी गरे। अझ अर्को मण्डलीले १२६ प्रकाशकहरूमध्ये ५८ जनाले सहायक अग्रगामी र ४ जनाले नियमित अग्रगामी गरेको रिपोर्ट गऱ्‍यो। गत सेवा वर्ष जिम्बाबेको निम्ति उल्लेखनीय साबित भयो। आफ्ना पारिवारिक कामकुराहरू, मण्डलीका गतिविधि तथा शाखा कार्यालयको निर्माण कार्यमा व्यस्त भए तापनि त्यहाँका भाइबहिनीहरूले बुद्धिमानी साथ सेवकाईमा समय बिताए।

८ आफ्नै बलमा अग्रगामी थाल्नु अनि त्यसैमा लागिरहनु सकिंदैन भनेर अग्रगामीहरूले बुझेका छन्‌। आफूले गरिरहेका कामकुराहरू “परमेश्‍वरले दिनुभएको बल[द्वारा]” नै सम्भव भएको हो भनी तिनीहरू सहजै स्वीकार्छन्‌। (१ पत्रु. ४:११) आफ्नो विश्‍वासले तिनीहरूलाई दिनदिनै सेवकाईमा लागिरहन सक्षम बनाउँछ। आफ्नो सुख, सुविधा नखोजी अघि बढ्‌दा ‘दुःख पनि पाउनसक्छ’ भनी सफल अग्रगामीहरूले बुझेका छन्‌ तर त्यसो गरेर तिनीहरूले थुप्रै आशिष्‌हरू पाउँछन्‌।—१ थिस्स. २:२.

९ पावलको अनुकरणीय नमुना: प्रेरित पावलले सेवकाईमा प्राप्त गरेका उपलब्धिहरू तथा तिनले थुप्रै मानिसहरूलाई दिएका उत्तम सहयोगहरू बाइबलमा लिपिबद्ध गरिएका छन्‌। पावललाई कामको अत्यन्तै बोझ थियो। तिनले सुसमाचार प्रचार गर्न तथा मण्डलीहरूलाई बलियो बनाउन सतावट तथा शारीरिक कठिनाइहरू भोगे। तिनको गम्भीर स्वास्थ्य समस्या पनि थियो। (२ कोरि. ११:२१-२९; १२:७-१०) तिनी बुद्धिमानीसाथ आफ्नो समयको सदुपयोग गर्न कटिबद्ध थिए। यहोवाको मदतद्वारा सबै कार्य गर्नसकें भनी तिनले स्वीकारे। (फिलि. ४:१३) पावलले मदत गरेका कुनै व्यक्‍तिले पनि तिनले यहोवाको सेवामा बिताएको समय र प्रयास व्यर्थैमा गयो वा त्यसलाई तिनले अझ राम्रो तरिकामा बिताउनसक्थ्यो भनेर भन्‍न सक्दैन। पावलले बुद्धिमानीपूर्वक समयको सदुपयोग गरेको हुनाले आज हामीले पनि फाइदा उठाइरहेका छौं! जीवनमा आफ्ना प्राथमिकताहरू निर्धारित गर्न र यी कठिन समयमा सत्यलाई अँगालिरहन मदत दिने तिनको प्रेरित सल्लाहको हामी कत्ति मूल्यांकन गर्छौं!

१० अहिले ‘सुसमाचार प्रचार गर्न समय अत्यन्तै अल्प भएको’ छ। (१ कोरि. ७:२९; मत्ती २४:१४) अतः आफूलाई यी प्रश्‍नहरू सोध्नु उपयुक्‍त छ, ‘भोलि नै अचानक मेरो जीवनको अन्त हुने हो भने के मैले आफ्नो समय बुद्धिमानीपूर्वक सदुपयोग गरेको छु भनेर आज यहोवालाई भन्‍नसक्छु?’ (याकू. ४:१४) उहाँको साक्षीको हैसियतमा तपाईं आफ्नो समय बुद्धिमानीसाथ चलाउन चाहनुहुन्छ भनी यहोवासित अहिल्यै प्रार्थनामा कुरा गरे कसो होला? (भज. ९०:१२) तपाईंको जीवन सरल बनाउन यहोवासित प्रार्थनामा मदत माग्नुहोस्‌। तपाईंलाई पहिला अग्रगामी गर्न सकिंदैन जस्तो लागेको भए तापनि के अब भने गर्न सकिन्छ जस्तो लाग्यो?

११ आफ्नो परिस्थितिको पूरा फाइदा उठाउनुहोस्‌: हो, आ-आफ्नो परिस्थितिले गर्दा इच्छा हुँदाहुँदै पनि सबैले नियमित अग्रगामीको रूपमा महिनामा ७० घण्टा पुऱ्‍याउन सक्दैनन्‌। तथापि, थुप्रै प्रकाशकहरूले आफ्नो समय मिल्दा वा निरन्तर रूपमा सहायक अग्रगामी गरेर महिनामा ५० घण्टा बिताउने प्रबन्ध मिलाउँछन्‌। अहिले तपाईंको परिस्थिति सहायक वा नियमित अग्रगामी गर्न नसक्ने छ भने निरुत्साहित नहुनुहोस्‌। तपाईंको परिस्थिति परिवर्तन होस्‌ भनेर खुरन्धार प्रार्थना गरिरहनुहोस्‌। छाँटकाँट गर्न सम्भव नभइञ्जेल तपाईंले यहोवाको सेवामा तनमनले जे जति गरिरहनुभएको छ, त्यसैमा उहाँ खुसी हुनुहुन्छ भनी ढुक्क हुनुहोस्‌। (मत्ती १३:२३) तपाईं उहाँको पक्षमा दृढ हुनुहुन्छ अनि तपाईं हरेक महिना साक्षी दिने सुअवसरहरूको सदुपयोग गर्न अथक प्रयास गर्नुहुने विश्‍वासी प्रकाशक हुनुहुन्छ भनी उहाँ जान्‍नुहुन्छ। तपाईंले साक्षी दिने कलालाई तिखार्दै सुसमाचारको उत्कृष्ट प्रचारक तथा शिक्षक हुन प्रगति गर्न सक्नुहुन्छ।—१ तिमो. ४:१६.

१२ “परमप्रमुको त्यो महा र भयंकर दिन” अत्यन्तै नजिक भएकोले हामीलाई दिइएको काम पूरा गर्ने हो भने हामी बाँकी रहेको समय बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ। (योए. २:३१) शैतानलाई आफ्नो समय अल्प छ भनेर थाह छ। त्यसैकारण अहिले त्यसले आफ्नो शक्‍तिमा भएको सबै साधनहरू चलाएर हाम्रो जीवन जटिल बनाउनुका साथै साँच्चै महत्त्वपूर्ण कुराहरूबाट हामीलाई अलमल्याउन सक्दो प्रयास गरिरहेको छ। (फिलि. १:१०; प्रका. १२:१२) परमेश्‍वरले तपाईंप्रति लिनुहुने चासोलाई कहिल्यै हल्कासित नलिनुहोस्‌। यहोवाले तपाईंको जीवन सरल बनाउनका साथै सेवकाईमा सक्दो गर्न मदत दिन सक्नुहुन्छ। (भज. १४५:१६) तर खुसीको कुरा के छ भने, आफ्नो परिस्थितिलाई पुनः केलाउँदा थुप्रै सहायक वा नियमित अग्रगामी गर्न सक्षम भएका छन्‌। निस्सन्देह, अग्रगामीहरू आफ्नो समयको सदुपयोग गर्दा सन्तुष्टि अनुभव गर्छन्‌। के तपाईं पनि तिनीहरूमध्ये एक हुनुहुनेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने