पत्रिकाबारे के भन्ने?
प्रहरीधरहरा अक्टो. १
“के तपाईंलाई जीवनको उद्देश्य हुँदो हो त, जीवन अझ अर्थपूर्ण हुने थियो भन्ने लाग्छ? [जवाफ दिने मौका दिनुहोस् र १ यूहन्ना २:१५-१७ पढ्नुहोस्। पृष्ठ १९ को लेख देखाउनुहोस्।] परमेश्वरको इच्छाअनुसार गर्दा कसरी हाम्रो जीवन अर्थपूर्ण र आनन्दित हुन्छ भनेर यो लेख र यसपछिको लेखमा छलफल गरिएको छ।”
ब्यूँझनुहोस्! अक्टो—डिसे.
“सबै जना दीर्घायु अनि स्वस्थ जीवन चाहन्छन् । सकारात्मक झुकाव राख्दा के तपाईंलाई हाम्रो स्वास्थ्य राम्रो हुन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। हितोपदेश १७:२२ पढ्नुहोस्।]” पृष्ठ २१ को लेख देखाउनुहोस्। “आशावादी झुकाव राख्नु किन उपयुक्त छ भनेर यो लेखमा छलफल गरिएको छ।“
प्रहरीधरहरा नोभे. १
“भोली के हुन्छ, कसलाई के थाह। त्यसैले पलभरका लागि मात्र बाँच्नु बेस हो भनेर धेरै मानिसहरू भन्ने गर्छन्। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] येशूले यस्तो रोचक कुरा बताउनुभयो। [मत्ती ६:३४ पढ्नुहोस्।] हामी भविष्यको लागि कसरी राम्रो योजना बनाउन सक्छौं र अनावश्यक चिन्ता नगर्न के गर्न सक्छौं भनेर यो पत्रिकाले बताएको छ।”
ब्यूँझनुहोस्! अक्टो.—डिसे.
“आमाबाबुले मदतकारी सल्लाह कहाँ पाउन सक्छन् जस्तो तपाईंलाई लाग्छ। [जवाफ दिने मौका दिनुहोस्।] बाइबलमा के लेखिएको छ, हेर्नुहोस् त! [२ तिमोथी ३:१६ पढ्नुहोस्।] आमाबाबुले कसरी छोराछोरीको जीवन सुखी बनाउन सक्छन्। यसबारे बाइबलले व्यावहारिक मदत दिन्छ भनेर यस पत्रिकाले बताएको छ।”