प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जून pp. ३-६
  • परमेश्‍वरको महिमा गर्ने आचरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको महिमा गर्ने आचरण
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌”
    हाम्रो राज्य सेवा—२०१४
  • अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू
    हाम्रो राज्य सेवा—२०१५
  • हाम्रो जिल्ला अधिवेशन—सत्यको पक्षमा जोडदार प्रमाण
    हाम्रो राज्य सेवा—२०१२
  • आध्यात्मिक स्फूर्ति दिने तीन दिन
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 जून pp. ३-६

परमेश्‍वरको महिमा गर्ने आचरण

१. यहोवाका साक्षीहरू अधिवेशनमा उपस्थित हुँदा किन थुप्रैले याद गर्छन्‌?

१ अधिवेशनको लागि जाँदा हामीलाई थुप्रैले याद गर्छन्‌। अधिवेशन हुने थुप्रै सहरमा स्थानीय सञ्चार माध्यमहरूले हामीबारे समाचारहरू दिन्छन्‌। होटल र रेस्टुराँहरू विभिन्‍न ठाउँबाट आएका साक्षीहरूले भरिभराउ हुन्छन्‌। अधिवेशनमा आएकाहरूले बिल्ला लगाएको स्थानीय मानिसहरूले याद गर्छन्‌। अधिवेशन सहरमा भएको बेला असल आचरणद्वारा परमेश्‍वरको महिमा गर्न मदत गर्ने केही सम्झौटाहरू तल दिइएका छन्‌।—१ पत्रु. २:१२

२. अधिवेशन सहरमा भएको बेला भद्र पहिरन लगाएर हामी कसरी परमेश्‍वरको महिमा गर्न सक्छौं?

२ भद्र पहिरन: कार्यक्रममा उपस्थित हुँदा हामीले लगाएको भद्र पहिरनले अरूलाई राम्रो प्रभाव पार्छ। तर अन्य कुरा जस्तै, होटलमा नाम रजिस्टर गर्न, रेस्टुराँमा खान, किनमेल गर्न जाँदा हाम्रो पहिरनले मानिसहरूलाई अझै धेरै प्रभाव पार्न सक्छ। यी समयहरूमा अधिवेशनमा लगाउने जस्तो औपचारिक लुगा नलगाए तापनि हामी जे लगाउँछौं त्यो भद्र र मर्यादित हुनुपर्छ, अत्यन्तै अनौपचारिक हुनु हुँदैन। मानिसहरूले हामी र संसारका मानिसहरूबीच फरक देख्नुपर्छ। (रोमी १२:२) यसबाहेक हामीले अधिवेशनको बिल्ला लगाउनुपर्छ। यसरी लगाएका छौं भने अधिवेशनबारे अरूलाई जानकारी दिन्छ, साक्षी दिने मौका प्रदान गर्छ अनि अरू साक्षीहरूले पनि हामीलाई सजिलै चिन्‍न सक्छन्‌।

३. हामी कसरी धैर्यता र शिष्टता देखाउन सक्छौं?

३ धैर्यता र शिष्टता: स्वार्थी र वैगुणी मानिसहरूले भरिएको यस संसारमा हामीले धैर्यता र शिष्टता देखाउँदा अरू मानिसहरू जस्तै होटल र रेस्टुराँमा काम गर्ने मानिसहरूलाई कत्ति स्फूर्तिदायी हुन्छ। (२ तिमो. ३:१-५) सिट रोक्दा र अधिवेशनमा विमोचन भएका प्रकाशनहरूको लागि लाइनमा बस्दा हामीले आफ्नो होइन अरूको फाइदालाई विचार गर्नुपर्छ। (१ कोरि. १०:२३, २४) एक जना चासो देखाउने व्यक्‍तिले पहिलो चोटि अधिवेशनमा उपस्थित भएपछि यसो भने, “त्यस दिनमा के-के भाषण दिइयो, मलाई केही याद छैन तर साक्षीहरूको आचरण देखेर ममा अमेट छाप पऱ्‍यो।”

४. परिस्थितिले दिन्छ भने अधिवेशनमा हामीले किन स्वयम्‌सेवा गर्नुपर्छ?

४ इच्छुक स्वयम्‌सेवकहरू: साँचो ख्रीष्टियनहरू स्वयम्‌सेवा गर्न इच्छुक व्यक्‍तिहरू भनेर चिनिन्छन्‌। (भज. ११०:३) तपाईं पनि अधिवेशनको बेला स्वयम्‌सेवा गर्न सक्नुहुन्छ कि? एउटा अधिवेशनमा लगभग ६०० जना भाइबहिनीले अधिवेशन अगाडि सफा गरे। त्यहाँका एक कर्मचारीले यसो भने, “हामीले यस्तो पहिला कहिल्यै देखेका थिएनौं। यी सबै मानिसहरू स्वयम्‌सेवक हुन्‌ भनेर त पत्याउनै गाह्रो छ।” सन्‌ २०१३ मा हुने जिल्ला अधिवेशनको लागि हामी उत्सुक छौं। यस अवसरमा हामीले परमेश्‍वरबाट सुन्‍ने र सिक्ने मात्र नभई उहाँको महिमा गर्ने मौका पाउँछौं।

[पृष्ठ ३-मा भएको चित्र]

जिल्ला अधिवेशन २०१३ का बेला ध्यान दिनुपर्ने कुराहरू

▪ कार्यक्रमको समय: अधिवेशन भवन बिहान ८:०० बजेदेखि खुला हुनेछ। तीनै दिन बिहान ९:२० बजे धुन बज्न सुरु हुनेछ। त्यतिबेला हामी सबै आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा यहोवाको आदर हुनेगरि व्यवस्थित तरिकामा कार्यक्रम सुरु हुन सक्छ। समापनको गीत र प्रार्थना बिहीबार र शुक्रबार दिउँसो ४:५० मा हुनेछ भने शनिबारचाहिं दिउँसो ३:३५ मा हुनेछ।

▪ पार्किङ: पार्किङ गर्न छुट्ट्याइएका स्थान पहिला आउनेहरूलाई प्राथमिकता दिएर निश्‍शुल्क उपलब्ध गराइनेछ। पार्किङ गर्ने ठाउँ साधारणतया सीमित हुने भएकोले सकेसम्म एउटै गाडीमा जति जना अटाउँछ मिलाएर आउनुहोस्‌।

▪ सिट रोक्ने: एउटै घरमा बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरू अनि तपाईंसित अहिले बाइबल अध्ययन गरिरहेकाहरूको लागि मात्र सिट रोक्न सकिन्छ। वृद्ध र असक्‍तहरूका लागि छुट्‌याइएको सिट सीमित हुन्छ। त्यसैले तिनका परिवारका सबै जना सँगै बस्न सम्भव नहोला। कृपया ती सिटहरू वृद्ध, असक्‍त र तिनीहरूलाई मदत गर्नेहरूको लागि छोडिदिनुहोस्‌।—१ कोरि. १३:५

▪ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्‍न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा हल्का-फुल्का खानेकुरा सँगै लिएर आउनु बेस हुन्छ। सिटमुन्तिर राख्न मिल्ने खाजा बोक्ने झोला ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा र काँचका भाँडाकुँडा नल्याउनुहोस्‌।

▪ अनुदान: अधिवेशनमा विश्‍वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी जिल्ला अधिवेशनको प्रबन्धप्रति कृतज्ञता देखाउन सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “यहोवाका साक्षीहरू समाज”-को नाममा भुक्‍तान गरिनुपर्छ।

▪ औषधी: यदि डाक्टरले सिफारिस गरेको औषधी सेवन गर्दै हुनुहुन्छ भने त्यो औषधी अधिवेशन स्थलमा उपलब्ध हुँदैन। त्यसैले आफूलाई चाहिनेजति औषधी ल्याउन नबिर्सनुहोस्‌। मधुमेहका बिरामीहरूले सिरिन्ज तथा सुई प्रयोग गरेपछि त्यो त्यसैको लागि छुट्टाइएको भाँडामा फ्याँक्नुहोस्‌; अधिवेशन स्थलको वा होटेलको अरू सामान्य फोहोर फाल्ने भाँडामा होइन।

▪ जुत्ता: विशेषगरि ठूलो हिल भएको जुत्ताले गर्दा हरेक वर्ष धेरै जना घाइते हुने गरेको छ। त्यसकारण भिरालो ठाउँ भऱ्‍याङ अल्झिएर लड्‌न सक्ने कुनै पनि ठाउँमा हिंड्‌दा चोटपटक नलागोस्‌ भन्‍नको लागि भद्र देखिने र साइज मिलेको जुत्ता लगाउनु बेस हो।

▪ सुस्त श्रवण भएकाहरू: हलमा कार्यक्रम एफएम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ। यसको लागि इयरफोन र ब्याट्रीबाट चल्ने सानो रेडियो चाहिन्छ।

▪ बच्चालाई राखेर डुलाउने गाडी र बगैंचामा राखिने मेच: बच्चालाई राखेर डुलाउने गाडी र बगैंचामा राखिने मेच अधिवेशन स्थलमा ल्याउनुहुँदैन। तर आमाबाबुसँगै बच्चालाई सुरक्षितसाथ राख्न मिल्ने सिट (child-safety seat) भने ल्याउन मिल्छ।

▪ अत्तर: प्रायः हातैले खोल्नु वा बन्द गर्नुपर्ने भेन्टिलेशनहरू भएका बन्द हलहरूमा अधिवेशन हुने गर्छ। त्यसैले श्‍वासप्रश्‍वाससम्बन्धी वा अन्य समस्या भएकाहरूलाई गाह्रो हुन सक्ने भएकोले कडा बास्ना भएका अत्तर आदिको प्रयोग कम गर्दा दयालु व्यवहार देखाइरहेका हुनेछौं।—१ कोरि. १०:२४.

▪ कृपया भेट्‌नुहोस्‌ (S-43) फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्‍तिलाई थप जानकारी दिन कृपया भेट्‌नुहोस्‌ फाराम प्रयोग गर्नुपर्छ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।

▪ रेस्टुराँ: रेस्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नामको सम्मान गर्नुहोस्‌। ख्रीष्टियन सेवकलाई सुहाउने पहिरन लगाउनुहोस्‌। चलन छ भने टिप दिनुहोस्‌।

▪ होटेल:

(१) चाहिनेभन्दा बढी कोठाहरू बुकिङ नगर्नुहोस्‌ र एउटा कोठामा तोकिएको सङ्‌ख्या भन्दा धेरै जना नबस्नुहोस्‌।

(२) आपत्कालीन अवस्थामा बाहेक बुकिङ रद्द नगर्नुहोस्‌। रद्द गर्नुपरेमा होटेललाई खबर गरिहाल्नुहोस्‌। यसो गर्दा होटेलमा कोठा खोजिरहेका अरूले त्यो प्रयोग गर्न सक्नेछन्‌। (मत्ती ५:३७) यदि रद्द गर्नुपऱ्‍यो भने रद्द गरेको नम्बर लिन नबिर्सनुहोस्‌। तपाईंले ४८ घण्टाभन्दा कम समयमा बुकिङ्‌ग रद्द गर्नुभयो भने तपाईंले बुझाउनुभएको रकम फिर्ता हुनेछैन।

(३) कृपया याद गर्नुहोस्‌ होटेलमा रजिस्टर गर्न तपाईंले डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्नुभयो भने तपाईं होटेलमा बस्नुहुने दिनहरूको पैसा उठाउन र सम्भाव्य क्षति वा तपाईं त्यहाँ बसुन्जेल आइपर्ने सक्ने परिस्थितिको लागि तपाईंको खाताबाट होटेलले निश्‍चित रकम छुट्‌याउनु अर्थात्‌ ‘होल्ड’ गर्नु सामान्य प्रक्रिया हो। तपाईंले होटेललाई तिर्नुपर्ने सबै पैसा चुक्‍ता भएपछि मात्र तपाईंले आफ्नो खाताबाट ‘होल्ड’ गरेको रकम चलाउन सक्नुहुन्छ।

(४) सामान ओसारपसार गर्न प्रयोग गरिने ट्रली चाहिने बेलामा मात्र प्रयोग गरेर तुरुन्तै फिर्ता गर्नुहोस्‌। यसो गर्दा अरूले पनि प्रयोग गर्न सक्नेछन्‌।

(५) तपाईंको देशमा चलन छ भने सामान बोक्नेहरूलाई टिप दिनुहोस्‌ र हरेक दिन हाउसकिपरलाई टिप छोडिदिनुहोस्‌।

(६) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्‌।

(७) पाहुनाहरू होटेलमा बसुन्जेल होटेलले निश्‍शुल्क ब्रेकफास्ट, कफी अथवा आइसक्युब आदिको सुविधा दिएको छ भने त्यस्ता सुविधाको दुरुपयोग नगर्नुहोस्‌।

(८) होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय पवित्र शक्‍तिको फल प्रदर्शन गर्नुहोस्‌। उनीहरूले होटेलमा आएका थुप्रै पाहुनाको ख्याल गर्नुपर्छ। त्यसैले हामीले देखाउने दया, धीरज र व्यावहारिकताको उनीहरू कदर गर्छन्‌।

(९) आमाबाबुले होटेलमा हरबखत छोराछोरीले के-कसो गरिरहेका छन्‌ निरीक्षण गर्नुपर्छ। जस्तै: लिफ्टमा, पौडी खेल्ने ठाउँमा, लबीमा, कसरत गर्ने ठाउँमा।

(१०) अधिवेशन समितिले सिफारिस गरेका होटेलहरूको सूचीमा एकदिनको कोठा भाडा दिइएको हुन्छ। त्यसमा कर समावेश गरिएको हुँदैन। बढी पैसा मागेमा नतिर्नुहोस्‌ र यसबारे अधिवेशनमा जतिसक्दो चाँडो आवास विभागलाई खबर गर्नुहोस्‌।

(११) होटेलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्नुहोस्‌। यसो गर्नुभयो भने उहाँहरूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।

▪ स्वयम्‌सेवा: स्वयम्‌सेवा गर्न चाहनेहरूले अधिवेशनस्थलको स्वयम्‌सेवा विभागमा रिपोर्ट गर्नुपर्छ। अधिवेशनलाई सफल पार्ने काममा १६ वर्षभन्दा कम उमेरकाहरूले पनि आफ्नो आमाबाबु वा उनीहरूले स्वीकृति दिएका कुनै एक वयस्कको निरीक्षणमा रहेर योगदान पुऱ्‍याउन सक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने