प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 जनवरी p. ७
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन
    हाम्रो राज्य सेवकाई—२००९
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 जनवरी p. ७

नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

नयाँ सेवा वर्षको विशेष सम्मेलन दिन कार्यक्रमको विषय पूर्णतया धर्मशास्त्रमा आधारित छ: “परमेश्‍वरको अधीनमा बस्नुहोस्‌—दियाबलको विरोध गर्नुहोस्‌।” (याकू. ४:७) अहिलेको चुनौतीपूर्ण समयको लागि यो एकदमै उचित मार्ग-निर्देशन हो! यहोवाको आज्ञा पालन गर्दा हामी ठाडै शैतानको तारो हुन्छौं। हाम्रो विश्‍वासलाई नष्ट गर्न खोज्ने दियाबलका दुष्ट दाउपेचहरुको विरुद्ध कसरी दृढ रहने भन्‍ने विषयमा हामी यस कार्यक्रमबाट सिक्नेछौं। यस सम्मेलनमा हामीले प्राप्त गर्न सक्ने केही आध्यात्मिक खजानाहरू के-के हुन्‌?

“परिवारका सदस्यहरूको हैसियतमा ईश्‍वरीय अधीनता प्रकट ग[र्दा]” त्यसले कसरी परिवारलाई संसारको दबाउसामु दृढ राख्छ भनी क्षेत्रीय निरीक्षकले बुझाउनेछन्‌। हाम्रो आध्यात्मिकता खत्तम पार्न चाहने शैतानको विरोध किन गर्नुपर्छ अनि कस्तो प्रभावकारी कदम चाल्नुपर्छ भनेर “दियाबलको विरोध गर्नुको अर्थ के हो” विषयक अतिथि वक्‍ताको पहिलो भाषणले बताउनेछ। युवाहरू पनि दियाबलका युक्‍तिहरू विरुद्ध सचेत हुनुपर्ने भएकोले दुईवटा भाग विशेष गरी उनीहरूको लागि तयार पारिएको छ। आफू जवान छँदा धेरै मसीही वयस्कहरूले संसारको इच्छाअनुसार चल्न इन्कार गरे। तिनीहरूको व्यक्‍तिगत अनुभव सुनेर हामीले पनि आनन्द उठाउनेछौं।

मानव समाजका सबै सदस्यहरू अख्तियारवालाहरूप्रति आज्ञाकारी हुनु आवश्‍यक छ। त्यसकारण, अतिथि वक्‍ताको अन्तिम भाषणले ईश्‍वरीय अधीनता प्रकट गर्नुपर्ने चारवटा क्षेत्र प्रकाश पार्नेछ। ती हुन्‌: (१) सरकारप्रति, (२) मण्डलीमा, (३) सांसारिक पेसामा र (४) परिवारमा। कस्तो व्यावहारिक कार्यक्रम!

यस विशेष सम्मेलन दिनमा बप्तिस्मा लिन चाहनेहरूले मण्डलीको अध्यक्षलाई तुरुन्तै खबर गरिहाल्नुपर्छ। हामी सबैले सम्मेलन हुने मिति क्यालेण्डरमा चिह्न लगाइहाल्नुपर्छ र सम्पूर्ण सम्मेलन कार्यक्रममा उपस्थित हुने योजना बनाउनुपर्छ। सधैं हामी यहोवाको अधीनमा बस्यौं भने हामीले पाउने आशिष्‌ चिरस्थायी हुनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने