पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा अक्टो. १५
“धेरैले शिक्षा नै सफलताको खुड्किलो हो भन्ठान्छन्। राम्रो व्यक्ति बनाउने अनि समस्याहरूसित जुझ्न सक्षम बनाउने के त्यस्तो कुनै शिक्षा छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि रोमी १२:२ पढ्नुहोस्।] अहिलेसम्मकै सबैभन्दा राम्रो शिक्षाबाट कसरी लाभ उठाउने, यो पत्रिकाले बताउँछ।”
ब्यूँझनुहोस्! अक्टो. ८
“आज धेरैले चन्द्रलोक र मगंल ग्रहमा बस्ती बसाउने कुरा गर्छन्। तर धेरै गरिबहरूको टाउको लुकाउने ठाउँसम्म छैन। यो सुन्दा कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्, त्यसपछि यशैया ६५:२१, २२ पढ्नुहोस्।] सृष्टिकर्ताको यस प्रतिज्ञामा हामी कसरी पत्यार गर्न सक्छौं भनी ब्यूँझनुहोस्-को यस अंकले बताउँछ।”
प्रहरीधरहरा नोभे. १
“यस संसारको गोलमालले धेरै मानिसहरू विचलित छन्। यो संसारलाई कसले बदल्न सक्छ? [जवाफ दिने मौका दिनुहोस्।] बदल्न प्रयास गर्दा देखापरेका ठूल-ठूला समस्याहरूबारे यो पत्रिकाले बताउँछ। कसले बदल्नेछ र वास्तविक शान्ति र सुरक्षा कसले ल्याउनेछ भनेर पनि यस पत्रिकाले बताउँछ।” [भजन ७२:१२-१४ पढ्नुहोस्।]
ब्यूँझनुहोस्! नोभे. ८
“अचाक्ली रक्सी पिउँदा धेरै नै हानि हुन्छ। रक्सीले शरीरलाई कत्तिको घातक असर गर्छ भनेर यस लेखले बताउँछ। [पृष्ठ ७ को फोटो देखाउनुहोस्।] रक्सीको लत कसरी छोड्न सकिन्छ र यसमा फसिसकेकाहरूलाई कसरी मदत गर्न सकिन्छ, त्यो पनि बताउँछ।”