नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम
यहोवा परमेश्वर हाम्रो प्रेम अनि ऐकान्तिक भक्ति पाउन योग्य हुनुहुन्छ भनेर हामीलाई थाह छ। तथापि, यस संसारले हामीलाई उहाँबाट टाढा लैजानको निम्ति प्रलोभनमा पार्ने कोसिस गर्छ। (यूह. १७:१४) यहोवाप्रतिको प्रेमलाई सुदृढ पार्नुका साथै हामीलाई आध्यात्मिक खतरामा पार्नसक्ने सांसारिक कुराहरूको प्रतिरोध गर्नको लागि बलियो हुन सेवा वर्ष २००१ को सम्मेलन कार्यक्रमले मदत गर्नेछ। यसको विषय यसप्रकार हुनेछ, “परमेश्वरलाई प्रेम गर्नुहोस्—संसारमा भएका चीजलाई होइन।”—१ यूहन्ना २:१५-१७.
यहोवाप्रतिको गहिरो प्रेमले हामीलाई उहाँबारे साक्षी दिन उत्प्रेरित गर्छ। तैपनि, थुप्रै मानिसका लागि क्षेत्र सेवा सजिलो काम होइन। “परमेश्वरप्रतिको प्रेमले हामीलाई सेवकाईमा उत्प्रेरित गर्छ” भन्ने भागबाट थुप्रैले पूर्ण-समय सेवा गर्न लाज तथा अन्य बाधाहरू कसरी सामना गरे भनेर सिक्नेछौं।
यस संसारका विकृत स्तरहरूले हामीलाई कसरी असर गर्छन्? एकताक दुष्ट ठानिने व्यवहारहरूलाई अहिले सामान्य मानिन्छ। “यहोवालाई प्रेम गर्नेहरू हो, खराबीलाई घृणा गर्नुहोस्” विषयको भाषण र “यस संसारमा भएका चीजहरू—त्यसप्रति हामी कस्तो दृष्टिकोण राख्छौं?” गोष्ठी भाषणहरूले खराब इच्छाहरूलाई इन्कार गर्ने हाम्रो संकल्प अझ दृढ बनाउनेछ।
नमुना ईश्वरतान्त्रिक सेवकाई स्कूल तथा सेवा सभालगायत उक्त हप्ताको लागि प्रहरीधरहरा-को अध्ययन लेखको सारांश पनि कार्यक्रममा समावेश गरिएका छन्। “प्रेम र विश्वासले यस संसारलाई कसरी जित्छ” विषयको जन सम्बोधनले हामीलाई संसारका दबाउहरू सामना गर्न येशूको अनुकरण गर्ने प्रोत्साहन दिन्छ। (यूह. १६:३३) आफ्नो बाइबल अध्ययनलाई निम्त्याउन नबिर्सनुहोस्। बप्तिस्मा लिन चाहनेहरू सबैले सकेसम्म चाँडो अध्यक्षलाई खबर गरिहाल्नुपर्छ ताकि आवश्यक प्रबन्ध गर्न सकियोस्।
यहोवाले दिनुहुने प्रशस्त आशिष्को आनन्द उठाउन हाम्रो प्रेम कुन कुरामा केन्द्रित हुनुपर्छ भनेर यस क्षेत्रीय सम्मेलनले हाम्रो ध्यान खिच्नेछ। यसको कुनै पनि भाग नछुटाउनुहोस्!