प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 मे पृ. १
  • पहिल्यै योजना बनाउनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिल्यै योजना बनाउनुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • ग्रीष्म ऋतुमा के गर्ने योजना बनाउनुभएको छ?
    हाम्रो राज्य सेवकाई—१९९६
  • “उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • समय खेर नफालौं
    हाम्रो राज्य सेवकाई—२००५
  • ग्रीष्म ऋतुमा ईश्‍वरतान्त्रिक क्रियाकलापहरू पछ्याउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 मे पृ. १

पहिल्यै योजना बनाउनुहोस्‌!

१ यहोवाको संगठनले हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्नसक्ने नियमित ईश्‍वरतान्त्रिक कार्यक्रमहरूको प्रबन्ध गरेको छ। यदि हामी यस्ता कार्यक्रमको मूल्यांकन गर्छौं भने, परिभ्रमण निरीक्षकको भ्रमण, सम्मलेन तथा अधिवेशनहरू जस्ता सम्पूर्ण प्रबन्धहरू अनि विशेष स्थानीय कार्यक्रमको पूरापूर फाइदा उठाउनेछौं। (मत्ती ५:३) तथापि, अन्य योजनाहरूले गर्दा कोही कोही यस्ता थुप्रै आध्यात्मिक प्रबन्धहरूको पूरापूर फाइदा उठाउन सक्दैनन्‌। यसो हुन नदिन के गर्न सकिन्छ? अन्य कामकुराहरूले ईश्‍वरतान्त्रिक गतिविधि जस्ता “बढी महत्त्वपूर्ण कुराहरूलाई” अल्मल्याउन नपाओस्‌ भनेर पक्का गर्न हामी के गर्नसक्छौं?—फिलि. १:१०, NW.

२ विचार पुऱ्‍याएर बुद्धिमानी योजना बनाउनु अयावश्‍यक: हितोपदेश २१:५ यस्तो सल्लाह दिन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।” यदि हामी आध्यात्मिक “लाभ” उठाउन चाहन्छौं भने ईश्‍वरतान्त्रिक गतिविधिहरूलाई मनमा राख्दै पहिल्यै योजना बनाउनुपर्छ। व्यक्‍तिगत कार्यक्रम बनाउनुपर्दा आध्यात्मिक आशिष्‌हरू प्राप्त गर्न उपस्थित हुने समयसित नजुध्ने गरी बनाउनुपर्छ। हुन लागेका ईश्‍वरतान्त्रिक क्रियाकलापहरूलाई मनमा नराखी आफ्नो इच्छाअनुसार हतारमा व्यक्‍तिगत कामकुराहरूको योजना बनायौं भने आध्यात्मिक “अभावमा” पर्नसक्ने सम्भावना हुन्छ।

३ मौका नगुमाउनुहोस्‌! बिदा मनाउने, व्यापारिक भ्रमणमा जाने, नातेदार भेट्‌ने र त्यस्तै योजना हामीहरू सबै नै बनाउने गर्छौं। तर यी योजनाहरूलाई पक्का गर्नुअघि आउँदै गरेको आध्यात्मिक गतिविधिहरूको तालिकालाई विचार गर्नुहोस्‌। तपाईं बाहिर जानुहुने समयमा क्षेत्रीय निरीक्षको भ्रमण वा सम्मेलन हुँदैछ भने ती कार्यक्रमहरूमा भाग लिनसक्न आफ्नो निजी कार्यक्रममा यथाशक्य काँटछाँट गर्नुहोस्‌। हुन लागेका ठूलठूला कार्यक्रमहरूको तालिकाबारे हामीलाई निकै अघि नै थाह दिइसकेको हुन्छ। स्थानीय तवरमा गरिएका योजनाहरूबारे तपाईंको मण्डलीका प्राचीनहरूले तपाईंलाई बताउनसक्छन्‌।

४ दूरदर्शी भएर बढी महत्त्वपूर्ण कुराहरूको पहिल्यै योजना बनाउने गऱ्‍यौं भने, “परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति . . . धार्मिकताका फलले भरिपूर” हुनेछौं।—फिलि. १:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने