प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 सेप्टेम्बर पृ. ६
  • परमेश्‍वरको महिमा गर्ने असल चालचलन कायम राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको महिमा गर्ने असल चालचलन कायम राख्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • “भलाइ गर्ने चेष्टा गर”
    हाम्रो राज्य सेवकाई—२००२
  • “जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌”
    हाम्रो राज्य सेवकाई—२०००
  • आफ्नो सबै चालचलनमा पवित्र हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • असल कार्य गरेर प्रशंसाको पात्र बन्‍नुहोस्‌!
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 सेप्टेम्बर पृ. ६

परमेश्‍वरको महिमा गर्ने असल चालचलन कायम राख्नुहोस्‌

१ हामी जहाँ भएपनि हाम्रो चालचलन, पहिरन र कोरीबाटीले हामी र हामीले उपासना गर्ने परमेश्‍वरको साक्षी दिन्छ। परमेश्‍वरका जनहरूका ठूलठूला जमघटहरूमा थुप्रै मानिसले हामीलाई नियालेर हेरिरहेका हुन्छन्‌, त्यहाँ यो कुरा अझ प्रस्ट हुन्छ। हामी उदाहरणीय भयौं भने, यहोवाको नाउँ महिमित हुन्छ। (१ पत्रु. २:१२) तथापि, कुनै व्यक्‍तिको खराब बानी अथवा लापरवाहीले परमेश्‍वरको नाउँ र उहाँका जनहरूमाथि कलंक लगाउनसक्छ। (उप. ९:१८ख) हाम्रो चालचलन देखेर बाहिरका मानिसहरूले हाम्रो संगठन र हामीले उपासना गर्ने परमेश्‍वरको लेखाजोखा गर्छन्‌ भन्‍ने बुझेर ‘जेसुकै गरे पनि सबै परमेश्‍वरकै महिमाको निम्ति गर्न’ हामी सजग हुनुपर्ने हो।—१ कोरि. १०:३१.

२ होटलहरूमा उदाहरणीय चालचलन देखाउने: प्रायः होटलका कर्मचारीहरू यहोवाका साक्षीहरूको भद्र अनि असल बानीबेहोरा र सफाइ देखेर निकै प्रभावित भएका छन्‌। आफ्नो होटलमा बस्ने साक्षी परिवारहरूबारे एक जना प्रबन्धकले यस्तो अनुभव व्यक्‍त गरे: “यहोवाका साक्षीहरूका छोराछोरीहरू मैले अहिलेसम्म देखेका सबैभन्दा असल बच्चाहरू हुन्‌! तिनीहरू भद्र लुगा लगाउँछन्‌। नम्र, भलादमी र असल व्यवहारका छन्‌। अनि तिनीहरू कुनै समस्या खडा गर्दैनन्‌। तपाईंहरू तपाईंका बालबच्चाहरूका निम्ति साँच्चै प्रशंसायोग्य हुनुहुन्छ। तपाईंका बालबच्चाहरूलाई यहाँ राखेर हामीले निकै आनन्द उठायौं।” हामीसित व्यवहार गर्ने व्यक्‍तिहरूले यहोवाका जनहरूमाझ प्रेम अनि आदर देखेका हुनाले यस्ता थुप्रै टिप्पणी प्राप्त भइरहेका छन्‌।

३ अर्कोतिर, अन्य होटलका कर्मचारीहरूले गरेको टिप्पणीले अझै पनि कोही कोही लापरवाही भएको वा होटलले उपलब्ध गराएका सुविधाहरूको दुरुपयोग गरेको बुझिन्छ। यसले समस्या खडा गर्छ र हाम्रो नराम्रो आलोचना पनि हुनसक्छ, जुन वास्तवमा पटक्कै हुनु नपर्ने हो। स्विमिङ पुल अथवा अन्य मनोरञ्जनका सुविधाहरू प्रयोग गर्दा आमाबाबुहरूले छाडा छोडेका हुनाले केटाकेटीहरू र किशोरकिशोरीहरूले कोलाहल मच्चाएको र अनुशासनहीन कामहरू गरेको गुनासो केही प्रबन्धकहरूले गरेका छन्‌।

४ प्रायजसो होटलहरूमा पाहुनाहरूले पालन गर्नुपर्ने नियमहरू हुन्छन्‌। केही भाइहरूले अचाक्ली हल्ला गरेर वा आफ्नो कोठामै खाना पकाएर यी नियमहरू भंग गरेका छन्‌। यसरी निषेधित क्षेत्रमा खाना पकाउनु भनेको प्रायः भइरहने सार्वजनिक दुरुपयोग हो भनेर होटलका प्रबन्धकहरू बताउँछन्‌। यसो गर्दा कोठामा क्षति त पुग्यो नै तर त्यसको साथसाथै त्यहाँ बाँकी रहेको गन्धले गर्दा त्यो कोठालाई हप्ता दिन वा त्योभन्दा बढी समयसम्म भाडामा समेत दिन सकिएन। खाना पकाउने विशेष अनुमति नपाउञ्जेल कोठामा पटक्कै त्यसो गर्नु हुँदैन।

५ होटलको व्यवस्थापनले गरेको प्रबन्धअनुसार पूर्णतया चल्न हामीले सक्दो प्रयास गर्नुपर्छ। निश्‍चय पनि हामी यहोवाका जनहरू नराम्रो छाप छोड्‌न चाहँदैनौं। मसीहीहरूको हैसियतमा हामी हर समय इमानदार हुनुपर्छ। होटलबाट हामीले तन्‍ना वा अन्य चीज “चिनोको रूपमा” लैजानु हुँदैन किनभने त्यो चोरी हो। न त हामीले कोठा रिजर्भ गर्दा वा त्यहाँ बस्न जाने बेला एउटा कोठामा कति जना बस्नेछौं भनी सही रिपोर्ट नगरी झूट नै बोल्नेछौं।

६ अधिवेशनमा भद्र हुने: जस्तोसुकै भवनको प्रयोग गरिए तापनि अधिवेशनको दौडान त्यसलाई ठूलो राज्य भवन सम्झनुपर्छ। स्थानीय राज्य भवनमा उपस्थित हुँदाजस्तै पहिरन तथा कोरिबाटी उचित खालको हुनुपर्छ। अधिवेशनको दौडान र त्यसको अघिपछि पनि भाइबहिनीहरूले संसारको आत्मा झल्काउने र साक्षीहरूको छवि बिगार्ने खालका अभद्र अथवा रंग न ढंगको लुगा लगाउनुहुँदैन। बहिनीहरूले आफ्नो स्कर्ट र लुगाहरूको ढाँचा र लम्बाइ भद्र खालका छन्‌ कि छैनन्‌, त्यसमा होसियार हुनुपर्छ। (१ तिमो. २:९, १०) अधिवेशनमा भाग लिंदा होस्‌ वा होटलमा बस्दा, रेस्टुराँमा खाना खान जाँदा होस्‌ वा पसलमा किनमेल गर्दा, हामीले हर समय आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा चिनाइरहेको हुनुपर्छ र ठेस लाग्ने कारण हुनुहुँदैन।—२ कोरि. ६:३.

७ अधिवेशनको दोस्रो दिन बिहान बप्तिस्मा दिइनेछ। हामीले त्यस अवसरमा जाहेर गर्नुपर्ने मनोवृत्तिबारे अप्रिल १, १९९५ को प्रहरीधरहरा पृष्ठ ३० मा व्याख्या गरिएको छ। यसले भनेअनुसार हामीले “बप्तिस्मालाई उपयुक्‍त गम्भीरतासाथ लिनुपर्छ। बप्तिस्मा भनेको स्वर उचालेर भावनात्मक अभिव्यक्‍ति प्रकट गर्ने, भोज गर्ने वा रसरंग गर्ने समय होइन। नता त्यो उदास वा मलिन हुने समय नै हो।” बप्तिस्मा लिनेहरू चाहे पुरुष हून्‌ वा स्त्री, धेरै छोटो अथवा अंग प्रदर्शन हुने लुगा लगाउनु अनुपयुक्‍त हुनेछ। तसर्थ, सबै जनाले मसीही बप्तिस्माको गम्भीरता र आनन्द झल्काउनुपर्छ।

८ पत्रुस हामीलाई “सबै पवित्र जीवन र भक्‍तिमा . . . कस्तो किसिमका मानिस हुनुपर्छ” भनेर सम्झाउँछन्‌। (२ पत्रु. ३:११) “परमेश्‍वरको वचन पालन गर्ने होओ” विषयक जिल्ला अधिवेशनमा हाम्रो वचन तथा कार्यले सोझो हृदय भएका मानिसहरूलाई सारा आदर र महिमा पाउन योग्य हाम्रा महान्‌ परमेश्‍वरलाई चिन्‍न र उपासना गर्न मदत गर्न सकोस्‌।—१ कोरि. १४:२४, २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने