प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अगस्त p. ८
  • के तपाईं अझ बढी गर्न चाहनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं अझ बढी गर्न चाहनुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • राज्य सेवाको धन बढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • तपाईंको सेवकाई विस्तार गर्ने तरिकाहरू
    हाम्रो राज्य सेवकाई—१९९९
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 अगस्त p. ८

के तपाईं अझ बढी गर्न चाहनुहुन्छ?

१ येशूले राज्यलाई बहुमूल्य धनसित तुलना गर्नुभयो। (मत्ती १३:४४-४६) राज्यको सुसमाचार फैलाउने कार्य पनि मूल्यवान्‌ धन नै हो। यो सेवकाईले हाम्रो जीवनमा सधैं प्रथम स्थान पाएको हुनुपर्छ। चाहे त्यसका लागि हामीले आफैलाई इन्कार गर्नै किन नपरोस्‌। (मत्ती ६:१९-२१) के तपाईं राज्य सेवालाई अझ विस्तार गर्न चाहनुहुन्छ?

२ यी महत्त्वर्ण बुँदाहरूलाई ध्यान दिनुहोस्‌: सेवकाईमा आफ्नो सहभागिता बढाउन निम्न कुराहरू आवश्‍यक छन्‌: (१) आफ्नो जीवनमा राज्यलाई प्रथम स्थान दिन कटिबद्ध हुनु (मत्ती ६:३३); (२) यहोवामाथि आफ्नो भरोसा अनि विश्‍वास बढाउँदै लैजानु (२ कोरि. ४:१, ७); (३) निष्कपट अनि खुरन्धार प्रार्थनाद्वारा यहोवाको मदत खोज्नु (लूका ११:८-१०); (४) प्रार्थनाअनुरूप चल्नु तथा काम गर्नु।—याकू. २:१४, १७.

३ हाम्रो सेवकाईलाई विस्तार गर्ने तरिकाहरू: हामी सबैले हरेक महिना सेवकाईमा नियमित तवरमा केही समय भए पनि बिताउने निश्‍चित लक्ष्य राख्नसक्छौं। तर के तपाईंले अनौपचारिक साक्षी दिने हर अवसरको फाइदा उठाउने विचार गर्नुभएको छ? के तपाईं आफ्नो प्रस्तुति अझै अर्थपूर्ण बनाउन, पुनःभेटलाई अझ प्रभावकारी बनाउन र उन्‍नतिशील गृह बाइबल अध्ययन सञ्चालन गर्न प्रयत्नशील हुनुहुन्छ? कतै तपाईं सहायक वा नियमित अग्रगामीको काम वा आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न सक्नुहुन्छ कि? तपाईं बप्तिस्मा प्राप्त भाइ हुनुहुन्छ भने, सेवकाई सेवक वा प्राचीनको हैसियतमा योग्य हुन अघि बढ्‌न सक्नुहुन्छ कि? (१ तिमो. ३:१, १०) मिनिस्टेरियल ट्रेनिङ स्कूलमा आवेदन दिएर आफ्नो सेवकाई विस्तार गर्न सक्नुहुन्छ कि?—लूका १०:२.

४ पूर्ण-समय जागिर खाने अनि खेलकुद गतिविधिमा धेरै समय बिताउने एक जना भाइलाई नियमित अग्रगामी बन्‍न प्रोत्साहन दिइयो। उनले पहिला सहायक अग्रगामीको सेवा सुरु गरे र पछि पूर्ण-समय सेवकाई थाल्न आफ्नो परिस्थिति काँटछाँट करे। पछि उनले मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिए र यसले उनलाई क्षेत्रीय निरीक्षकको हैसियतमा हालको जिम्मेवारी वहन गर्नको लागि तयार हुन मदत गऱ्‍यो। आफूले पाएको प्रोत्साहनअनुरूप काम गर्न पाएकोमा उनी धेरै खुसी छन्‌ र राज्य सेवामा विस्तार गर्ने आफ्नो निर्णयले गर्दा पाएको यो खुसीमा उनी विश्‍वस्त छन्‌।

५ यहोवाको सेवा गर्न सदैव अग्रसरता देखाउने व्यक्‍तिहरूमाथि उहाँले प्रचुर आशिष्‌ बर्साउनुहुन्छ। (यशै. ६:८) आफ्नो सेवकाई विस्तार गर्न र परिणामस्वरूप त्यसबाट प्राप्त हुने पूर्ण सन्तुष्टि र स्फूर्तिदेखि आनन्दित हुन कहिल्यै पछि नहट्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने