प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 सेप्टेम्बर p. ४
  • “भलाइ गर्ने चेष्टा गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “भलाइ गर्ने चेष्टा गर”
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • बढिया काममा नमुना बन्‍नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
  • यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन २००८
    हाम्रो राज्य सेवकाई—२००८
  • “जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्‌”
    हाम्रो राज्य सेवकाई—२०००
  • “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌”
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 सेप्टेम्बर p. ४

“भलाइ गर्ने चेष्टा गर”

१ मसीही जीवन शैलीमा ‘सबैसँग भलाइ गर्ने चेष्टा गर्नु’ समावेश छ। (१ थिस्स. ५:१५) हाम्रो जिल्ला अधिवेशनमा उपस्थित हुँदा अरूको लागि केही भलाइ गर्ने हामीसित थुप्रै अवसरहरू छन्‌। यस वर्ष मानिसहरूले हामीलाई पहिलाभन्दा बढी नै याद गर्नेछन्‌। चेन्‍नाई, कोची र मुम्बईमा लगभग पाँच देखि दस हजारसम्म मानिसहरू भेला हुने अनुमान गरिएको छ। अधिवेशन सुन्‍ने वा हेर्ने सबैले आफूले अनुभव गरेका कुराहरूको आधारमा हामी कस्ता किसिमका मानिसहरू हौं भन्‍ने आ-आफ्नै निष्कर्ष निकाल्नेछन्‌। यहोवाका साक्षीहरूको असल नाउँ बनाउने हामीसित ठूलो मौका छ। हाम्रो सम्पर्कमा आउने सबै मानिसहरूले हामी बाइबल शिक्षाको कारण अरूभन्दा साँच्चै भिन्‍न छौं भन्‍ने कुरा थाह पाओस्‌ भन्‍ने हामी चाहन्छौं। हामी उनीहरूले हाम्रो सुव्यवस्था, स्वच्छता र चालचलनबारे टिप्पणी गरेको चाहन्छौं। उनीहरूको आफ्नै आँखाले हामीमाझ साँच्चै निःस्वार्थ भ्रातृ मनोभाव भएको र हामी ‘आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान दिन्छौं’ भन्‍ने कुरा देखेको चाहन्छौं। (फिलि. २:४) यी अधिवेशनहरूमा हामीले यसो गर्न सक्ने केही तरिकाहरूमा ध्यान दिनुहोस्‌।

२ के तपाईंले कोठा बुकिङ गरिसक्नुभयो? (१) हामीले छिट्टै बुकिङ गऱ्‍यौं भने, बस्ने कोठा वा डोरमेट्री अलि सस्तोमा मिलाउन भाइहरूलाई मदत मिल्छ। बस्ने कोठा एक चोटि बुकिङ गरिसकेपछि अर्को जतिसुकै राम्रो कोठा पाए तापनि यसलाई फेरबदल नगर्नु महत्त्वपूर्ण छ। हाम्रो “हो भने, हो” हुनुपर्छ। (मत्ती ५:३७) (२) आवश्‍यक अग्रिम रकम पठाउनुभएन भने, तपाईं बस्ने कोठा तपाईंको लागि छुट्याइएको हुनेछ भनेर आशा नगर्नुहोस्‌। (३) होटेलका कर्मचारीहरूले आफ्नो काम ढिला गरिरहेका छन्‌ भने पनि उनीहरूप्रति धैर्य तथा आदर देखाउनुहोस्‌। (४) होटेलका कर्मचारीले तपाईंको कोठा सफा गरिदिने भए तापनि सफाइसम्बन्धी यहोवाको स्तर झल्किने किसिमले सधैं आफ्नो कोठा सफासुग्घर राख्नुहोस्‌। (५) होटेलका विभिन्‍न ठाउँहरू प्रयोग गर्ने सम्बन्धमा होटेलका सबै नियमहरू पालन गर्नुहोस्‌। (६) बेयरा र कोठा सफा गर्नेको लागि ग्राहकले दिने बक्सिस छोडिराख्नुहोस्‌।

३ भलाइ गर्न छोराछोरीलाई सिकाउने: मानिसहरूले हाम्रा छोराछोरीहरूलाई पक्कै याद गर्छन्‌ र धेरैजसो अवस्थामा यसरी याद गर्ने मानिसहरू हाम्रै छोराछोरीहरूद्वारा प्रभावित भएका छन्‌। आमाबाबुहरू हो, हरपल र सबै ठाउँमा छोराछोरीले कस्तो किसिमको मसीही आचरण देखाएको आशा गरिन्छ भन्‍ने सन्दर्भमा अधिवेशनअघि उनीहरूसित बसेर केही समय छलफल गर्नुभयो भने धेरै लाभदायी हुनेछ। (एफि. ६:४) उदाहरणका लागि, निष्कपट मसीही प्रेम “बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन” भनी उनीहरूलाई बुझाउनुहोस्‌। (१ कोरि. १३:५) यी शब्दहरू साँचो साबित गर्न वयस्कहरूले सबैसामु प्रत्यक्ष हुने असल उदाहरण बसाल्न सक्छन्‌। छोराछोरीहरू हो, तपाईंहरू पनि आफ्ना आमाबाबुले भनेको कुरा पालन गरेर, होटेलको सम्पत्तिप्रति आदर देखाएर अनि आफू वरपरका मानिसहरूको ख्याल गरेर भलाइ गर्न सक्नुहुन्छ। (कल. ३:२०) एकताबद्ध भई सबैप्रति भलाइ गर्ने कोसिस गर्दा, हामी ‘सब कुराबाट परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा बढाउँछौं।’—ती. २:१०.

४ हाम्रो असल आचरणले हामीलाई याद गर्नेहरूलाई मात्र नभई हाम्रो आलोचना गर्नेहरूलाई समेत कुनै न कुनै तरिकामा सकारात्मक असर पक्कै पार्छ। अधिवेशनमा होस्‌ या अधिवेशन हुने शहरभरि अर्थात्‌ बाटोमा हिंड्‌दा, रेष्टुराँमा खाँदा, आफ्नै कोठामा आराम गर्दा वा अनौपचारिक साक्षी दिंदा होस्‌, हाम्रो मसीही बोली तथा कामले हामी असल गर्ने चेष्टा गर्छौं भन्‍ने कुरा प्रमाणित गर्नुपर्छ।

[पृष्ठ ४-मा भएको पेटी]

कृपया नबिर्सनुहोस्‌:

■ आफू बसेको होटेलका कर्मचारीहरूप्रति धीरजी हुनुहोस्‌ तथा आदर देखाउनुहोस्‌।

■ होटेलमा बसेका सबै अतिथिहरूलाई विचार गरेर होटेल वा डोरमेट्रीका नियमहरू पालन गर्नुहोस्‌।

■ सकेसम्म कोठाहरू सफासुग्घर राख्नुहोस्‌।

■ आफ्ना छोराछोरीलाई हरबखत आफ्नो निगरानीमा राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने