प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 No. १ pp. ३-५
  • सत्य कहाँ पाउन सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्य कहाँ पाउन सकिन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ सत्य थाह पाउन सक्नुहुन्छ?
  • तपाईँ कसरी सत्य पत्ता लगाउनुहुन्छ?
  • सत्य कुराहरूले भरिएको उत्कृष्ट किताब
  • म किन सिक्न सक्दिनँ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • सत्यका परमेश्‍वरको देखासिकी गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ‘सत्यमा हिँडिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 No. १ pp. ३-५
एक जना व्यक्‍ति किताबले भरिएको तखतामा हेर्दैएक जना व्यक्‍ति किताबले भरिएको तखतामा हेर्दै

सत्य कहाँ पाउन सकिन्छ?

सत्य थाह पाउँदा त्यसले हाम्रो जीवन बचाउन सक्छ। उदाहरणको लागि, सरुवा रोग कसरी फैलिन्छ भन्‍ने प्रश्‍नको सही जवाफले हाम्रो जीवनमा कस्तो फरक पाऱ्‍यो, विचार गर्नुहोस्‌।

हजारौँ वर्षसम्म मानिसहरूले उक्‍त प्रश्‍नको जवाफ थाह पाएनन्‌ अनि महामारीले लाखौं मानिसको ज्यान लियो। पछि वैज्ञानिकहरूले सत्य कुरा पत्ता लगाए। ब्याक्टेरिया र भाइरसजस्ता सूक्ष्म जीवाणुहरूको कारण प्रायजसो रोग लाग्छ भनेर तिनीहरूले स्पष्ट पारे। त्यस सत्यले मानिसहरूलाई विभिन्‍न रोगबाट जोगिन अनि त्यसको उपचार गर्न मदत दियो। यसले गर्दा अरबौँ मानिसले अकालमा ज्यान गुमाउनु परेन बरु स्वस्थ जीवन बिताउन सके।

अरू महत्त्वपूर्ण प्रश्‍नहरूबारे चाहिँ के भन्‍न सकिन्छ? तल दिइएका यी प्रश्‍नहरूको सही जवाफले तपाईँको जीवनमा कस्तो असर गर्छ?

  • परमेश्‍वर को हुनुहुन्छ?

  • येसु ख्रिष्ट को हुनुहुन्छ?

  • परमेश्‍वरको राज्य भनेको के हो?

  • भविष्य कस्तो छ?

लाखौँ मानिसले यी प्रश्‍नहरूको जवाफ थाह पाएका छन्‌, जसले गर्दा तिनीहरूले अर्थपूर्ण जीवन बिताउन सकेका छन्‌। तपाईँ पनि यी प्रश्‍नहरूको जवाफ थाह पाएर लाभ उठाउन सक्नुहुन्छ।

के तपाईँ सत्य थाह पाउन सक्नुहुन्छ?

तपाईँ सोच्नुहोला, “सबै कुराको जवाफ पाउन कसरी सम्भव होला र?” हुन पनि सबै कुराको विषयमा सत्य कुरा थाह पाउन अहिले झनै गाह्रो हुँदै छ। किन?

प्रायजसो मानिसहरू सरकार, व्यापारीहरू वा सञ्चार-माध्यमले दिएको जानकारीमा विश्‍वास गर्दैनन्‌। धेरैलाई अरूले दिएको जानकारी सत्य हो कि होइन, छुट्याउन गाह्रो लाग्छ। किनभने कहिलेकाहीँ त्यस जानकारीमा व्यक्‍तिगत विचारधारा मिसाइएको हुन सक्छ अथवा सत्यलाई बङ्‌ग्याइएको हुन सक्छ वा त्यो जानकारी पूरै झूटो पनि हुन सक्छ। मानिसहरू एक-अर्कालाई विश्‍वास नगर्ने अनि धेरैजसो जानकारी गलत हुने भएकोले उनीहरू सत्य कुरामा पनि चासो लिँदैनन्‌, चाहे त्यसले उनीहरूको जीवनलाई असर नै किन नगरोस्‌।

यी चुनौतीहरूको बाबजुद जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको सही जवाफ पाउन सम्भव छ, तर कसरी? यसको लागि कुनै ठूलो उपाय नै अपनाउनुपर्छ भन्‍ने छैन बरु साधारण तरिका अपनाएर नै महत्त्वपूर्ण प्रश्‍नहरूको सही जवाफ पत्ता लगाउन सक्नुहुन्छ।

तपाईँ कसरी सत्य पत्ता लगाउनुहुन्छ?

तपाईँ हरेक दिन सत्य कुरा पत्ता लगाउन प्रयास गर्नुहुन्छ। उदाहरणको लागि, जेसिकालाई विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌, “मेरी छोरीलाई बदमको नराम्रो एलर्जी छ। बदमको अलिकति प्रोटिनले समेत उसको ज्यान लिन सक्छ।” जेसिकाले किन्‍ने खानेकुरा तिनको छोरीको लागि सुरक्षित छ कि छैन भनेर तिनले पक्का गर्नुपर्छ। यसबारे तिनी यसो भन्छिन्‌, “कुनै पनि खानेकुरा के-के तत्त्व मिलेर बनेको छ भनेर पत्ता लगाउन सुरुमा म खानेकुराको प्याकेटको लेबल चेक गर्छु। त्यसपछि थप अनुसन्धान गर्छु अनि कतै झुक्किएर खानेकुरामा बदमको प्रोटिन मिसिएको छ कि भनेर पक्का गर्न उत्पादकलाई समेत सम्पर्क गर्छु। कम्पनिको खानेकुरा उत्पादन गर्ने तरिकाप्रति ढुक्क हुन म अन्य भरपर्दो स्रोतहरूमा पनि अनुसन्धान गर्छु।”

उक्‍त व्यक्‍ति तखताबाट एउटा किताब रोज्छन्‌ अनि त्यसलाई आफ्नो इलेक्ट्रोनिक डिभाइसमा भेटेको कुरासित तुलना गर्छन्‌

सत्यतथ्य थाह पाउन तपाईँले हरेक दिन जेसिकाले गरेको जस्तो अनुसन्धान गर्नुपर्दैन होला तर आफ्नो प्रश्‍नको जवाफ पत्ता लगाउन तिनले जस्तै यी तरिका अपनाउन सक्नुहुन्छ:

  • सत्य-तथ्य थाह पाउनुहोस्‌।

  • थप अनुसन्धान गर्नुहोस्‌।

  • स्रोतहरू भरपर्दा छन्‌ कि छैनन्‌, पक्का गर्नुहोस्‌।

जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको सही जवाफ थाह पाउन पनि यही तरिका अपनाउन सक्नुहुन्छ। कसरी?

सत्य कुराहरूले भरिएको उत्कृष्ट किताब

जेसिकाले आफ्नो छोरीको खानेकुराको एलर्जीबारे अनुसन्धान गर्न जुन तरिका अपनाउँछिन्‌, बाइबलको सत्य कुरा थाह पाउन पनि तिनले सोही तरिका अपनाइन्‌। तिनी भन्छिन्‌, “बाइबलको लगनशील अध्ययन अनि अनुसन्धान गरेकोले मैले बाइबलबाट सत्य कुरा थाह पाएँ।” जेसिकाले जस्तै लाखौँ मानिसले बाइबलबाट यी प्रश्‍नहरूको जवाफ थाह पाएका छन्‌:

  • हामी किन यहाँ छौँ?

  • मरेपछि के हुन्छ?

  • हामी किन दुःखकष्ट भोग्छौँ?

  • दुःखकष्ट अन्त गर्न परमेश्‍वरले के गर्नुहुनेछ?

  • पारिवारिक जीवन सुखी बनाउन के गर्नुपर्छ?

उक्‍त व्यक्‍ति बाइबल पढ्‌छन्‌, तिनको कम्प्युटर खुला छ

तपाईँले बाइबल पढेर वा www.jw.org/ne मा गएर यी र अन्य प्रश्‍नहरूको सही जवाफ पत्ता लगाउन सक्नुहुन्छ।

प्रहरीधरहरा पत्रिकाको यस अङ्‌कमा निम्न प्रश्‍नहरू छलफल गरिनेछ:

  • परमेश्‍वर को हुनुहुन्छ?

  • येसु ख्रिष्ट को हुनुहुन्छ?

  • परमेश्‍वरको राज्य भनेको के हो?

  • भविष्य कस्तो छ?

आउनुहोस्‌, सबैभन्दा पहिले बाइबललाई किन सत्य कुराको भरपर्दो स्रोत मान्‍न सकिन्छ, त्यो विचार गरौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने