प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अगस्त p. ५
  • आफ्नो सबै चालचलनमा पवित्र हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो सबै चालचलनमा पवित्र हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌”
    हाम्रो राज्य सेवा—२०१४
  • आध्यात्मिक स्फूर्ति दिने तीन दिन
    हाम्रो राज्य सेवा—२०११
  • यहोवाको बाटो हेर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • बढिया काममा नमुना बन्‍नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अगस्त p. ५

आफ्नो सबै चालचलनमा पवित्र हुनुहोस्‌

१. आफ्नो सबै चालचलनमा पवित्र हुनु किन महत्त्वपूर्ण छ?

१ पवित्र परमेश्‍वर यहोवाका सेवकहरूको हैसियतमा हामी आफ्नो सबै चालचलनमा पवित्र हुने प्रयास गर्छौं। (१ पत्रु. १:१५, १६) यसको मतलब आफ्नो जीवनको हरेक क्षेत्रमा यहोवाका स्तरहरूलाई समर्थन गर्ने तथा कायम राख्ने हामी प्रयत्न गर्छौं। यो वर्ष सम्पन्‍न हुने जिल्ला अधिवेशनले हामीलाई पवित्र चालचलन देखाउने विशेष मौका प्रदान गर्नेछ।

२. होटलहरूमा हामी कसरी असल चालचलन देखाउन सक्छौं?

२ होटलहरूमा: गत वर्ष अधिवेशन आएका प्रतिनिधिहरू बसेको होटलका एक जना म्यानेजरले यसो भने: “यहोवाका साक्षीहरूजस्तो राम्रा मानिसहरू हाम्रो होटलमा बस्दा हामीलाई खुसी लाग्छ . . . आफ्नो होटलमा हामी तपाईंहरूजस्तो मानिस राख्न चाहन्छौं।” निम्न सम्झौटाहरू पालन गर्दा त्यसले हामीलाई आफ्नो असल नाउँ कायम राख्न मदत गर्नेछ: (१) साँच्चै चाहिनेभन्दा बढी कोठाहरू रिजर्भ नगर्नुहोस्‌ र अनुमति पाएभन्दा बढी मानिसहरूलाई आफ्नो कोठामा नराख्नुहोस्‌। (२) आफूले गरेको रिजरभेसन रद्द गर्नुपरेमा होटललाई तुरुन्त जानकारी गराइहाल्नुहोस्‌। (३)पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्‌। (४) कोठा सफा गर्ने हाउसकिपर र वेटरको लागि बक्सिस छोडिराख्नुहोस्‌। (५) आफ्ना पाहुनाहरू होटलमा बसुन्जेल होटलले निश्‍शुल्क प्रबन्ध गर्ने बिहानको चमेना, कफी र बरफजस्ता कुनै पनि प्रबन्धको नाजायज फाइदा नउठाउनुहोस्‌। (६) विशेष गरी एकदमै व्यस्त हुने चेक-इन र चेकआउटको बेलामा होटलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा आत्माको फल प्रदर्शन गर्नुहोस्‌।—गला. ५:२२, २३.

३. जवान साक्षीहरूको चालचलनले कसरी अरूलाई प्रभावित गर्न सक्छ?

३ हाम्रो असल चालचलनले प्रभावकारी साक्षी दिन सक्छ। गत वर्ष एक जना जवान साक्षीले होटल कर्मचारीलाई शिष्टतापूर्वक केही स्टेसनरी सामग्री मागे र त्यसपछि तिनलाई धन्यवाद दिए। त्यसले तिनलाई प्रभावित गऱ्‍यो र तिनले यस्तो टिप्पणी गरिन्‌: “यस्तो शिष्ट चालचलन भएका जवान व्यक्‍तिहरू आजकल तपाईं हतपती देख्न सक्नुहुन्‍न।” तथापि, कुनै-कुनै अवस्थामा भने सुपरिवेक्षणविना छोडिएका केटाकेटीहरू पौडी खेलिरहेको, लिफ्टमा खोलिरहेको, ठूलठूलो स्वरमा होहल्ला गरिरहेको र प्रेक्षालयमा दौडादौड गरिरहेको देखिएको छ। आमाबाबुहरूले आफ्ना छोराछोरीलाई सुपरिवेक्षणविना छोड्‌नुहुँदैन तर उनीहरूको चालचलनले यहोवाको प्रशंसा होस्‌ भन्‍नाका लागि उनीहरूको निगरानी गर्नुपर्छ।—हितो. २९:१५.

४. बाहिर रेष्टुराँहरूमा खाँदा हामी कसरी अरूको ख्याल गरेको देखाउन सक्छौं?

४ रेष्टुराँमा: अधिवेशनस्थल नजिकैको रेष्टुराँका एक जना बेयराले यस्तो टिप्पणी गरे: “साक्षीहरू अरू मानिसहरूभन्दा फरक छन्‌। उनीहरू अरूलाई आदर गर्छन्‌।” असल चालचलन देखाउनुमा खाइरहेका अन्य व्यक्‍तिहरूलाई बाधा नपुऱ्‍याउनको लागि ठूलठूलो स्वरमा नबोल्नु र नहाँस्नु समावेश छ। थुप्रै ठाउँहरूमा सेवाअनुसार १५ देखि लिएर २० प्रतिशतसम्म बक्सिस छोडिराख्ने चलन हुन्छ भन्‍ने कुरालाई पनि हामीले याद गर्नुपर्छ। खाँदा र पिउँदासमेत हामी सबै कुरा परमेश्‍वरकै महिमाको निम्ति गर्न चाहन्छौं।—१ कोरि. १०:३१.

५. अधिवेशनस्थलमा असल चालचलन देखाउनुमा के समावेश छ?

५ अधिवेशनमा: विशेष गरी अधिवेशनस्थलमा हाम्रो असल चालचलन प्रस्ट हुनुपर्छ। पार्किङ गर्ने ठाउँ र सभाभवनमा कृपया परिचारकहरूको निर्देशनअनुसार चल्नुहोस्‌। (हिब्रू १३:१७) गतवर्ष केरलामा सम्पन्‍न अधिवेशनहरूमध्ये एउटामा उपस्थित भएका एक जना इच्छुक व्यक्‍तिले यसो भने: “यहाँ सबै जना खुसी छन्‌। मलाई यस्ता मानिसहरूमाझ बस्न मनपर्छ।” अर्का एक जनाले चाहिं यस्तो टिप्पणी गरे: “मैले यस्तो एकदमै सुव्यवस्थित जमघट कहिल्यै देखेको छैनँ।” अन्य जवान व्यक्‍तिहरूको समूहमा आफ्ना छोराछोरीलाई सँगै बस्न दिनुको सट्टा परिवारहरू सँगै बस्नुपर्छ र यो कुरा किशोर-किशोरीहरूलाई पनि लागू हुन्छ। रेकर्ड गर्ने कुनै पनि किसिमका यन्त्रहरू सभाभवनको विद्युतीय अथवा ध्वनि प्रणालीमा जोड्‌नुहुँदैन र अरूलाई बाधा नपुऱ्‍याउने किसिमले मात्र यसलाई प्रयोग गर्न सकिन्छ। यदि तपाईं फोटो खिच्न चाहनुहुन्छ भने, कार्यक्रम भइरहेको बेला क्यामराको फ्ल्यास्‌ प्रयोग गर्नु हुँदैन। अरूको ध्यान भङ्‌ग नगर्न सेल फोन र पेजरहरू आवाज नआउने गरी मिलाएर राख्नुपर्छ। सभाभवनमा दुर्घटना भएको देख्नुभयो भने, कृपया परिचारक अथवा प्राथमिक उपचार विभागलाई खबर गर्नुहोस्‌। दक्ष चिकित्सा सहयोग सभास्थलमा उपलब्ध छ।

६. अधिवेशनमा हाम्रो चालचलनले कसरी परमेश्‍वरको महिमा गर्छ?

६ हाम्रो चालचलनले हामीलाई अरूभन्दा फरक देखाउनुका साथै हाम्रो परमेश्‍वरको महिमा गर्छ। (१ पत्रु. २:१२) अधिवेशनमा, यहोवाका साक्षीहरूको क्रियाकलाप सबैले देखिरहेका हुन्छन्‌। त्यसैकारण, आफ्नो सबै चालचलनमा पवित्र हुने सङ्‌कल्प गर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको पेटी]

पवित्र चालचलन देखाउनुहोस्‌

◼ होटलका सम्पूर्ण नियमहरू पालन गर्नुहोस्‌

◼ छोराछोरीको निगरानी गर्नुहोस्‌

◼ अरूको ख्याल गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने