प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जुलाई पृ. ६
  • असल कार्य गरेर प्रशंसाको पात्र बन्‍नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल कार्य गरेर प्रशंसाको पात्र बन्‍नुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌”
    हाम्रो राज्य सेवा—२०१४
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • परमेश्‍वरको महिमा गर्ने आचरण
    हाम्रो राज्य सेवा—२०१३
  • हाम्रो जिल्ला अधिवेशन—सत्यको पक्षमा जोडदार प्रमाण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 जुलाई पृ. ६

असल कार्य गरेर प्रशंसाको पात्र बन्‍नुहोस्‌!

१ “तिनीहरूसित भएजस्तो शान्ति मैले अरू मानिसहरूमा कहिल्यै देखेको छैन।” “यस समूहका मानिसहरूलाई यहाँ राख्न पाएकोमा खुसी छु।” उक्‍त टिप्पणीहरू संगठनात्मक रूपमा हाम्रो असल प्रतिष्ठा र ख्यातिलाई जोड दिंदै गत वर्षको जिल्ला अधिवेशनपश्‍चात्‌ पर्यवेक्षकहरूबाट प्राप्त धेरै सकारात्मक टिप्पणीहरूमध्ये केही मात्र हुन्‌। (हितो. २७:२; १ कोरि. ४:९) अन्ततः यस्ता प्रशंसाहरूले यहोवाको महिमा गर्छ। (मत्ती ५:१६) यस वर्षको “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक जिल्ला अधिवेशनमा परमेश्‍वरको प्रशंसा गर्ने अर्को एउटा अत्यन्तै राम्रो मौका हाम्रोसामु छ।

२ अधिवेशनमा असल आचरण देखाउने सन्दर्भमा हरेक वर्ष हामी मायालु सम्झौटाहरू पाउने गर्छौं। किन? किनभने संसारको चालचलन, पहिरन र आचरण खस्कँदै गइरहेको छ र हामी तिनीहरूको चालढाल अनुकरण गर्न बहकिदैनौं। हामी आफ्नो असल नाउँमा कलंक लगाउन चाहँदैनौं। (एफि. २:२; ४:१७) त्यसैले आउनुहोस्‌, निम्न सल्लाहरूलाई मनमा खिलेर राखौं।

३ होटेलमा असल चालचलन देखाउनुहोस्‌: हामी इमानदार मानिसहरूको रूपमा चिनिन्छौं। (हिब्रू १३:१८) त्यसैले, होटेलको कोठामा कति जना मानिसहरू बस्दैछन्‌ भनी साँचो कुरा बताउनुपर्छ। अनुमति छैन भने होटेलको कोठामा पकाउनु हुँदैन। एक जना होटल प्रबन्धकले टिप्पणी गरेअनुसार यहोवाका साक्षीहरूको लागि कोठा भाडा कम गर्न सकिन्छ किनभने तिनीहरूले कहिल्यै पनि होटेलको रुमाल चोर्दैनन्‌। यहोवाका साक्षीहरूले सर-सामानहरूको हिफाजत गर्छन्‌ भनेर उक्‍त प्रबन्धकलाई राम्ररी थाह छ। होटेलमा “सजाएर राखेका चीजबीजहरू” हामी पक्कै लाने छैनौं। बरु, तिनीहरूले हाम्रो सेवा गरेबापत केही बक्सिस दिने स्थानीय चलन छ भने दिनुहोस्‌। अनि होटेलका कर्मचारीहरूसँग व्यवहार गर्दा सधैं शिष्ट र धीरजी हुनुहोस्‌।

४ हाम्रा जवान भाइबहिनीहरूको शिष्ट एवम्‌ आज्ञाकारी चालचलन देखेर अरू मानिसहरू प्रभावित हुन्छन्‌। (एफि. ६:१, २) आमाबाबु हो, आफ्ना छोराछोरीले स्वीमिङ पुल वा अन्य मनोरञ्जनका साधनहरू प्रयोग गर्दा अरूलाई असुविधा नपुगोस्‌ भन्‍ने हेतुले उनीहरूको राम्रो रेखदेख गर्नुहोस्‌। विशेष गरी सबैले रातको समयमा जोरसित ढोका लगाउने वा हो-हल्ला गर्ने गर्नु हुँदैन।

५ हामी बसेको होटेलमा बस्ने अन्य गैर-साक्षी व्यक्‍तिहरूको ख्याल गरेर हामी उनीहरूप्रति असल व्यवहार गर्नसक्छौं। अधिवेशनमा आएका प्रतिनिधिहरूले आ-आफ्नो खाना चिस्याउने भाँडोहरू भर्न आइस मेशिनका सबै वरफहरू सिध्याउँछन्‌ भनी केही होटेलहरूले गुनासो गरेका छन्‌। त्यसै गरी, होटेलले दिएको खाना लैजानु वा पछि प्रयोगको लागि भनेर आफ्नो भाँडोमा टन्‍न कफी भरेर लैजानु राम्रो कुरा होइन। हामी होटेलको नीति नियममा बस्नु नपर्ने विशेष व्यक्‍तिहरू हौं भनी हामीले कहिल्यै सोच्नु हुँदैन।

६ अधिवेशनस्थलमा असल आचरण देखाउनुहोस्‌: अधिवेशन आउने केही भाइहरूले परिचारक भाइहरूको कुरा सुन्‍न नमानेको र तिनीहरूसँग अशिष्ट ढंगमा बोलेको कुरा थाह हुन आएको छ। परिचारक भाइहरूको कुरा नसुनी पार्किङ निषेधित क्षेत्रमा पार्किंङ गर्दा अधिवेशन आउने केही भाइबहिनीहरूको गाडी प्रहरीले लगेका छन्‌। मपाईं मनोवृत्तिले असल आचरण भएको व्यक्‍ति भन्‍ने चिनारी दिंदैन न त यसले यहोवाकै प्रशंसा गर्छ। त्यसकारण, हामी दयालु, धीरजी र सहयोगी होऔं।—गला. ५:२२, २३, २५.

७ अधिवेशनको ढोका बिहान ८:०० बजे खोल्नेबित्तिकै केही भाइबहिनीहरू “सबै भन्दा राम्रो” सिट ओगट्‌न दौड्‌दै, घचेटाघचेट गर्दै गइरहेको देखिन्छ। यस्तो आचरणले गर्दा केही व्यक्‍तिहरू घाइते भएका छन्‌। दिउँसोको लागि हलका खाना ल्याउन सुझाउ दिइएको भए तापनि भोजै जस्तो गर्नु चाहिं उचित होइन। किनकि यसो गर्दा कुनै पिकनिक वा पार्टी पो भइरहेको छ कि भन्‍ने भान पर्न जान्छ, जुन विशेष गरी रमणीय स्थलहरूमा घुम्न जाँदा र यस्तै प्रकारका जमघटहरूमा गर्ने गरिन्छ।

८ आफ्नो पहिरन र कोरीबाटीबाट असल आचरण देखाउनुहोस्‌: गत वर्षका जिल्ला अधिवेशनहरूमध्ये एउटा अधिवेशनबारे एक शहरको अखबारका सम्पादकले यस्तो लेखे: “सबैभन्दा उल्लेखनीय पक्ष नै साक्षीहरूको व्यवहार थियो। त्यति धेरै मानिसहरूको मर्यादित तथा आदरपूर्ण व्यवहार हेर्न पाउनु साँच्चै मनमोहक थियो। निकै भद्र पोसाक लगाएका विभिन्‍न जाति र वर्गका सयौं परिवारहरू रंगशालामा शान्तपूर्वक ओइरिरहेका थिए। अरू बेला रंगशालामा भेला हुने भीडभन्दा तिनीहरूको आचरण निकै भिन्‍न थियो। वास्तवमा, अन्य भीडहरूभन्दा साक्षीहरू साँच्चै फरक छन्‌। जताततै अभद्र व्यवहार देखिनु सामान्य कुरा भइसकेको छ। . . . साँच्चै, साक्षीहरूको भीड मनमोहक छन्‌।” हाम्रो पहिरन तथा कोरीबाटी वा हाम्रो आचरण अधिवेशनको आध्यात्मिक वातावरणलाई खलल पुऱ्‍याउने कारण नबनोस्‌।—फिलि. १:१०; १ तिमो. २:९, १०.

९ बप्तिस्मा लिंदा असल आचरण देखाउनुहोस्‌: बप्तिस्मा लिने उम्मेदवारहरूले यस अवसरलाई अति उच्च मर्यादा दिन चाहन्छन्‌। बप्तिस्मा लिने व्यक्‍तिको भद्र लुगाले यस अवसरको पवित्रताप्रति मूल्यांकन देखाइरहेको हुनेछ। बाइबल अध्ययन सञ्चालकहरूले बप्तिस्मा लिने आफ्ना बाइबल विद्यार्थीहरूलाई अधिवेशनमा उपस्थित हुनुअघि, प्रहरीधरहरा, अप्रिल १, १९९५ अंकको “पाठकहरूका प्रश्‍नहरू” छलफल गर्नु बेस हुनेछ।

१० हाम्रो शिष्टता र ईश्‍वरीय आचरण मसीही विश्‍वासको प्रमाण हो र यसले गर्दा निष्कपट हृदय भएका व्यक्‍तिहरूलाई सत्य चिन्‍न सजिलो हुन्छ। त्यसैले, ‘असल काम गरौं’ र “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक अधिवेशनमा उपस्थित हुँदा प्रशंसाको पात्र बनौं।—रोमी १३:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने