“नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य”
१ पृथ्वीभरिका मानिसहरूको मनमा यो प्रश्न उठेको पाइन्छ। शताब्दीयौंदेखि मानिसजातिले थुप्रै उपलब्धि हासिल गरे तापनि तिनीहरू असन्तुष्ट छन् किनभने हजारौं वर्षदेखि मानिसजातिलाई पिरोलिरहेका सामान्य समस्याहरू अझै छन्। (अय्यू. १४:१; भज. ९०:१०) मानिसजातिले यी सबै कुराबाट कहाँ छुटकारा पाउनसक्छन्?
२ हामीले नोभेम्बर महिनामा हाम्रा छिमेकीहरूलाई त्यस प्रश्नको जवाफ दिने विशेष सुअवसर पाउनेछौं। कसरी? राज्य समाचार न. ३६ वितरण गरेर। यसको विषय छ “नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य।” नोभेम्बर १ बुधबारका दिनदेखि हामी राज्य समाचार न. ३६ को वितरणमा जोडतोडका साथ भाग लिनेछौं। यस अभियानको दौडान हामी सप्ताहन्तबाहेक अन्य दिनमा पनि यही पर्चा वितरण कार्यमा ध्यान दिनेछौं। सप्ताहन्तमा चाहिं नयाँ पत्रिकाहरूका साथमा यो पर्चा वितरण गर्नेछौं।
३ के तपाईं र्णतया भाग लिनुहुनेछ? प्राचीन, सेवकाई सेवक र अग्रगामीहरूले यस अभियानमा नेतृत्व लिन चाहनेछन् किनभने तिनीहरू यस कामका अगुवाहरू हुन्। थुप्रै प्रकाशकले नोभेम्बर महिनाको दौडान आफ्नो परिस्थितिमा काँटछाँट गरेर सहायक अग्रगामी गरेका छन्। अरूले चाहिं सेवकाईमा सधैंभन्दा धेरै समय बिताउने योजना बनाएका छन्।
४ मण्डली पुस्तक अध्ययन समूहका हरेक सदस्यलाई राज्य समाचार न. ३६ वितरण कार्यमा पूर्णतया भाग लिन प्रोत्साहन दिन सञ्चालकहरूले महत्त्वपूर्ण भूमिका खेल्नसक्छन्। प्रचार कार्यमा निष्क्रिय भएका केही प्रकाशकहरू छन् होला। तिनीहरूलाई मदत गर्न के गर्न सकिन्छ भनी थाह लगाउन प्राचीनहरू तिनीहरूलाई भेट्न जानुपर्छ। सायद, त्यस महिनाको दौडान हरेक निष्क्रिय व्यक्तिलाई सहयोग गर्न अनुभवी प्रकाशकहरूलाई खटाउन सकिन्छ। यी प्रकाशकहरूलाई फेरि सक्रिय बनाउन राज्य समाचार न. ३६ को सरल प्रस्तुति नै पर्याप्त हुनसक्छ।
५ यो ज्ञान पुस्तक अध्ययन गरी सिद्धिनै लागेका बाइबल विद्यार्थीहरूलगायत बप्तिस्मा अप्राप्त प्रकाशकहरूको हैसियतमा सेवा गर्न योग्य व्यक्तिहरूले सेवकाईमा भाग लिन थाल्ने विशेष सुअवसर पनि हुनेछ। यस उत्साहजनक काममा जवानहरूले पनि भाग लिनसक्ने छन्।
६ छोटो प्रस्तुति गरे पुग्छ। तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “यस [शहर वा गाउँको नाम भन्नुहोस् ]-का हरेक परिवारलाई यो एकदमै महत्त्वपूर्ण सन्देश सुनाउन मैले आफ्नो समय दिएको छु। यो तपाईंको प्रति हो। कृपया राम्ररी पढ्नुहोस्।” राज्य समाचार न. ३६ वितरण गर्न जाँदा झोला नबोक्नु बेस हुनसक्छ।
७ क्षेत्र सेवकाई सभाको लागि राम्रो योजना बनाउने: प्राचीनहरूले साक्षी दिने प्रबन्ध सुविधाजनक र व्यावहारिक छ वा छैन हेर्नुपर्छ। सबैले यस काममा पूर्णतया भाग लिनसकून् भनेर घर घर अनि व्यापारिक क्षेत्रमा प्रचार गर्न प्रशस्त मात्रामा क्षेत्रहरू छन् कि छैनन् यो विशेष गरी सेवा निरीक्षकले निधो गर्नुपर्छ। सम्भव भएसम्म हरेक दिन, सप्ताहन्त र साँझ सेवकाईको लागि सभाको प्रबन्ध मिलाउनुपर्छ। स्कूलका विद्यार्थीहरू, पालो फेरेर काम गर्नेहरू र अरूको फाइदाका लागि दिउँसो अलि अबेरतिर भेट्ने प्रबन्ध मिलाउन सकिन्छ।
८ घरमा कोही नहुँदा: हाम्रो लक्ष्य सकेसम्म धेरै घरधनीहरूसित कुरा गर्ने हो। घरमा कोही पनि छैन भने ठेगाना टिप्नुहोस् र दिनको कुनै अर्को समय फेरि जानुहोस्। यस अभियानको अन्तिम हप्तासम्म पनि ती घरधनीहरूलाई भेट्नु भएन भने, तिनीहरूका लागि त्यस घरको बाटो भएर हिंड्ने मानिसहरूले नदेख्ने ठाउँमा राज्य समाचार न. ३६ को एकप्रति छोड्न सक्नुहुन्छ। यस अभियानको दौडान ग्रामीण र ढाक्नै नसकिने गरी प्रशस्त ठाउँ ओगटेका क्षेत्रहरूमा काम गर्दा स्थानीय प्राचीनहरूले मण्डलीलाई प्रथम भेटमा कसैलाई भेटिएन भने राज्य समाचार न. ३६ एकप्रति छोडेर आउने निर्देशन दिनसक्छन्।
९ सबैजना व्यस्त होऔं! मण्डलीले यो अभियान सिद्धिनुअघि नै क्षेत्र ढाक्ने लक्ष्य राख्नुपर्छ। तपाईंको क्षेत्र निकै ठूलो भएमा व्यावहारिक अनि सुरक्षित हुन्छ भने केही प्रकाशकहरू एक्लै पनि काम गर्नसक्छन्। यस प्रबन्धले धेरैभन्दा धेरै योग्य मानिसहरूकहाँ पुग्न सजिलो बनाउँछ। चासो देखाउने सबैको राम्रो रेकर्ड राख्नुहोस्।
१० प्राचीनहरूले मण्डलीलाई थप कति पत्रिकाहरू चाहिएला, अन्दाज गरेर त्यसैअनुरूप मगाउनुपर्छ। राज्य समाचार न. ३६ भने अर्डर गरिरहनुपर्दैन किनभने हरेक मण्डलीलाई आवश्यक प्रतिहरू पठाइँदैछ। विशेष, नियमित र सहायक अग्रगामीहरू हरेकले ३०० प्रति प्राप्त गर्नेछन् भने मण्डलीका प्रकाशकहरू हरेकका लागि १०० प्रति तोकिएको छ। त्यसैले, यस विशेष क्रियाकलापमा व्यस्त हुन के तपाईं तयार र उत्साहित हुनुहुन्छ? परमेश्वरले चाँडै भविष्यमा जे गर्ने प्रतिज्ञा गर्नुभएको छ त्यसबारे हामीले हाम्रा छिमेकीहरूलाई थाह दिन पाउने एकदमै विशेष सुअवसर पाएका छौं!