पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! अक्टो. ८
“हामीमध्ये धेरैले भविष्यमा खाद्यान्नको अभाव हुनेछ भनी त्यति सोच्ने गर्दैनौं। तर अहिले आएर खाद्यान्नको स्रोतमा विज्ञानले पार्नसक्ने खतरा एक चिन्ताको विषय बनेको छ। यस पत्रिकाले यसै विषयमा चर्चा गर्नुका साथै समस्याको वास्तविक समाधानस्वरूप बाइबलले दिने आशाबारे पनि बताउँछ।”
प्रहरीधरहरा अक्टो. १५
“एउटा उत्तम अनि सुखी संसार सृजना गर्न कुन कुरा आवश्यक पर्ला? [जवाफ दिने मौका दिनुहोस्।] परिस्थिति सुधार्न मानिसहरूले एकपछि अर्का सरकारहरू गठन गरेर हेरिसके। तर यसबारे परमेश्वरको दृष्टिकोण कस्तो छ, हेर्नुहोस् त। [यर्मिया १०:२३ पढ्नुहोस्।] यस लेखले ‘आनन्दमय संसारको कुञ्जी’ को विषयमा प्रकाश पार्नुका साथै यस्तो संसार कसरी छिट्टै आउनेछ भनी बताउँछ।”
ब्यूँझनुहोस्! अक्टो. ८
“तपाईं जवान मानिस हुनुभएको कारण तपाईंलाई कुन कुराको सबैभन्दा बढी चिन्ता लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] अधिकांश मानिसहरू आफ्नो भविष्यबारे, स्कूल वा कलेजको परीक्षाबारे, राम्रो जागिर पाइएला कि नपाइएला भन्ने विषयमा वा आफ्ना साथीभाइहरूले आफूलाई मनपराउँछन् कि पराउँदैनन् भनेर समेत चिन्ता गर्छन्। तर अचाक्ली चिन्ता गर्नु तपाईंको लागि हानिकारक हुनसक्छ। [हितोपदेश १२:२५ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकमा हाम्रा जीवनका चिन्ता अनि फिक्रीहरूलाई कम गर्ने सन्दर्भमा केही व्यावहारिक सल्लाहहरू दिइएका छन्। आशा छ, तपाईंलाई यो व्यावहारिक लाग्नेछ।”
प्रहरीधरहरा नोभे. १
कुनै पनि एउटा दुःखलाग्दो समाचारबारे बताइसकेपछि सोध्नुहोस्: “मानिसहरू किन यस्ता कुकर्महरू गर्छन्? हामी सबैले असल र खराबको भिन्नता छुट्टाउन सक्नुपर्छ। किन? [जवाफ सुनेपछि, प्रकाश १२:९ पढ्नुहोस्।] यस पत्रिकाले आफ्नो अन्तस्करणलाई सुरक्षित राखेर कसरी आफ्नो सुरक्षा गर्ने भन्ने विषयमा बताउँछ।”